समाचार
१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन् । गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन् । ‘संशोधन प्रस्ताव दिएर आएका हौं’ नेता केशव झाले भने । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालबाट भारततर्फ हुने पेट्रोलियम पदार्थ र सुनको चोरी तस्करी रोक्न आयातमा कर बढाइएको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत भएको बजेटमार्फत अर्थमन्त्री खतिवडाले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर थपेका थिए । अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थको सीमावारी र पारीको मूल्यमा अहिले नै २० देखि ३० रुपैयाँ […]
१६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रममा धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाबिरुद्ध ठुलो जनशक्ति […]
१६ जेठ, काठमाडौं । बारामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार पचरौता नगरपालिका–२ का २७, २८ र ४५ तथा वडा […]
१६ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जनालाई क्वारेन्टिनमा राखिएका छन् । कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ […]
१६ जेठ, जनकपुरधाम । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ । चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका-९ का ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने […]
१६ जेठ, काठमाडौं । लिम्पियाधुरालगायत भूमि फिर्ता र एमसीसी सम्झौता खारेजीको माग गर्दै विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठन अखिल क्रान्तिकारीले लकडाउनकै बीच शुक्रबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । विद्यार्थीहरूले ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो’, ‘एमसीसी सम्झौता खारेज गर’लगायत प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । नेपालले पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत […]
१६ जेठ, विराटनगर । शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको […]
१६ जेठ, सुर्खेत । सल्यानमा रतुवा (मृग) मारेको आरोपमा १० जना पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-७, संग्रही खोलाबाट रतुवा मारेको आरोपमा दश जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । रतुवा मारेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए । पक्राउ पर्नेमा […]
१६ जेठ, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले निजी विद्यालयहरूलाई निरास बनाएको प्रतिक्रिया दिएको छ । कोभिड-१९ महामारीका बेला निजी विद्यालयले कम्तिमा एउटा सामुदायिक विद्यालयलाई शैक्षिक पूर्वाधार सामग्रीसहित शैक्षिक गुणस्तर सुधार गर्न सम्भव नभएको एनप्याब्सनद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका तीनसहित हवाई पूर्वाधारका आयोजनामा प्राथमिकता दिएको छ । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय अहिले भौतिक प्रगतिका हिसावले अगाडी छन् । यसमध्ये सरकारले गौतमबुद्ध विमानस्थल आगामी आवको शुरुमै संचालन गर्ने लक्ष्य लिएको छ । तर, बहुप्रतिक्षित निजगढ […]
१६ जेठ, सुर्खेत । भारतबाट फर्किनेको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव भएको छ । तत्काल किट खरिद नगरे परीक्षण नै प्रभावित हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) र प्रोसेसिङ गर्ने सामग्रीकोे अभाव छ । प्रदेश […]
१६ जेठ, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । । प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै […]
१६ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र अनुसन्धानमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिँदै गृह मन्त्रालयको बजेट बढाएको छ । विगतका कार्यक्रमलाई निरन्तरता दिँदै सैन्य क्षमताको विस्तारका लागि रक्षा मन्त्रायलको बजेट पनि वृद्धि गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार गृहका लागि १ खर्ब […]
१६ जेठ, दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । दाङको गढवा गाउँपालिकाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले नेपाली खादा लगाइदिएर विदाई गरेकी थिइन् । अस्पतालका प्रमुख डा. सर्वेस शर्माका अनुसार संक्रमितहरुको २ […]
सन् १९५३ मे २९ का दिन बिहान ११:३० बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेक्न सफल भएका थिए । पहिलो र दोस्रो विश्वयुद्धको समयमा बेलायतले सञ्चालन गरेको ७ वटा अभियानहरू र दोस्रो विश्वयुद्धपछि नेपालतिरबाट गरेका ३ वटा अभियानपछि मात्र विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण सम्भव भएको थियो । […]
१६ जेठ, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ । गृहमन्त्रालयद्वारा गठिन समितिले शुक्रबारदेखि जाजरकोट पुगेर छानविन थालेको हो । समितिले शुक्रबार मात्रै पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु विकको पोष्टमार्टम रिपोर्टबारे स्वास्थ्य सेवा […]
१६ जेठ, काठमाडौं । रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ । बस्ती संरक्षण अभियान नेपालको संयोजकत्वमा राष्ट्रिय दलित पत्रकार संघलगायत विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् । केही दिनअघि […]
१६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका छन् । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध गरेको छ भने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ राजनीतिक नक्सा बनाएको छ । भारतले यो नक्सा स्वीकार्य नहुने बताएको छ र कूटनीतिक […]
१६ जेठ, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले गाउँको पुल तथा नाकाको निगरानीका लागि शिक्षकहरुको परिचालन गरेको छ । गाउँ कार्यपालिकाको जेठ १० गते बसेको बैठकले गाउँपालिकाको पुल तथा नाकाहरुमा शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको हो । ‘…कोभिड रोकथामका लागि अन्य शिक्षकहरुको भूमिका महसुस गरी उहाँहरुलाई आवश्यकताअनुसार गाउँपालिकाको पुल तथा नाकाहरुमा परिचालन गर्ने निर्णय गरेकाले सोही […]
१६ जेठ, वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध गरेको छ । नेपाली भूमिमै निर्माण गरिएको पुल जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो । पुल तीन वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध […]
from समाचार – Online Khabar https://ift.tt/36Erd38
via IFTTT