समाचार
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बिहीबार दिउसो बस्ने भएको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमै २ बजेका लागि बैठक राखिएको आयोगका एक सदस्यले जानकारी दिए । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्च) […]
१५ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री […]
१५ जेठ, काठमाडौं । कोरोना महामारी फैलँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक पूर्वधार रहेका देशभरका केही अस्पतालहरूलाई अस्थायी कोभिड अस्पतालको रूपमा रूपान्तरण गर्दै संक्रमितहरूको उपचार गराउन सुरुवात गर्यो । अस्थायी कोभिड अस्पतालहरूमा सरकारले आवश्यक भौतिक पूर्वाधारदेखि लिएर स्वास्थ्य सामग्रीहरू पनि व्यवस्थापन गर्दै लगेको अवस्था छ । तर पनि संक्रमितहरूलाई राखेर उपचार गराउने व्यवस्था अझै […]
१५ जेठ, कैलाली । १६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेर कोरोना जितेर घर फर्किएका थिए लम्किचुहा-७ का २१ वर्षीय युवक । चैत्र २३ गते आइसोलेसनमा भर्ना भएका उनी वैशाख ७ गते डिस्चार्ज भए । निको भएको एक महिना बितिसक्दा पनि उनी अझै सामाजिक दुरी पालना गरेर बस्छन् । उनी अहिलेसम्म आफन्तको घरमा पुगेका छैनन् […]
कोरोना भाइरस (कोभिड– १९) ले बिश्वव्यापी सन्त्रास दिइरहेको छ । मानव जीवन एक्कासी भयावह वातावरणमा धकेलिएको छ । संक्रमणबाट जोगिन अपनाइएको लकडाउन, सेल्फ आइसोलसन, फोर्स आइसोलेसन आदिबाट विश्वभरकै आर्थिक गतिविधि ठप्प बन्न पुगेको छ । यसबाट दुनियाँको आर्थिक अवस्था तहस नहस भैरहेको छ । यो अवस्थाले चरम मन्दी ल्याउने आँकलन भेरहेको बेला कृषिमा आधारित नेपालमा […]
१५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देश बीचको विवादलाई यथास्थितिमा राख्न आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न पनि भारतलाई भनेका छन् । भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको […]
१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् । भारत सहित तेस्रो मुलुलकमा वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने भन्दै उनले युवा […]
१५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।’ उनले […]
१५ जेठ, नवलपरासी । पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ १० गते भारतको हरिद्धारबाट आएका उनाई नगरपालिकाले जनज्योति नमुना माविको क्वारेन्टाइनमा राखेको थियो । […]
१५ जेठ, पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘उहाँहरु भारतबाट आउनु भएको हो र क्वारेन्टाइनमै छन् । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ,’ निर्देशनालयका डा. […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकांक्षाहरु र कमजोर बन्न […]
१५ जेठ, काठमाडौं । काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० […]
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार […]
१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय […]
१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका […]
१४ जेठ, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले चौरजहारी घटनाबारे आफूले राखेको भनाइलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरेका छन् । रुकुम पश्चिमका जनप्रतिनिधिसमेत रहेका शर्माले संसदमा बोलेका विषयलाई बंग्याएर गलत रूपमा व्याख्या गरिएको बताए । ‘संसदमा मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ,’ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै […]
१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत २ चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको हो । कोभिड–१९ रोकथाम, नियण्त्रण र उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेर मनोबल गिराउने काम गरिएको भन्दै संघले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न […]
१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको […]
१४ जेठ, काठमाडौं । भोलि बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउन लागेका उनको टेबुलमा जनअपेक्षाको चाङ छ । उनी आफैँ भने स्रोत व्यवस्थापनको चर्को दबाबमा छन् । जति दबाबमा भए पनि उनले खोल्ने ब्रिफकेस यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रको लागि […]
१४ जेठ, काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै […]
१४ जेठ, काठमाडौं । फागुन २१ मा पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि डा. युवराज खतिवडाले भनेका थिए, ‘म विकास र सामाजिक न्यायको लडाकु हुँ । मुलुकको रोग, भोक, अन्याय, गरिबी र अभाव अन्त्य नभएसम्म लडिरहन्छु ।’ खतिवडाको कार्यकाल सकिएर रिक्त हुने पदमा वामदेव गौतमलाई नियुक्त गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सिफारिस गरेपछि खतिवडाको […]
from समाचार – Online Khabar https://ift.tt/2X9ijI0
via IFTTT