Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भगिनी सम्बन्ध कायम गरेका चिनियाँ शहरबाट पोखरामा स्वास्थ्य सामाग्री सहयोग

१५ जेठ, पोखरा । चीनका विभिन्न सहरबाट पोखरा महानगरपालिकामा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । भगिनी सहर लिन्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री बिहीबार पोखरा आइपुगेको हो । भगिनी सहरबाट विभिन्न ९ प्रकारका सामग्री पोखरा आइपुगेको छ । १० हजार वटा सर्जिकल मास्क, ३ सय वटा गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगरका अन्तर्राष्ट्रिय […]

झापामा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या हजार नाघ्यो

१५ जेठ, काठमाडौं । झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।

कृषिमा बैंकको लगानी : १० प्रतिशतबाट बढाउने समय भएन ?

१५ वैशाख, काठमाडौं । बैंकहरुले धेरै अनुत्पादनशील क्षेत्रमा लगानी गरेको गरेको भन्दै केन्द्रीय बैंकले केहि वर्ष पहिले प्राथमिकताप्राप्त क्षेत्र भनेर छुट्यायो । जसमा कृषि, पर्यटन, जलविद्युत्, घरेलु तथा साना उद्योग लगायत समेटिएका थिए । पछिल्लो व्यवस्था अनुसार बैंकहरुले कुल कर्जाको २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नै पर्ने, त्यसमा कृषिमा मात्रै १० प्रतिशत अनिवार्य लगानी […]

किस्ट मेडिकल कलेजमा सेवा सञ्चालन, ३१ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

१५ जेठ, काठमाडौं । कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि पनि ललितपुरको किस्ट मेडिकल कलेजले अस्पतालको सेवा बन्द नगरी सञ्चालन गरेको छ । मेडिकल कलेजले केही समय अस्पतालको बहिरंग सेवा बन्द गरे पनि अरु सेवा रोकिएको छैन । कोरोना संक्रमितको उपचार विश्व स्वास्थ्य संगठनको नियम अनुसार नै गरेको र मृत्युपछि पनि नियमअनुसार नै व्यवस्थापन […]

भारतबाट फर्कनेकाे पीडा : मोबाइलसँग साइकल साटेर स्वदेश फर्किएँ

१५ जेठ, वीरगञ्ज । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरूलाई विभिन्न नाकाबाट स्वदेश फर्काउने कार्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भइरहेको छ। यस्तै, वीरगञ्ज नाकाबाट बुधबार मात्रै करिब ६ सयको हाराहारीमा नेपाली स्वदेश भित्रिएका छन् । यसरी स्वदेश भित्रिनेमा पर्सा, बारालगायत २५ भन्दा बढी जिल्लाका मानिसहरू छन् […]

कर्णालीको नीति तथा कार्यक्रम शुक्रबार

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम भोलि (शुक्रबार) ल्याउने भएको छ । सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा प्रस्तुत गर्न लागेको हो । कणर्ाली प्रदेश सरकारले उपचार, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश सरकार प्रवक्ता एवंम भूमि व्यवस्था […]

गण्डक अस्पतालबाट चार संक्रमित निको भएर घर फर्किए

१५ जेठ, काठमाडौं । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट चार जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुने सबै जना वीरगञ्ज महानगरपालिका–३ का हुन् । जसमा ३२ र ३८ वर्षीया महिला छन् […]

श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

१५ जेठ, कैैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमानविरुद्ध मुद्दा परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका– ७, खरैलाकी ३५ वर्षकी सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान् नै रहेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको छ । श्रीमानको मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार भण्डारीले आत्महत्या गरेको भन्दै उनका दाजु झंकर विष्टले सरिताका […]

सुदूरपश्चिममा थपिए तीनजना कोरोना संक्रमित

१५ जेठ कैलाली । सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली र दार्चुलामा बिहीबार नयाँ संक्रमित पुष्टि भएको हो । कैलालीको जानकी गाउँपालिकाका ४ का २५ र ३० वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका-५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठलले जानकारी दिए । […]

सोलुखुम्बुमा कसरी पुग्यो कोरोना भाइरस ?

१५ जेठ, विराटनगर । प्रदेश १ को पहाडी जिल्ला सोलुखुम्बमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् र प्रदेशभरमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमण पुष्टि भएका युवकलाई कोशी अस्पताल कोभिड […]

प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ गतेका लागि आह्वान

१५ जेठ, जनकपुरधाम । प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ गतेका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आव्हान गरिएको हो । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले चौथो अधिवेशन आव्हान भएको जानकारी […]

सर्लाहीका ७ नयाँ संक्रमित मलंगवाका

१५ जेठ, जनकपुरधाम । सर्लाहीमा बिहीबार फेला परेका सात जना कोरोना संक्रमित सदरमुकाम मलंगवाकै भएको खुलेको छ । एक साताअघि उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मलगंवा नगरपालिका वडा नम्बर ३, ६, ९ र ११ का ७ जना संक्रमित पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार १७, १८, २१, २६, […]

वीरगञ्ज कारागारभित्र कोरोना भाइरसको त्रास

१५ जेठ, वीरगञ्ज । वीरगञ्ज कारागारभित्र कोरोना भाइरस संक्रमणको त्रास बढेको कैदीबन्दीले बताएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट रिहा भएका ७ जना कैदीबन्दीले जेलभित्र अरु भन्दा कोरोना भाइरसको बढी डर रहेको बताए । अंगभंग मुद्धामा १५ महिना २ दिन जेल बसेर माफी पाएपछि छुटेका बाराका मकरध्वजप्रसाद साहले भने ‘जेलमा अरु कुनै किसिमको समस्या छैन, […]

कोरोनाको अनुसन्धानमा पूर्वीय ज्ञान किन ओझेलमा ?

कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भएको साबुन, स्यानिटाइजर र मास्कबारे त अब २ वर्षको बच्चाले पनि थाहा पाइसकेको छ । कोरोना भाइरस र जनस्वास्थ्यका बारेमा अनेकौं लेख पनि लेखिएका छन् । अनुसन्धानले देखाएको छ कि कोरोनाबाट प्रभावित भएका मध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखापर्दैन । अनुसन्धानले यो पनि देखाएको छ […]

बर्दियाको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोराेना नभएको पुष्टि

१५ जेठ, बर्दिया । क्वारेन्टिइनमै मृत्यु भएका गुलरिया नगरपालिका-९ का ५५ वर्षीय जोक्दी गोडियामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार राति ८ बजे बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिइनमा बसेका उनी बुधबार बिहान अचेत भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर अस्पताल नपुग्दै उनको मृत्यु भएको थियो । मृत्यु भएपछि कोरोनाको आशंकामा […]

सप्तरीमा क्वारेन्टिनमा खटिएका प्रहरीलाई कोरोना संक्रमण

१५ जेठ, जनकपुरधाम । सप्तरीमा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माविको क्वारेन्टिनमा खटिएका उनमा कोरोना संक्रमण देखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए । योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ भने प्रदेश २ भरि १३ जना पुगेको छ । सबैभन्दा बढी […]

एक वर्षीय बालकसहित दैलेखमा थप ८ जनामा कोरोना संक्रमण

१५ जेठ, सुर्खेत । कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका […]

स्वास्थ्य सचिव कोइरालाकाे सरुवा

१५ जेठ, काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ । नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई  पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पुगेको छैन । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा […]

कांग्रेसले शनिबार बोलायो केन्द्रीय कार्यसमितिको बैठक

१५ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् । लिम्पियाधुरा, कालापानी र […]

खेतदेखि उपभोक्ता बजारसम्म बिचौलियाको रजगज 

९ जेठ, काठमाडौं । यो केरा खपतको मुख्य सिजन हो, यसै सिजनमा चितवनका किसानले मालभोग केरा दर्जनमा मुस्किलले औसत ६० रुपैयाँमा बेच्छन् । तर, त्यही केरा काठमाडौंको खुद्रा बजारमा १२० रुपैयाँ दर्जनमा बिक्री भइरहेको छ । केरा व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष विष्णु पन्त वर्षा लाग्दै गएपछि आफूहरूले पाउने मूल्य अझ ओरालो लाग्दै जाने बताउँछन् […]

सन्दर्भ रुकुम घटना : छुवाछुत कहिलेसम्म ?

एउटा प्रश्नले मन सधै‌ं अमिलो भइरहन्छ । आङ सिरिङ्ग हुन्छ । छुवाछुत कहिलेसम्म ? समय फेरियो, मान्छेहरु पनि नयाँ र आधुनिक भए, कानुन पनि आयो तर छुवाछुत हटेन । छुवाछुतमुक्त गर्ने भाषण मञ्चमा गर्छ मान्छे, फेरि आमा र बाबालाई देखाएर घरमा छुवाछुत गर्छ त्यही मान्छे । अन्तरघुलनका परिभाषा र महत्वको बारेमा निबन्ध लेख्छ मान्छे, आफ्नो […]



from समाचार – Online Khabar https://ift.tt/36AImL8
via IFTTT
Powered by Blogger.