Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एडीबीद्वारा कोभिड-१९सँग जुध्न नेपाललाई ३० अर्बको ऋण स्वीकृत

१३ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम […]

चौरजहारी घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने

१३ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ । दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत  दिने बताएका हुन् । घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरिसकेको जानकारी गराउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कारबाही गर्न […]

वैशाखमा ६७ अर्बले घट्यो रेमिट्यान्स

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष (२०७५) को वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । २०७६ वैशाखसम्म […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३ सय ३०

१३ जेठ, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ३० जना पुगेको छ । मंगलबार देशभर ९० जना नयाँ संक्रमित थपिंदा प्रदेश ५ मा मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् । ३२ जनामध्ये २४ जना कपिलवस्तुका र ८ जना बाँकेका हुन् । मंगलबार सार्वजनिक रिपोर्ट अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकामा मात्रै […]

१८ बैंकले जारी गरे ५२ अर्ब ६० करोडको ऋणपत्र

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै १८ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेको जानकारी दिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा नै वाणिज्य बैंकहरुले […]

दलितको हत्या कहिलेसम्म ? लकडाउनमा प्रदर्शनको नयाँ शैली

१३ जेठ, काठमाडौं । रुकुमको चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोधमा युवा विद्यार्थीले स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शन थालेका छन् । कोरोना महामारीको लकडाउनका कारण सकडमा प्रदर्शन गर्न सम्भव नभएपछि सामाजिक सञ्जाल र पायक पर्ने ठाउँमा सामाजिक दूरीसहित भेला भएर जनचेतनामूलक प्लेकार्डसहित प्रदर्शन भइरहेका हुन् । संगठित रुपमा नभए पनि सामाजिक सञ्जाल र सञ्चार […]

संक्रमित भेटिनेवित्तिकै सिल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ । पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै भरमा स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेको छ । यसले अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन […]

नेपालका साना तथा मध्यम व्यवसाय प्रवर्द्धनमा सघाउछौं : आईएफसी

१३ जेठ, काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी) ले कोभिड १९ को महामारीका कारण सिथिल बनेको निजी क्षेत्रलाई गतिशील पार्न भूमिका खेल्ने बताएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले यस्तो बताएकी हुन् । अहिले कठीन परिस्थितिमा […]

रुसमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

१३ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । रुसले मंगलबार दिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको हो । यससँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ । त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा […]

चालु आर्थिक वर्षमा एक खर्ब ८५ अर्ब वैदेशिक लगानी स्वीकृत

१३ वैशाख,काठमाडौं । सरकारले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी बढेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैं अर्थमन्त्री डा. युवराज खतिवडाले करिब १ खर्ब ८५ अर्ब लगानी स्वीकृत भएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उद्योग विभागबाट २९ अर्ब ६७ करोड र लगानी […]

पेट्रोलियम मजदुरको चेतावनी-रोजीरोटी खोसे सहन्नौँ

१२ जेठ, काठमाडौं । पेट्रोलियम बिक्री वितरणको क्षेत्रमा कार्यरत मजदुर कटौती हुनसक्ने व्यवसायीको चेतावनीप्रति अखिल नेपाल पेट्रोलियम मजदुर संगठनले आपत्ति जनाएको छ । सोमबार संघका अध्यक्ष शिव पोख्रेलले एक विज्ञप्ति जारी गर्दै अत्यवश्यक क्षेत्रका श्रमिक अन्यायमा परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । श्रमिक र व्यवसायीको सहमतिमा समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा व्यवसायी संगठने एक […]

दलित युवक हत्याको निष्पक्ष छानबिन गर्न साझा पार्टीको माग

१३ जेठ, काठमाडौं । साझा पार्टीले रुकुम पश्चिममा दलित युवकको हत्या भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरी साझा पार्टीले घटनालाई सामसुम पार्न राजनीतिक सक्रियता बढेको भन्दै छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएको छ । यो घटनालाई बर्बर र नृशंस अपराध भन्दै साझा पार्टीले वडाध्यक्षसमेत आक्रमणमा संलग्न […]

स्वास्थ्यकर्मीलाई २ सिफ्टमा ड्युटीमा लगाउन मन्त्रालयको निर्देशन

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड नियन्त्रणमा कार्यरत अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा ड्युटी मिलाउन निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले दुई समूह बनाई आलोपालो ड्युटी लगाउन निर्देशन दिएको हो । स्वास्थ्यकर्मीहरु काम गर्ने क्रममा संक्रमित हुन गई सेवा प्रवाहमा अफ्ठ्यारो नपरोस भनेर यो निर्णय गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन […]

कैलालीमा थप एक जनामा कोरोना संक्रमण

१३ जेठ, कैलाली । कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।जानकी गाँउपालिका- १ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । ६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा संक्रमण देखिएको जानकी गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बाताए । भारतबाट जेठ ३ गते  कैलाली आएका उनी […]

मुगुमा भूकम्पको धक्का

१३ जेठ, काठमाडौं । मुगुमा भूकम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

वस्तु तथा सेवा खरिदमा स्वदेशी कम्पनी प्रयोग गर्न निर्देशन

१३ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । सोमबार समितिमा नेपाल […]

संविधान संशोधन विधेयक एक साताभित्र पारित गर्ने तयारी

१२ जेठ, काठमाडौं । संविधान संशोधन विधेयक भोलि बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । र, बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ । लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निसान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको […]

लकडाउनमा ४२.१ प्रतिशत उद्योग प्रतिष्ठानले दिएनन् पारिश्रमिक

१३ जेठ, काठमाडौं । देशभित्रका ४२.१० प्रतिशत उद्योग प्रतिष्ठानले चैत्रमा कुनै पारिश्रमिक नदिएको देखिएको छ । एक अध्ययन अनुसार ३१.५७ प्रतिशत उद्योग प्रतिष्ठानले मात्र श्रमिकलाई लकडाउन अवधिको पुरा पारिश्रमिक दिएका छन् । सरकारले लकडाउन भएपनि चैत महिनाको पुरै र वैशाखको आधा तलब तुरुन्तै भुक्तानी गर्नुपर्ने निर्णय गरेको थियो । सरकारले वैशाखको तलबको ५० प्रतिशत भुक्तानीका […]

सुनौलीबाट उद्धार गरिएका थिए स्याङ्जाका दुई जना कोरोना संक्रमित

१३ जेठ, पोखरा । भारतीय सीमा नाकाबाट उदद्धार गरिएका स्याङ्जाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सुनौली नाकाबाट ल्याइएका दुई जनमा  कोरोना संक्रमणढ भएको पुष्टि गरे । उनीहरुको पोखराको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा  कोरोना पुष्टि भएको हो । वालिङ नगरपालिकाले सुनौली नाकाबाट चार दिनअघि ७ जनालाई गाडी पठाएर […]

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

१३ जेठ, काठमाडौं । कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका थिए। ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । ती महिलालाई अहिले […]

संविधान संशोधन विधेयक बुधबार संसदमा पेस हुने, मधेसवादी दल प्याकेज संशोधनको पक्षमा

१३ जेठ, काठमाडौं । निशान छाप परिवर्तनका लागि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयक बुधवारको प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ । प्रधानमन्त्रीले यसबारेमा छलफल गर्न मंगलबार साँझ सर्वदलीय बैठक समेत बोलाएका छन् । सरकारले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि निशानछापमा पनि सोही नक्सा राख्न गत शुक्रवार कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक […]



from समाचार – Online Khabar https://ift.tt/3elBELA
via IFTTT
Powered by Blogger.