समाचार
१४ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना […]
१४ जेठ, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् । प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल/चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’ अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा […]
१४ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको समय थप भएको छ । नेम्वाङ नेतृत्वको समितिको कार्य अवधि सकिएको उल्लेख गर्दै बुधबार सभामुख अग्नि सापकोटाले कार्य अवधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ […]
१४ जेठ, काठमाडौं । अफ्रिकाको रैथाने सलह इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ । फट्याङ्ग्रा प्रजातिको यो किराको सम्भावित प्रवेशलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय सतर्क बनेको छ । ६० वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्याएको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार, […]
१४ जेठ, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले […]
१४ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । प्रतिपक्षी दलको अवरोधपछि बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको हो । बुधबार बिहान ११ बजे आह्वान गरिएको बैठकमा प्रतिपक्षी दल साढे ११ […]
१४ जेठ, सुर्खेत । भारतबाट आएका एक युवकको कर्णाली प्रदेश अस्पताल कालागाँउमा मंगलबार मृत्यु भएको छ । मंगलबार राति मात्रै भारतको रुपैडिया हुँदै आएका चिङ्गगाड गाउँपालिका-५ अवलचिङका २२ वर्षीय युवकको मृत्यु भएको हो । पाँच दिनअघि भारको गुजरातबाट हिँडेका युवक यात्राकै क्रममा बिरामी भएपछि मंगलबार अस्पताल लिइएको थियो । उनको सोही दिन राति १२ बजे […]
१४ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्न नसक्ने सांसदहरुले बताएका छन् । लामो समयदेखि लकडाउन जारी रहँदा जनताहरु भाकभोकै बस्नुपरेको उनीहरुको भनाइ छ । बुधबार नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्दै सांसदहरु नरोत्तम वैद्य, रिना गुरुङ, रामलाल महतो, हिरानाथ खतिवडा, विराजभक्त श्रेष्ठ र सीता लामाले कोरोनाबाट […]
१४ जेठ, काठमाडौं । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति […]
१४ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका नेपाली सेनाका ३ सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यूएन मिसनमा कार्यरत ३ सैनिकमा कोरोना भएको पुष्टि गरे […]
१४ जेठ, काठमाडौं । वायुसेवा सञ्चालकहरुले नेपालमा हवाई इन्धनको मूल्य अत्यन्तै महंगो भएको र यसले कम्पनीलाई व्ययभार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले पछिल्लो पटक तोकेको राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान माथिको प्रतिवन्ध क्रमशः खुकुलो पार्ने संकेत गरेको छ । त्यसक्रममा नियमित व्यवसायिक उडान सुरु हुनु अगाडि व्यवसायी हवाई इन्धनको भाउ लटाउने लबिङमा लागेका हुन् । […]
१४ जेठ, काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर जारी गरेको नयाँ राजनीतिक नक्सा भारतले गत बुधबार स्वीकार नगर्ने बतायो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘यो (नयाँ नक्सा) द्विपक्षीय कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने समझदारी विपरीत छ ।’ सम्वादबाट सीमा समस्या समाधान गर्ने पूर्वसहमति विपरीत नेपालले एकतर्फी रुपमा नक्सा […]
१४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रोकोना भाइरस (कोभिड-१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो । प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले […]
१४ जेठ, काठमाडौं । बर्दियामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनी मंगलबार राति ११ बजे अछामबाट गुलरिया आएका थिए । नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार उनी छोरासँगै अछामबाट मजदुरी गरी फर्किएका थिए । अछामबाट आएका उनीसहित १३ […]
१४ जेठ, जनकपुधराम । सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ । फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्काे एक जना सवारी चालक रहेको सिरहाका प्रमुख […]
१४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सर्वदलीय बैठकहरुका निष्कर्ष वा निर्णय संसदलाई जानकारी गराउने परम्पराको सुरुवात गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिजालले, प्रधानमन्त्रीले मंगलबार बोलाएको बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुनिएको भन्दै खुसी व्यक्त गरे । ‘अहिलेसम्म […]
१४ जेठ, काठमाडौं । दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० […]
१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । उक्त निर्देशिकामा […]
१४ जेठ, काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् । नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । […]
१४ जेठ, रौतहट । बुधबार थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएसँगै रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०० नाघेको छ । भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् । अहिले रौतहटमा १८ पालिकाको ३८ क्वारेन्टाइनमा ३ हजार १७४ जना बसेका छन् । […]
१४ जेठ, पोखरा । बेल्जियमबाट आएका दुई जना नागरिक कोरोना निको भई घर फर्किइसकेपछि गण्डकी प्रदेशमा कोरोना संक्रमणको कनेक्सन सुनौली र कृष्णनगर नाका बनेको छ । भारतबाट आई सुनौली र कृष्णनगर नाकामा अलपत्र परेका र स्थानीय सरकारले गाउयँ ल्याएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्याङ्जाको वालिङमा २ जना र बुधबार बागलुङमा ६ जना […]
from समाचार – Online Khabar https://ift.tt/3eimPcK
via IFTTT