समाचार
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट […]
१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद […]
१३ जेठ, झापा । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो । मोरङतिरबाट आएको हात्तीलाई नेपाली र […]
१३ जेठ, काठमाडौं । बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् । यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ । बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन […]
१३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ । कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो । यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा […]
१२ जेठ, बुटवल । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि […]
१२ जेठ जनकपुरधाम । प्रदेश २ का जिल्लामा भारतबाट एक सातामै साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् । जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ । […]
१२ जेठ, काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ । प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ […]
१२ जेठ, बर्दिया । गेरुवा गाउँपालिका—३, शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् । सञ्चालक विजय चलाउका अनुसार आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको छ । विद्युत् लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण […]
१२ जेठ, काठमाडौं । नेपालमा लकडाउन भएको २ महिना बित्यो, चैत ११ देखि जेठ ११ सम्मको अवधिमा नेपालले भारतबाट १ लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न आयात गर्यो । लकडाउनको अवधिमा ७५ हजार ३ सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ ५७ मेट्रिकटन गेडागुडी, २९ हजार ११५ मेट्रिक टन फलफूल र ११ हजार […]
१२ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोना भाइरसको परीक्षण, उपचार र राहतमा सरकार पछाडि परेको आरोप लगाएको छ । रोकथामप्रतिको उदासीनताले गम्भीर महामारी सिर्जना हुने खतरा औंल्याउँदै उसले ठोस कार्ययोजना बनाएर यसविरुद्ध लड्न सुझाव दिएको छ । जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको सरकारको काम–कारबाहीबारे टिप्पणी गरेकी हुन् । […]
१२ जेठ, काठमाडौं । कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै […]
१२ जेठ, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना […]
१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन्। कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरू फर्कने र उनीहरूलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने भार सरकारमाथि बढेको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । तर, सरकारले अहिलेसम्म कृषिमा कुल बजेटको तीन प्रतिशतभन्दा माथि […]
१२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर […]
१२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ग्रामीण विकास र कृषिलाई उच्च प्राथमिकतामा राखेर तयार पारेको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा ‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु’नारालाई अघि सारेको छ । जता पुगेको […]
१२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् । नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् । तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर […]
१२ जेठ, काठमाडौं । कोभिड १९ पोजेटिभ भएका एक युवकको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ । सप्तरीका ३२ वर्षीय ती युवकको खुट्टा भाँचिएकै कारण दुई दिनअघि उनलाई काठमाडौंका कोभिड अस्पतालहरुले भर्ना लिएका थिएनन् । उनी दिनभर पाटन अस्पतालको प्रांगणमा एम्बुलेन्समै राखिएका थिए । साँझ परेपछि पनि अस्पतालले भर्ना नलिएपछि स्वास्थ्य मन्त्रालयका कोभिड १९ […]
१२ जेठ, काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट पारे । तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर […]
१२ जेठ, जनकपुरधाम । जनकपुरधामस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनबाट फरार भएका संक्रमित फेला परेका छन् । आइतबार आइसोलेसन कक्षबाट भागेका सर्लाहीको हरिपूर्वा नगरपालिका– ३ धनकौलका ४५ बर्षीय पुरुष सोमबार घर नजिकै फेला परेका हुन् । उनलाई अब कहाँ राख्ने भन्ने विषयमा अन्योल भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उनलाई जनकपुर नै पठाउन […]
१२ जेठ, काठमाडौं । भारत लगायत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने मामिलामा कठोर देखिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः उनीहरुप्रति नरम देखिएका छन् । सरकारले उनीहरुका समस्यालाई सम्बोधन गर्न चाँडै आदेश जारी गर्ने उनले बताएका छन् । ‘अहिले मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको छ’ प्रधानमन्त्रीले सोमबार राष्ट्रका नाममा गरेको सम्वोधनमा भने, […]
from समाचार – Online Khabar https://ift.tt/2ZCMIQo
via IFTTT






















