Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रोल्पाको बम विस्फोटको घटना अनुसन्धान गर्न कांग्रेसको माग

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । उक्त घटनाले मर्माहत भएको भन्दै कांग्रेसले सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु […]

५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

१९ वैशाख. काठमाडौं । कैलालीको उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा प्रहरी कर्मचारीसँग […]

आगामी बजेटको आयामबारे शनिबार ‘भर्चुअल’ सम्मेलन हुँदै

२८ वैशाख, काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट नेपाली अर्थतन्त्रसमेत प्रभावित हुने विषयलाई मध्यनगर गर्दै राजधानीमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका प्राथमिकताबारे ‘भर्चुअल’ सम्मेलन आयोजना गरिएको छ । दिवंगत भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर भोलि (शनिबार) ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तरक्रिया आयोजना गरेको हो । […]

भंगहामा मृत्यु हुनेको परिवारलाई नगरपालिकाले किरिया खर्च दिने

१९ वैशाख, जनकपुरधाम । अज्ञात रोगका कारण मृत्यु भएको भनिएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जनाको परिवारलाई नगरपालिकाले किरिया खर्च दिने भएको छ । नगरपालिका प्रमुख सञ्जीवकुमार साहले मृत्यु भएका सबैको परिवारलाई २१ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराइने जानकारी दिए । ‘नगरपालिकाका अधिकृत काठमाडौं जानुभएको छ, आउनेबित्तिकै यो रकम उनीहरुलाई उपलब्ध गराउँछु’ प्रमुख साहले […]

सगरमाथा क्षेत्रका स्थानीयलाई काठमाडौंबाट प्लेन चार्टर्ड गरी गाउँ फर्काइने

१९ वैशाख, काठमाडौं । काठमाडौं अड्किएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ । गाउँपालिकाले यसको जानकारी गराएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ र्फकन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ । यसरी र्फकंदा हवाई जहाजमा लाग्ने टिकटको मूल्य भने यात्रु आफैले तिर्नुपर्ने शर्त […]

जानकी नवमीमा जनकपुर सुनसान, घरमै कोरोना अन्त्यको कामना गर्न मुख्यमन्त्रीको आग्रह

१९ वैशाख, जनकपुरधाम। आज जानकी नवमी अर्थात् माता जानकीको जन्म दिन । तर माता जानकीको माइत जनकपुरधाम सुनसान छ । लकडाउनका कारण यहाँ कुनै किसिमको चहलपहल छैन् । गत वर्षहरुमा चार दिनअघि देखि नै जानकी नवमीको चहलपहल देखिने गरेकोमा यस पटक सुनसान छ । जानकी नवमीका दिन जानकी मन्दिरमा हुने जन्म आरतीमा हजारौंको सहभागिता हुने […]

बजेटमा रोजगारी सिर्जना र कृषिलाई प्राथमिकता दिनुपर्छ : परिसंघ

१९ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा रोजगारी सिर्जना र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिन माग गरेको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग परिसंघ पदाधिकारीले भेट गरेका थिए । भेटमा परिसंघको तर्फबाट आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, कृषिसहित लघु, घरेलु, साना तथा मझौता उद्योगको […]

ऊर्जामन्त्री पुनद्वारा रोल्पा घटनाप्रति दुःख व्यक्त

१९ वैशाख, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बिहीबार साँझ  रोल्पामा भएको बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले  शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग […]

धनगढीकी कोरोना संक्रमितको छैटौँ रिपोर्ट पनि पोजेटिभ, स्वास्थ्य सामान्य

१९ वैशाख कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । संक्रमित महिला २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनलाई २२ चैत्रमा कोरोना संक्रमणको पुष्टि भएको थियो […]

हिमपातमा बेपत्ता भएका मजदुरको १४ दिनपछि सकुशल उद्धार

१९ वैशाख काठमाडौं । हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो । उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । घरमा वैशाख २० गतेसम्म श्रीमतीलाई सुत्केरी हुने समय तोकेकोले उनी कम्पनीबाट बिदा नलिई […]

कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार, एक पक्राउ

१९ वैशाख, काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ । शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन  सकुशल छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिपशमशेर जबराले अनलाइनखबरलाई बताए अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका […]

१० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

१९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका १० लाखभन्दा धेरै मानिस निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १० लाख १४ हजार सात सय ६१ संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका […]

नागढुंगामा सुरु भयो ‘डिस्इन्फेक्सन टनेल'(फोटो फिचर)

१९ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ । उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ । यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना […]

भारतमा कोरोनाबाट एकैदिन ७३ को मृत्यु, संक्रमितको संख्या ३५ हजार नाघ्यो

१९ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो । कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला […]

श्रमिक केन्द्रित कार्यक्रम ल्याउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

१९ वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी  कठिन बनेकोले उचित ध्यानदिनु पर्ने बताएका हुन् । श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको […]

प्रधानमन्त्रीको धम्की : सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले

१९ वैशाख, काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका […]

अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको सहुलियत पर्याप्त छ ?

१९ वैशाख, काठमाडौं । उद्योग-व्यवसायहरु यतिबेला समस्यामा छन् । स्वास्थ्य क्षेत्र बाहेकका अधिकांश व्यवसायहरु पूर्णरुपमा बन्द भएका बेला नेपाल राष्ट्र बैंकले दोस्रो प्याकेज मंगलबार घोषणा गरेको छ । पहिलो प्याकेजमा चैतमा तिर्नु पर्ने कर्जा असारमा तिरे हर्जना नलाग्ने र चैतमै तिरे ब्याजको १० प्रतिशत छुट दिने घोषणा गरेको राष्ट्र बैंकले मंगलबार २ प्रतिशत ब्याज छुटको […]

ट्रम्पको दाबी- चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण छ

१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् । बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई […]

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण […]

अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली

 १९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् । फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले भनेका छन्, […]

लकडाउन अवधिको तलब दिलाइदिन टुकोनको आग्रह

१९ वैशाख, काठमाडौं । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले श्रमिकका समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरेको छ । श्रमिक दिवसको दिन शुक्रबार विज्ञप्ति जारी गर्दै टुकोनले कोरोनाको बहानामा धेरै उद्योग, प्रतिष्ठानहरु, होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रका श्रमिकहरुलाई रोजगारीबाट निकालिएको भन्दै टुकोनले लकडाउन अवधिको पारिश्रमिक दिलाइदिन आग्रह गरेको हो । यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार, व्यवसायी […]



from समाचार – Online Khabar https://ift.tt/35nCfck
via IFTTT
Powered by Blogger.