Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गाउँपालिकाको नाका निगरानीमा शिक्षकलाई खटाइयो

१६ जेठ, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले गाउँको पुल तथा नाकाको निगरानीका लागि शिक्षकहरुको परिचालन गरेको छ । गाउँ कार्यपालिकाको जेठ १० गते बसेको बैठकले गाउँपालिकाको पुल तथा नाकाहरुमा शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको हो । ‘…कोभिड रोकथामका लागि अन्य शिक्षकहरुको भूमिका महसुस गरी उहाँहरुलाई आवश्यकताअनुसार गाउँपालिकाको पुल तथा नाकाहरुमा परिचालन गर्ने निर्णय गरेकाले सोही […]

ठुटे खाेलाको पुल सञ्चालन गर्न खोज्दा भारतीय पक्षको अवरोध

१६ जेठ, वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध गरेको छ । नेपाली भूमिमै निर्माण गरिएको पुल जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो । पुल तीन वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध […]

दूरसञ्चार प्राधिकरणको कोषको रकम सरकारको नियन्त्रणमा

१६ जेठ, काठमाडौं । सरकारले दूरसञ्चार नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको कोषमा हस्तक्षेप गरेको छ । प्राधिकरण स्वायत्त निकाय भएपनि दूरसञ्चार सेवा प्रदायकको विभिन्न शुल्क जम्मा हुने कोषको रकम अब सरकारले नै चलाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले प्राधिरकणको कोषमा रहने वाषिर्क बजेटबाहेकको अतिरिक्त रकम सरकारी कोषमा जाने व्यवस्था गरिएको छ । […]

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । साथै नेपाल जानु […]

प्रहरीकै भवन बनाउन अवैध काठको प्रयोग !

१६ जेठ, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि ल्याइदै गरेको अवैध काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । टाँचा निसाना नलागेको र ओसारपसार इजाजत (छोडपुर्जी) विना ल्याइएको उक्त काठ भीमसेन थापा गाउँपालिका–८ अमला भञ्ज्याङबाट नियन्त्रणमा लिइएको हो । सालको ९ थान (३.७५ क्यू फिट) र बरको ३२७ थान (८८.८८ क्यू फिट) […]

निको भएर फर्किए वरिष्ठ सैनिक अधिकृत

१६ जेठ, काठमाडौं । कोरोनाबाट संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् । मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि निको भएका हुन् । जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको छ । स्वास्थ्य मन्त्रालयले ३ जेठमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीसँगै भर्ना भएका अर्का सैनिक अधिकारी […]

सर्लाहीमा जलेर एक जनाको मृत्यु

१६ जेठ, जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् । गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि […]

नेपाली सेनाले भन्यो – भारतीय मिडियाको समाचार प्रोपागाण्डा मात्रै

१६ जेठ, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ । हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गरेको थियो । तर, नेपाली सेनाले एक विज्ञप्ति जारी […]

सीमा नाकामा मृत्यु भएका युवकमा देखिएन कोरोना

१६ जेठ, जनकपुरधाम । भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ । चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो । उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको […]

बजेटले कर बढाएपछि प्रतितोला साढे २३ सयले महंगियो सुन

१६ जेठ, काठमाडौं । सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भार थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच […]

भक्तपुरकी कोरोना संक्रमित ६ दिनमै डिस्चार्ज

१६ जेठ, भक्तपुर । एकजना कोरोना संक्रमित कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो ।  […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ पुग्यो

१६ जेठ, बुटवल । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिका-१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुष हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट […]

विद्युतीय सवारीमा बढ्यो कर, यसरी बढ्नेछ मूल्य

१६ जेठ, काठमाडौं । सरकारको नीति छ, आगामी आर्थिक वर्षमा विद्युतको उपभोग उच्च दरमा बढाउने । त्यसका लागि विद्युतीय सवारीको प्रवद्र्धन गर्ने सरकारी योजना पनि छ । तर, बजेटले भने विद्युतीय सजवारीमा ब्यापक कर वद्धि गरेर आफ्नै योजनामा भाँजो हानेको छ । बिहीबार संसदमा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ वर्षको बजेटमा विद्युतीय सवारी आयात गर्दा […]

पर्वतारोहीको खुसी छिट्टै फर्कनेछ : पर्यटनमन्त्री

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेको समेत उल्लेख गरे । नेपाल आगामी दिनमा विश्वको एक आकर्षक […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

१६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या […]

स्थानीय सरकारलाई केन्द्रको बजेट : पोखरालाई सबैभन्दा धेरै, अरुलाई कति ?

१६ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले संघीय सरकारबाट सबैभन्दा धेरै बजेट पाएको छ । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको छ । र, संघीय सरकारले स्थानीय सरकारलाई ४ किसिमको अनुदान दिने गरेको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिच्छेद-४ मा उल्लेखित मापदण्ड अनुसार दिइएको […]

आमाको हत्यापछि आत्महत्या, बचाउन छाडेर भिडियो खिच्न ब्यस्त

१६ जेठ, विराटनगर । बिहीबार दिउँसो मोरङ बेलबारी नगरपालिका–४, काकुमका ३१ वर्षीय जीवन लिम्बूले आफ्नै आमाको हत्यापछि आत्महत्या गरेका छन् । सामान्य विवादमा आमाको हत्या गरेका जीवनले आत्महत्या गरेका हुन् । बिहान करिब साढे ११ बजे खाना खाने क्रममा विवाद हुँदा आमालाई इँटाले टाउकोमा प्रहार गरे । टाउकोमा चोट लागेका कारण ढलेकी देवीमायाले घटनास्थलमै प्राण […]

७६ संक्रमितलाई निको बनाएका वीरगञ्ज कोभिड अस्पतालका नर्सहरूको अनुभव

१५ जेठ, वीरगञ्ज । प्रदेश नम्बर २ मा वीरगञ्जस्थित नारायणी अस्पतालले पहिलो पटक कोभिड संक्रमितको उपचार सुुरु गरेको थियो । ०७६ चैत २९ गते वीरगञ्जमा पहिलो पटक तीनजना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई नै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । वैशाख १ गते रौतहटबाट थप एकजना संक्रमित भर्ना भएका […]

काठमाडौंको पहुँचमा मात्रै पुनर्कर्जा सुविधा, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

१६ जेठ, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब […]

बजेटमा वित्तीय क्षेत्रः सहुलियत कर्जा लगानीमा कडाइ, सहकारीलाई ऋण

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा वित्तीय क्षेत्रलाई थोरै मात्रै समेट्यो । निजी क्षेत्रको माग संवोधनकै क्रममा बैंकहरु जोडिए पनि छुट्टै बैंकिङ विषयले भने कमैमात्रै प्राथमिकता बजेटमा पायो । बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रलाई मर्जरका लागि प्रोत्साहन गर्ने बताए । तर यो चालु आर्थिक वर्ष २०७६÷७७ […]

पूर्वी नवलपरासीको देवचुलीमा थप दुई जनालाई कोरोना

१६ जेठ, चितवन । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना […]



from समाचार – Online Khabar https://ift.tt/2XdVS4w
via IFTTT
Powered by Blogger.