समाचार
१८ जेठ, वीरगञ्ज । प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २८ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् । […]
१८ जेठ, काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]
१८ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक […]
१८ जेठ, दैलेख । जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । भारतबाट आएका एक युवक क्वारेन्टिनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडीटी गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाइस वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा […]
१८ जेठ, काठमाडौं । अटोमोवाइल व्यवसायीले सरकारले बजेटमार्फत भन्सार बढाउँदो नेपालमा विद्युतीय गाडी आम मानिसको पहुँचबाट टाढा पुगेको प्रतिक्रिया दिएका छन् । बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले अब नेपालमा विद्युतीय गाडी डिजेल र पेट्रोल गाडी भन्दा पनि महंगो भएको बताएका हुन् । अब आम मानिसले विद्युतीय गाडी खरिद गर्न नसक्ने […]
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने दावी गरे । ‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनुपर्ने हो, एउटा आर्थिक […]
१८ जेठ, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । २०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको निर्देशनमा काम गरे पनि तलब नपाएको भन्दै गाउँपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा […]
१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी र पुँजीवादी प्रकारको भएको ठहर गरेको छ । बजेट विगतको जस्तै परम्परागत रहेको भन्दै राजमोले बजेटले निजीकरणमै जोड दिएको निश्कर्ष निकालेको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति निकाल्दै बजेटमा आयातमुखी र परनिर्भर अर्थतन्त्रबाट मुक्त हुने कुनै योजना नभएको उल्लेख गरेका […]
१८ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् […]
१८ डोटी, जेठ । नेपाली सेनाले डोटीको शिखर नगरपालिका-३ आलीमा अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निर्माण गरेको हो । गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले नगरपालिकाले अस्थायी क्वारेन्टिन निर्माणका लागि सहयोग गर्न माग गरेपछि आफूहरुले क्वारेन्टिन तयार गरेको बताए […]
१८ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक संख्या ८ लाख छ । ती […]
१८ जेठ, काठमाडौं । कर्णालीका प्रदेश सांसदहरुले प्रदेशमा इटालीको स्थिति आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले क्वारेन्टिनको कमजोर व्यवस्थापनले स्थिति भयाबह हुन सक्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको लापरबाहीले कर्णालीमा कोरोनाको संक्रमण भयाबह हुन सक्ने बताए । कोरोना […]
१८ जेठ, विराटनगर । प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित […]
१८ जेठ, काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थिक बर्ष २०७७/७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ‘आफू मालिक र अरू भिखारी’ प्रवृत्ति बोकेको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरेका हुन् । बजेटले आम नेपाली जनतालाई […]
१८ जेठ, पोखरा । गण्डकी प्रदेशका स्थानीय तहले भारतीय नाका तथा विभिन्न जिल्लामा अलपत्र रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । त्यही क्रममा जेठ ९ गते भैरहवाबाट २३ जना यात्रु लिएर एउटा बस म्याग्दीका लागि गुड्यो । यात्रीहरू म्याग्दीमा पुनः क्वारेन्टिनमा बसे । त्यसैक्रममा कारोना परीक्षण गर्ने क्रममा एकजनामा पोजेटिभ देखियो । ती […]
१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले बजेटमाथिको छलफल बौद्धिक विलासिता जस्तोमात्र भएको टिप्पणी गरेकी छिन् । ‘बजेट जे पेश भयो । प्लस माइनस एक रुपैयाँ हुन्न । नीतिमा जे प्रस्तुत हुन्छ कमा फुलस्टम चेञ्ज हुन्न । त्यसकारण यो बौद्धिक विलासिता जस्तो गर्ने कि नगर्ने ?’ आइतबार प्रतिनिधिसभा बैठक आगामी आार्थिक वर्षको बजेटमाथि […]
१८ जेठ, काठमाडौं । कोभिड-१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई अनलाइनमार्फत् आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ । इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल फ्रि नम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत […]
१८ जेठ, काठमाडौं । नेपालमा कृषि प्रयोजनमा प्रयोग हुने रासायनिक मलमा भन्सार नलाग्ने सरकारले स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार महसुल लाग्ने छैन । विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो वर्ष रासायनिक मलमा भन्सार लाग्ने व्यवस्था भएको छ, तर कृषि प्रयोजनका लागि सरकारी संस्थानबाट आयात […]
१८ जेठ, चितवन । जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । २३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो । प्रहरीले […]
१८ जेठ, काठमाडौं । सांसद विनोद चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले १० खर्बको राजश्व संकलन हुने सरकारको प्रक्षेपण सफल नहुने बताएका हुन् । सरकारको आगामी आर्थिक बर्षको बजेटमा ‘चालु आर्थिक बर्षमा ८ खर्ब राजश्व […]
१७ जेठ, काठमाडौं । सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा वर्षौंदेखि पटक–पटक झुटो आश्वासन दिँदै आएको छ । झुटको यो सिलसिलालाई निरन्तरता दिएका छन् अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बजेट भाषणमा । उनले आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण थाल्ने असम्भव वाचा गरेका छन् । बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक […]
from समाचार – Online Khabar https://ift.tt/2XKH1gN
via IFTTT