समाचार
१५ जेठ, काठमाडौं । सरकारले वायुसेवा कम्पनीहरुलाई सहुलियत घोषणा गरेको छ । लकडाउन र उडान प्रतिबन्धका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट पाएका छन् । यसबाहेक लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर समेत मिनाहा गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
१५ जेठ, काठमाडौं । सरकारले साना, मझौला उद्योग र पर्यटनलगायत उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सकिने गरी ५० अर्बको कोष खडा गरेको छ । यो कोषबाट ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण लिएर उद्योग प्रतिष्ठानले तलब भुक्तानी गर्न सक्ने भएका छन् ।
१५ जेठ, काठमाडौं । सरकारले विदेशी नागरिकलाई श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नदिने भएको छ । कानूनी व्यवस्था भएपनि कडाई नभएको भन्दै सरकारले अब यसमा कडा रूपमा लागू गरिने बताएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप […]
१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । उनले स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । गत […]
१५ जेठ, काठमाडौं । मुस्ताङको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बिहीबार बीओपी स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।
१५ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन […]
१५ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन् । नेकपा नेतासमेत रहेका प्रभाकरले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएकाले बिहीबारबाट गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेको बताए । उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो । उनीहरुलाई बिहीबार […]
१५ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका […]
१५ जेठ, काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिए । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत […]
१५ जेठ, चितवन । तरकारीले बजार नपाएपछि पूर्वी चितवनका तरकारी किसानले तरकारीसहित खेत जोत्न सुरु गरेका छन् । खैरहनी नगरपालिका १ वहेराका किसान बासुदेव सापकोटाले १२ वर्षपछि तरकारी खेतीमा ट्याक्टर लगाएर जोताउन बाध्य भएको बताए । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि किसान सापकोटाले भिण्डीबारीमा ट्याक्टर लगाएका छन् । उनले सात कठ्ठा जग्गामा भिण्डी लगाएका […]
१५ जेठ, कैलाली । भारतबाट स्वदेश फर्किएका सम्भावित कोरोना संक्रमित नेपालीलाई राख्न कैलालीको घोडाघोेडी नगरपालिका ३ स्थित सरस्वती आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा ५३ जना छन् । अनेकौँ समस्या झेल्दै घर नजिकै आइपुगेका उनीहरुको क्वारेन्टिन बसाइ पनि कष्टपूर्ण छ । १२ जनाको समूहमा पञ्जाबबाट आएका गणेश बोहरा क्वारेन्टिन आइपुगेपछि झन् समस्यामा परेको बताउँछन् । ‘गौरिफन्टासम्म आउँदा […]
१५ जेठ, विराटनगर । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ । १९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि इलाका प्रहरी कार्यालय इटहरीले एप्पल ट्रि मन्टेश्वरीका सञ्चालक सन्तोष कटवाललाई पक्राउ गरेको हो । मन्टेश्वरीमा कार्यरत महिला कर्मचारीलाई कटवालले २६ वैशाखमा जबरजस्ती करणीको प्रयास गरेका […]
१५ जेठ, विराटनगर । बिहीबार सामान्य विवादमा आमाको हत्या गरी एक युवकले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् । खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए । छोराले इँटा […]
१४ जेठ, काठमाडौं । नेपालमा विदेशी च्यानलहरु प्रसारण/विक्रीवितरणका लागि आवश्यक प्रक्रिया पूरा नगरी स्टार इण्डिया प्रालिले करोडौं नेपाली रुपैया राष्ट्र वैंक तथा अन्य वाणिज्य वैंकहरुमार्फत भारत लगिरहेको खुलेको छ । विगत १५ वर्षदेखि सो कम्पनीले नेपालको कानून पालना नगरी करोडौं रुपैयाँ लगिसेकेको छ । स्टार इण्डिया कम्पनीअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार स्पोर्टस लायत ३३ […]
१५ जेठ, पोखरा । चीनका विभिन्न सहरबाट पोखरा महानगरपालिकामा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । भगिनी सहर लिन्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री बिहीबार पोखरा आइपुगेको हो । भगिनी सहरबाट विभिन्न ९ प्रकारका सामग्री पोखरा आइपुगेको छ । १० हजार वटा सर्जिकल मास्क, ३ सय वटा गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगरका अन्तर्राष्ट्रिय […]
१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास […]
१५ जेठ, काठमाडौं । झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।
१५ जेठ, रौतहट । क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् । खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले आफूहरु घर जान पाउनु पर्ने भन्दै नाराबाजी र होहल्ला गर्न थालेपछि सो स्थान तनावग्रस्त बनेको थियो । विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी […]
१५ वैशाख, काठमाडौं । बैंकहरुले धेरै अनुत्पादनशील क्षेत्रमा लगानी गरेको गरेको भन्दै केन्द्रीय बैंकले केहि वर्ष पहिले प्राथमिकताप्राप्त क्षेत्र भनेर छुट्यायो । जसमा कृषि, पर्यटन, जलविद्युत्, घरेलु तथा साना उद्योग लगायत समेटिएका थिए । पछिल्लो व्यवस्था अनुसार बैंकहरुले कुल कर्जाको २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नै पर्ने, त्यसमा कृषिमा मात्रै १० प्रतिशत अनिवार्य लगानी […]
१५ जेठ, काठमाडौं । कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि पनि ललितपुरको किस्ट मेडिकल कलेजले अस्पतालको सेवा बन्द नगरी सञ्चालन गरेको छ । मेडिकल कलेजले केही समय अस्पतालको बहिरंग सेवा बन्द गरे पनि अरु सेवा रोकिएको छैन । कोरोना संक्रमितको उपचार विश्व स्वास्थ्य संगठनको नियम अनुसार नै गरेको र मृत्युपछि पनि नियमअनुसार नै व्यवस्थापन […]
१५ जेठ, वीरगञ्ज । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरूलाई विभिन्न नाकाबाट स्वदेश फर्काउने कार्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भइरहेको छ। यस्तै, वीरगञ्ज नाकाबाट बुधबार मात्रै करिब ६ सयको हाराहारीमा नेपाली स्वदेश भित्रिएका छन् । यसरी स्वदेश भित्रिनेमा पर्सा, बारालगायत २५ भन्दा बढी जिल्लाका मानिसहरू छन् […]
from समाचार – Online Khabar https://ift.tt/2XBLLVX
via IFTTT