समाचार
१४ जेठ, डोटी । मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशनमा प्रदेश सरकारको आलोचना भएको छ । प्रतिपक्षले मात्रै होइन सत्तापक्षका सांसदले पनि सरकारको बारेमा सोच्नु पर्ने बेला आएको अभिव्यक्ति दिएका छन । प्रदेशसभाको बैठकमा बोल्दै सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले […]
१४ जेठ, सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । […]
१४ जेठ, काठमाडौं । रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भनिएका तीन जना युवकको खोजीमा सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको छ । जाजरकोटस्थित सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट डीएसपीको कमाण्डमा ४ जनाको गोताखोर टोली र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन […]
१४ जेठ, काठमाडौं । उच्च शिक्षालाय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले विद्यालय तथा कलेजहरु छिटो खुल्ने वातावरण बनाइ पठनपाठन र परीक्षा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितलाई भेटेर विद्यालय सञ्चालकका समस्या अवगत गराउँदै हिसानले पठनपाठन सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो […]
१४ जेठ, विराटनगर । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निकाे भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएकाे जानकारी दिइन् । उनका अनुसार काेराेना निकाे हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ […]
१४ जेठ, पोखरा । स्याङ्जाको वालिङमा संक्रमण देखिएका २ जनासहित ७ जनालाई ४ दिनअघि नगरपालिकाले नै गाडी पठाएर ल्याएको थियो । भारतको दिल्ली हुँदै सुनौली नाकासम्म आएका आफ्ना नागरिकले फोन गरेपछि नगरपालिकाले गाडी पठाएर झिकाएको थियो । वालिङ नगरपालिकाले उनीहरुलाई पछिल्लो पटक ल्याएको थियो । यसअघि पनि नगरपालिकाले नै गाडी पठाएर सुनौली र कृष्णनगरदेखि उद्धार […]
१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान […]
१४ जेठ, काठमाडौं । सरकारले सार्वजनिक संस्थानका नाममा करिव ५ खर्ब रुपैयाँ लगानी गरिरहेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार सरकारले अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा अहिले पनि २ खर्ब ७१ अर्ब ८३ करोड रुपैयाँ शेयर र १ खर्ब ९२ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । तर, खर्बौ रुपैयाँ लगानी भएपनि धेरैजसो […]
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको […]
१४ जेठ, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको छ। फियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई संकटको घडीमा जागिरबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। संस्थाले उनीहरूलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई पुनर्बहाली गर्न माग पनि गरेको छ । […]
१४ जेठ, हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले […]
१४ जेठ, जनकपुरधाम । आफ्नो भूमिमा आउने प्रयास गरेका एक जना नेपालीको मृत्यु भएको छ । धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मंगलबार बिहान मृत्यु भएको छ । उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन […]
१४ जेठ, पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए । तमानखोला गाउँपालिकाका […]
१४ जेठ, कैलाली । ८ जेठमा कैलालीको गौरीफन्टा नाकाबाट २४ सय ९८ जनाको उद्धार भयो । मंगलबारसम्म त्यहि भीडमा रहेका ६ जनामा कोरोना संक्रणको पुष्टि भइसकेको छ । मंगलबार अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै एकै दिन, एउटै नाकाबाट आएका ६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जेठ १० गते […]
१४ जेठ, सप्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै पटक ९० जना कोरोना संक्रमण देखापरेको भन्दै तथ्यांक सार्वजनिक गर्यो । मन्त्रालयका अनुसार प्रदेश २ का रौतहट, धनुषा, बारा, सिरहामा संक्रमित भेटिएका छन् । तर, प्रदेश २ कै सप्तरीमा मंगलबार पुष्टि भएका ११ जना संक्रमितबारे मन्त्रालयले हालसम्म औपचारिक जानकारी दिएको छैन । सप्तरीमा मंगलबार एक […]
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा लगानी खुम्चिएको छ । यो वर्ष कुल लगानी ३.४ प्रतिशतले घटेको छ । गत वर्ष लगानी १९.२ प्रतिशतले बढेको थियो । तर, यो वर्ष लगानी खुम्चिएर १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित हुने भएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कोरोना रोगको नियन्त्रण र रोकथामको लागि चालिएको […]
१४ जेठ, काठमाडौं । अधिकारहरु आफूमा केन्द्रित गरेको भनेर प्रधानमन्त्री केपी शर्माको आलोचना भइरहेको बेला सबै विकास आयोजनाहरुको प्रगति विवरण प्रधानमन्त्रीले हेर्ने र निर्देशन दिने व्यवस्थासहितको विधेयक आएको छ । राष्ट्रिय सभामा मंगलबार पेश भएको ‘अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा विकास आयोजनाको अनुगमन र मुल्यांकन गर्न र आवश्यक निर्देशन दिन प्रधानमन्त्रीको अध्यक्षतामा […]
चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्याएको समाचारहरू प्रकाशित भए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको […]
१४ जेठ, जनकपुरधाम । धनुषाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यहाँ तनाव भएको हो । सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् […]
१३ जेठ, वीरगञ्ज । पार्साको जिराभवानी गाउँपालिक-१ को पकडी टोलका सुकुम्बासी, विपन्न माझी मुसहर तथा धांगड (उराँव)ले आफूहरुले सरकाी राहत नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर जीवन निर्बाह गर्दै आएका आफूहरुको रोजीरोटी लकडाउनले खोसेको तर कसैले राहतको नाममा एक चम्चा नुनसमेत वितरण नगरेको उनीहरुको गुनासो छ । राहत नपाएको गुनासो आएपछि भोर सँस्थाले […]
१४ जेठ, वीरगञ्ज । रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलस्थित क्वारेन्टाइनमा लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सहायक प्रजिअ बस्नेतका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/36vJwHU
via IFTTT