समाचार
१३ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको […]
१३ जेठ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका हुन् । गुल्मीमा सोमबार २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति भएको पोखरेलले बताए । उनकाअनुसार छिमेकी […]
१३ जेठ, बर्दिया । गुलरिया नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टिन र छलाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए । अधिकांश स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेपछि आकस्मिकबाहेकका अस्पतालका सेवा बन्द भएका छन् । जिल्ला अस्पतालमा […]
१३ जेठ, काठमाडौं । भौतिक पूर्वाधारलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो भनिन्छ । तर, विकासको लागि विनियोजित भएको बजेट खर्च नहुने कारण नेपालमा भौतिक पूर्वाधारमा योजनाअनुसार प्रगति हुन सकेको छैन । यो वर्ष त झन कोभिड-१९का कारण सरकारले ५० प्रतिशत पनि विकास खर्च गर्न नसक्ने स्पष्ट देखिएको छ । यस्तो अवस्थामा आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणको […]
१३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको हो । आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्टा भनेको छ । आयोगले […]
१३ जेठ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ । कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो विशेष टोली खाटाउने निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए । वडानम्वर १ को बुटार, २ को […]
१३ जेठ, काठमाडौं । आजभोलि राजधानीको चोकचोकमा चस्मा र एन ९५ मास्कसहित उभिन्छन्, ट्राफिक प्रहरी । नाका र हरेक मुख्य चोकमा कम्तिमा तीन जना अधिकारी पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) सहित देखिन्छन् । कोरानाका महामारीका वेला जोखिममा रहेका प्रहरीका थ्रुपै अधिकारीसँग अझै राम्रो मास्क छैन । तर, ट्राफिक प्रहरीले दाताको सहयोगमा सुरक्षा कवच पाएको हो । […]
१३ जेठ, काठमाडौं । झुण्डिएर मृत्यु भएका बालकको शव जानकारी नदिई जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शङ्खरापुर नगरपालिका–२, पटापमा १५ वर्षीय बालक सुनबहादुर तामाङको शव जलाउन लागेको वेला प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी प्रभाग, शंकरापुरका प्रहरी निरीक्षक गोविन्द पन्थीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बताए । […]
१३ जेठ, पोखरा । स्याङ्जामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको पाइएको छ । भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका उनी उनीहरुले फोन गरेपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिन अघि गाडीमा ७ जना वालिङ आएका थिए, उनीहरु मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]
१३ जेठ, पोखरा । स्याङ्जाका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। भारतबाट चार दिनअघि आएका उनीहरू वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुव गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरूलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । गण्डकी प्रदेश […]
१३ जेठ, सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खड्क नगरपालिका ६ चकुवामा तीन पांग्रे पावर ट्रिलर ट्याक्टर पल्टिँदा स्थानीय ७५ बर्षका गुदीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो […]
१३ जेठ, विराटनगर । नेपाली सेनाको हिले बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको सोमबार विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । सुनसरी रामधुनी नगरपालिका- ३ घर भएका भट्टराई जेठ ५ गते ब्यारेकमा नै अचेत अवस्थामा भेटिएको भनी सैनिक टोलीले विराट मेडिकल कलेजमा ल्याएका थिए । आफन्तले भने भोलिपल्ट मात्र जानकारी पाएका थिए । घटना शंकास्पद […]
१३ जेठ, काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल दलित विद्यार्थी संघले मंगलबार दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् । गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका […]
१३ जेठ, जनकपुरधाम । सोमबार राति बर्षासँगै आएको हाबाहुरीले सर्लाहीमा प्रहरी चौकीसहित आधा दर्जनभन्दा बढी व्यक्तिको घरमा क्षति पु¥याएको छ । एक जना घाइते भएका छन् । अधिकांश घरको छाना उडेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका १४ स्थित गौरीशंकर प्रहरी चौकीको कम्पाउण्डभित्र रहेको सपेताको रुख ढली इट्टाको गारो, टायलको छानो भएको भान्सा घर पूर्ण रुपमा […]
१३ जेठ, काठमाडौं । लाइन्स क्लब इन्टरनेशनलले वीर अस्पतालमा पीपीई सहयोग गरेको छ । क्लबले दुई हजार सर्जिकल मास्क, ५० सेट पीपीई र ५० सेट भाइजर सहयोग गरेको हो । मंगलबार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले न्याम्सका पदाधिकारीलाई हस्तान्तरण गरेको हो । क्लबले आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ । न्याम्सका उपकुलपति […]
१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् । उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका थिए । त्यस्तै […]
१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साताअघि निजी अस्पतालले र्यापिड डाइग्नोस्टिक किट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्न पाउनुपर्ने निर्देशिका जारी गर्यो । त्यसका लागि ९ वटा कम्पनीको किट तोकिएको छ । जसमध्ये सात वटा किटले सम्बन्धित देशमा नै प्रयोग गर्ने अनुमति पाएको छैन । त्यसको केही दिनमै गृह मन्त्रालयले अत्यावश्यक कामले काठमाडौं […]
१३ जेठ, सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो । ‘निरन्तर ज्वरो आउने, श्वास लिन समस्या हुने समस्या […]
१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा स्थानीयको आक्रमणमा दलित युवकले ज्यान गुमाएको घटनामा गृहमन्त्रीको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् । उनले मुलुकी […]
from समाचार – Online Khabar https://ift.tt/2Ab8H6e
via IFTTT





















