समाचार
१७ जेठ, काठमाडौं । सरकारले गैरकानूरी रुपमा आयात हुन भन्सारमा आईपुगेका सवारीलाई जरिवाना तिरेर भन्सार छुटाउन सकिने व्यवस्था गरेको छ । बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयक २०७७/७८ अनुसार अब निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक विक्रेताले नल्याएपनि नेपाल भित्रिन पाउनेछन् । विधेयकमा ३० प्रतिशत जरिवाना […]
१७ जेठ, काठमाडौं । पाकिस्तान सरकारका एक मन्त्री शहरयार खान अफ्रिदीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीले आफैंले सामाजिक सञ्जाल ट्वीटरमा यसबारेमा जानकारी दिएका हुन् । शनिबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र चिकित्सकको सल्लाहअनुसार आफू घरमा नै क्वारेन्टिनमा […]
१७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) गठन गर्ने बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अन्तर्गत आएको उक्त प्रस्तावले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी अचम्ममा परे । खाद्य सुरक्षा र गुणस्तरको समग्र गतिविधि […]
१७ जेठ, काठमाडौं । सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ बस्ने २७ वर्षीय फैइज आलम छन् । ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक्सीप्लोन नामक ६ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले […]
१७ जेठ, काठमाडौं । सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोना भाइरस (कोभिन–१९) संक्रमण परीक्षणका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । शनिबार समिति सचिवालय सिंहदरबारमा बसेको बैठकले पीसीआर परीक्षणको संख्या बढाउन र त्यसका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । परीक्षणको दर […]
१७ जेठ, भक्तपुर । मध्यपुर थिमि नगरपालिका-६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका-६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । […]
१७ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष चन्द्र ढकालले अब उच्च सुरक्षा सतर्कता अपनाएर उद्योग-व्यवसायहरु सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि अब सधैं उद्योग-व्यवसाय बन्द गर्न नहुने उनको भनाइ छ । तर, स्वास्थ्य सतर्कता भने उच्च अपनाउनुपर्ने उनले बताए । स्वास्थ्यको विषयमा सबैले गम्भीर हुनुपर्ने भन्दै उनले आवश्यक सुरक्षा […]
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा […]
१७ जेठ, काठमाडौं । सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । ‘विहीबार रातीदेखि नै लागू हुने गरी आन्तारिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको र डिजेल, […]
१७ जेठ, काठमाडौँ । नेपालमा सलहको सम्भावित प्रवेश रोक्न पूर्वतयारी चलिरहेका बेला बर्दियाका कृषकलाई भने फट्यांग्राले दुःख दिएको छ । जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा फट्यांग्राले बालीनाली सखाप बनाएको कृषकहरुले बताएका छन् । मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बनस्पतिमा फट्यांग्राको झुण्ड बसेर नष्ट पारिदिएको नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिए […]
१७ जेठ, काठमाडौं । नेपाल सोसाइटी अफ इमर्जेन्सी फिजीसियन (एनएसईपी) ले चिकित्सकमाथि हातपात गर्नेहरूलाई तुरुन्त कारबाही गर्न माग गरेको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा ६४ वर्षीय बिरामीको मृत्यु भएको घट्नालाई लिएर हातपात गर्नेलाई एनएसईपीले शनिबार विज्ञप्तिमार्फत कारबाहीे माग गरेको हो । ‘नोवेल कोरोना भाइरसको महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै इमर्जेन्सीमा अहोरात्र खटिने […]
१७ जेठ, काठमाडौं । सुत्केरी व्यथा लागेपछि ललितपुर, सुनाकोठीकी २३ वर्षीया महिला ११ जेठमा इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना भइन् । उनको नर्मल डेलिभरी नहुने भयो, सिजरिङ गर्नुपर्ने चिकित्सकहरुले बताए । अस्पतालले ओटी गर्ने हरेक बिरामीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने गरेको छ । त्यसअनुसार उनको पनि थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठायो […]
१७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना […]
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ जेठमा देशबासीलाई गरेको सम्बोधनमा नै लकडाउनको मोडल परिर्वतन हुने संकेत गरेका थिए । तर जेठ २० आउन दुई दिन बाँकी हुँदा पनि नयाँ मोडल टुंगो लागेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने जोनिङ गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो गर्ने प्रस्तावअघि सारेको छ । […]
१७ जेठ, बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् […]
१७ जेठ, वीरगञ्ज । बारामा शनिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का १८ वर्ष र ३५ वर्षका तथा सुवर्ण गाउँपालिकाको हर्दियाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ मा संक्रमण पुष्टि भएका दुवै व्यक्ति […]
१७ जेठ, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसँग माग गरेको छ । कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो । पार्टी निकट […]
१७ जेठ, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको शनिबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएर सोही ठाउँका ४० वर्षे दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
१७ जेठ, कैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको लम्की चुहा नगरपालिका–७ खरैलाकी ३५ बर्षीया सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान नै रहेको माइती पक्षले आरोप लगाएपछि प्रहरीले ३५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार भण्डारीले आत्महत्या गरेको भन्दै मृतकका दाजु झंकर […]
१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७७/७८को बजेट वक्तव्यमार्फत कोभिड-१९ बाट प्रभावित क्षेत्रका लागि विभिन्न राहत घोषणा गर्यो । यो राहत प्याकेज कार्यान्वयनमा आउँदा नेपाल विद्युत प्राधिकरणलाई मात्रै १२ अर्ब रुपैयाँ आर्थिक भार पर्ने देखिएको छ । बजेटले विद्युत महसुलमा छुट र सहुलियतका विभिन्न व्यवस्थाहरु गरेकाले प्राधिकरणलाई यति भार थपिने भएको हो […]
१७ जेठ, वीरगञ्ज । पर्सामा चट्याङबाट बच्नका लागि भाग्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका–२ बहुअर्वाका ४२ वर्षीय रामबाबु महतो नुनिया रहेका छन् । घरदेखि पश्चिमतर्फको आँपको बगैँचामा काम गरिहेको समयमा आकाशमा गड्याङगुडुङ गर्दै चट्याङसहित पानी पर्न थालेपछि उनी ज्यान जोगाउन भाग्ने क्रममा लडेका थिए । बिहान साढे ९ […]
from समाचार – Online Khabar https://ift.tt/3dilZwF
via IFTTT