Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बुबाको काजकिरियामा गर्न फर्किएका थिए, खुला आकाशमुनि क्वारेन्टिनमा बस्नुपर्‍यो

१८ जेठ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने भारतसहित अन्यत्रबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राखने गरिएको छ । भारतमा यातायातका साधनहरु चल्न थालेसँगै नेपाल आउनेहरु बढेका छन् । आइतबारसम्मका तथ्यांकअनुसार प्रदेश २ मा मात्र १९ हजार ९८३ जना क्वारेन्टिनमा छन् । तर क्वारेन्टिनमा उनीहरुलाई निकै अव्यवस्थित रुपमा राखिएको छ । दृष्टान्त १ धनुषाको […]

सत्तारुढ सांसद नै भन्छन् – बजेटमाथिको छलफल ‘व्यर्थ’

१८ जेठ, काठमाडौं । संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा आगामी आर्थिक बर्ष २०७७÷०७८ लागि सरकारले ल्याएको बजेटमाथिको छलफल जारी छ । बजेटमाथि सांसदहरु संसदमा गरमागरम बहस गरिरहेका छन् । पक्ष विपक्षमा तर्क गर्छन । इतिहास, दर्शन, साहित्य, कविता, गीतमार्फत आफ्ना तर्क तथा विचार पुष्टि गर्ने प्रयत्न गरिरहेका छन् । तर, यसरी […]

सरकार ! लकडाउनको विकल्प सोच

चीनको बुहानबाट सुरु भएको कोरोना (कोभिड १९) को महामारीका कारण आजका दिनसम्म ६० लाख ५० हजारभन्दा बढी संक्रमितको पहिचान भइसकेको छ भने ३ लाख ६७ हजार जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म १४ सय जनामा कोरोना संक्रमणको पुष्टि हुनुका साथै ७ जनाको मृत्यू भएको छ । यो संख्या दिनानुदिन बढ्दो छ । मानिसबाट मानिसमा […]

व्यापार घाटा कम गर्न अर्थमन्त्रीले के–के अस्त्र निकाले ?

१८ जेठ, काठमाडौं । नेपालको अर्थव्यवस्थाको लागि सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो– व्यापार घाटा । हरेक वर्ष व्यापार घाटा चुलिँदै झण्डै देशको बजेटकै आकारमा पुग्न थालेको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै व्यापार घाटा ९ खर्ब ४३ अर्ब भन्दा बढी रह्यो । जबकि सरकारले आगामी आव २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्बको […]

रंगभेदविरुद्ध अमेरिकाभर प्रदर्शन, २५ भन्दा बढी सहरमा कर्फ्यु

१८ जेठ, काठमाडौं । प्रहरी अधिकारीबाट कालाजातिका एक व्यक्ति मारिएपछि शुरु भएको आन्दोलन अहिले अमेरिकाभर फैलिएको छ । मिनिसोटाको मिनेपोलिसमा भएको यो घटनापछि अहिले अमेरिकाका कम्तीमा ३० सहरमा आन्दोलन भड्किएको छ । आइतबार बिहानैदेखि यी सहरमा आन्दोलन भइरहेको छ । आन्दोलनका कारण अमेरिकाका १६ राज्यको २५ भन्दा बढी सहरमा कफ्र्यु घोषणा गरिएको छ । कर्फ्यु […]

लकडाउनमा घरबाहिर निस्कनेहरु …(फोटो फिचर)

१८ जेठ, काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको झण्डै ७० दिन पुगिसक्यो । समुदायमा महामारी फैलिन नदिन मानिस–मानिसबीच दूरी कायम गर्न लकडाउन नै प्रभावकारी उपाय हो । सरकारले चैत ११ गते एक हप्ताका लागि सुरु गरेको लकडाउन बढाउँदै बढाउँदै जेठ ३१ गतेसम्म पुर्‍याएको छ । लामो समयको लकडाउनका कारण सर्वसाधारण घरभित्रै खुम्चिन […]

गण्डकीमा आफ्नै सरुवा रोग अस्पताल, विपन्नलाई सुपथ मूल्य कार्ड

१८ जेठ, पोखरा । बेरोजगारलाई रोजगारी र आहातलाई राहत दिने भन्दै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना भाइरसको महामारीबाट मानव जीवनको रक्षा गर्न सरकारका विकासका लक्ष्य पुनःप्राथमिकीकरण गर्ने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । पोखरा सभागृहमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत […]

बुटवलको कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज

१८ जेठ, बुटवल । बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् । उनीहरु वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । अस्पतालका कोभिड-१९ फोकल पर्सन तथा वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाका अनुसार […]

वीरगञ्जको कोरोना परीक्षण ल्याब बन्द

१८ जेठ, वीरगञ्ज । प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् । […]

दलित युवक हत्याको विरोधमा बाबुराम भट्टराई सडकमा

१८ जेठ, काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]

सामुदायिक स्कुलको जिम्मा निजीलाई दिने कार्यक्रममा शिक्षामन्त्रीकै असहमति !

१८ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक […]

दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द

१८ जेठ, दैलेख । जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । भारतबाट आएका एक युवक क्वारेन्टिनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडीटी गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाइस वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा […]

उडान सुरु गर्न तयार भयो त्रिभुवन विमानस्थल

१८ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग । साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा छ । सोही कारण यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी […]

अब विद्युतीय गाडी आम मानिसले किन्न सक्दैनन् : व्यवसायी

१८ जेठ, काठमाडौं । अटोमोवाइल व्यवसायीले सरकारले बजेटमार्फत भन्सार बढाउँदो नेपालमा विद्युतीय गाडी आम मानिसको पहुँचबाट टाढा पुगेको प्रतिक्रिया दिएका छन् । बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले अब नेपालमा विद्युतीय गाडी डिजेल र पेट्रोल गाडी भन्दा पनि महंगो भएको बताएका हुन् । अब आम मानिसले विद्युतीय गाडी खरिद गर्न नसक्ने […]

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेटिए राजनीति छोडिदिन्छु : जीतेन्द्र देव

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने दावी गरे । ‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनुपर्ने हो, एउटा आर्थिक […]

विन्दबासिनी गाउँपालिकामा कर्मचारीले गरे तालाबन्दी

१८ जेठ, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । २०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको निर्देशनमा काम गरे पनि तलब नपाएको भन्दै गाउँपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा […]

बजेट परम्परागत र यथास्थितिवादी : राष्ट्रिय जनमोर्चा

१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी र पुँजीवादी प्रकारको भएको ठहर गरेको छ । बजेट विगतको जस्तै परम्परागत रहेको भन्दै राजमोले बजेटले निजीकरणमै जोड दिएको निश्कर्ष निकालेको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति निकाल्दै बजेटमा आयातमुखी र परनिर्भर अर्थतन्त्रबाट मुक्त हुने कुनै योजना नभएको उल्लेख गरेका […]

रुकुम पश्चिमको घटनामा प्रश्न नउठ्ने गरी अनुसन्धान हुन्छः गृहमन्त्री थापा

१८ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् […]

डोटीमा सेनाले बनायो अस्थायी क्वारेन्टिन

१८ डोटी, जेठ । नेपाली सेनाले डोटीको शिखर नगरपालिका-३ आलीमा अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निर्माण गरेको हो । गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले नगरपालिकाले अस्थायी क्वारेन्टिन  निर्माणका लागि सहयोग गर्न माग गरेपछि आफूहरुले क्वारेन्टिन तयार गरेको बताए […]

८ लाख घरेलु ग्राहकले पाउनेछन् निःशुल्क बिजुली

१८ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक संख्या ८ लाख छ । ती […]

कर्णालीका सांसदको चिन्ता : इटालीकै स्थिति हुने भयो

१८ जेठ, काठमाडौं । कर्णालीका प्रदेश सांसदहरुले प्रदेशमा इटालीको स्थिति आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले क्वारेन्टिनको कमजोर व्यवस्थापनले स्थिति भयाबह हुन सक्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको लापरबाहीले कर्णालीमा कोरोनाको संक्रमण भयाबह हुन सक्ने बताए । कोरोना […]



from समाचार – Online Khabar https://ift.tt/2XKNVTk
via IFTTT
Powered by Blogger.