Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारलाई निर्देशन : लकडाउन खुकुलो बनाउनू, जनआस्था कायम गर्नू

१९ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विपदको समयमा जनआस्था आर्जन हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचारका विषयमा ३३ बुँदे निर्देशन दिँदै समितिले पारदर्शी ढंगले काम गरी जनआस्था आर्जन गर्न निर्देशन दिएको हो । ‘जनविश्वासलाई मध्यनजर गर्दै कुनै पनि काम पारदर्शी तबरले […]

नेपाल कोरोना भाइरसको उच्च जोखिममा छैन : स्वास्थ्यमन्त्री ढकाल

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा नरहेको बताएका छन् । उनले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको बताए । ‘लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिनुभएकोले हाम्रो मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक […]

५० हजार मेट्रिकटन चिनी आयात गर्ने तयारी

१९ वैशाख, काठमाडौं । सरकारले दोस्रो मुलुकबाट चिनी आयात प्रक्रिया अगाडि बढाएको छ । सरकारी भण्डारणमा रहेको मौज्दात सकिँदै गएपछि चिनी खरिद प्रक्रिया थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारको माग र मूल्य सन्तुलनका लागि तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने देखिएको हो । चिनी खरिद प्रक्रिया सहमतिका लागि अर्थ मन्त्रालयसँग […]

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु 

१९ वैशाख, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नम्बर २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो । आफ्नै पानीघट्टमा बुबालाई खाना पुर्‍याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत […]

७० प्रतिशत औद्योगिक मजदुरले पाएनन् चैतको तलब

१९ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवस, यसै दिनमा सार्वजनिक भएको एक सर्वेक्षणले उद्योगमा कार्यरतमध्ये ७०.८७ प्रतिशत श्रमिकले गत चैत महिनाको नियमित पारिश्रमिक नपाएको देखाएको छ । जिफन्टआवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल -हृवीनले गरेको प्रारम्भिक सर्वेक्षणले २९ प्रतिशत मजदुरले मात्रै चैत महिनाको तलब पाएको देखिएको हो । सरकारले औपचारिक क्षेत्रका उद्योग/कलकारखानामा काम गर्ने श्रमिकहरूलाई […]

अब तरकारी किन्दा पनि डिजिटल कारोबार हुनुपर्छ

१९ वैशाख, काठमाडौं । देशमा लकडाउन भएको एक महिना नाघिसकेको छ । लकडाउनका बेला पनि बैङ्कहरू सुचारु छन् । नागरिकहरूले बैङ्क पुगेर सेवा लिन भने पाएका छैनन् । यस्तो बेला डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गर्दै आएको छ । प्रविधिमा धेरै पछाडि रहेको नेपालका लागि कोभिड-१९ एउटा अवसरको रुपमा आएको नबिल बैङ्कका सीईओ अनिल […]

‘प्रधानमन्त्रीलाई छैन संसद विघटन र मध्यावधि घोषणाको अधिकार’

१९ वैशाख, काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् । संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा […]

नेपाल-भारत पर्यटन टास्कफोर्स बनाइने

१८, वैशाख, काठमाडौं । नेपाल-भारत बीचको पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने सम्बन्धमा पर्यटन टास्क फोर्स बनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित व्यवसायीहरूको छाता संगठनबीच भएको अनलाइन छलफलका क्रममा टास्कफोर्स बनाउने सहमति भएको हो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भारतका पर्यटन संघ-संस्थाका प्रमुखसँग नेपाल-भारत […]

प्रधानमन्त्रीको प्रस्तावपछि बामदेवले थाले संवैधानिक परामर्श

१९ वैशाख, काठमाडौं । पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीबाट अचानक प्रधानमन्त्रीको प्रस्ताव आएपछि उत्साहित भएका नेकपा उपाध्यक्ष बामदेव गौतमले आफू संसदमा जाने प्रक्रियाबारे कानुनी तथा राजनीतिक परामर्श थालेका छन् । बुधबारको सचिवालय बैठकमा ओलीले आफूले राजीनामा गर्नुपर्ने हो भने पुरानालाई होइन नयाँलाई मौका दिने भन्दै बामदेवको नाम अघि सारेका थिए । त्यसपछि गौतमले सार्वजनिक […]

सप्तरीमा हात्तीका कारण घरभित्रै बस्न पनि त्रास

१९ वैशाख, सप्तरी । हात्तीको त्रासका कारण सप्तरीको पूर्वी भेगका बासिन्दा घरभित्र बस्न पनि डराएका छन् । नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा निस्किने हात्तीले सर्वसाधारणको बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्दै आएको छ । जिल्लाका कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णासावरण तथा रुपनी गाउँपालिकाका वासिन्दा हात्तीका कारण हैरान छन् । […]

२४ वैशाखमा नेपाल एयरलाइन्स सिड्नी जाने, जेठ २ मा पनि उडानको तयारी

१९ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्स २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने निश्चित भएको छ । अष्टे्रलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ । दूतावासका अनुसार यस उडानबाट नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको हो । यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान […]

विद्युतीय कारोबारको दफा ४७ : आलोचना दबाउने सरकारी हतियार

१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फेसबुकमा जथाभावी टिप्पणी गरेको अभियोगमा बिहीबार पत्रकार दीपक पाठक पक्राउ परे । रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । साइबर ब्युरोका एसएसपी नविन्द अर्याल पाठकविरुद्ध […]

मुख्यमन्त्री गुरुङ भन्छन् – प्रधानमन्त्रीलाई पेल्न खोजिए पार्टी फुट्न सक्छ

१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अहिलेको अवस्थामा सरकार ढाल्ने खेल उचित नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दह्रो समर्थनमा उभिएका छन् । उनले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट जबरजस्ती हटाउन खोजे पार्टी फुट्ने चेतावनीसमेत दिएका छन् । मुख्यमन्त्री गुरुङले हिमालय टेलिभिजनसँग […]

रोजगारी सिर्जनामा सबैभन्दा बढी सम्भाव्य क्षेत्र कृषि

१९ वैशाख, काठमाडौं । कोभिड-१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै श्रम तथा रोजगार क्षेत्र पनि प्रभावित भएको छ । महामारीले स्वास्थ्य संकट सिर्जना गर्नुका साथै विश्व श्रम बजारलाई पनि गहिरो प्रभाव पारेको छ । कोभिड-१९ का कारण हजारौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् । लाखौँ श्रमिक कामबाट बञ्जित छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन […]

हरेक परिवारको कम्तीमा एक जनामा कोरोना जाँच गर्न निर्देशन

१९ वैशाख, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो । ‘कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण […]

कोरोना प्रभावित उद्योगलाई कर, विद्युत र ब्याजदरमा छुटको प्रस्ताव

१८ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोरोना प्रभावित उद्योगलाई राहत दिने विषय समेटिने बताएको छ । बैङ्क ब्याजदर र विद्युत महसुलमा सहुलियत र आयकर छुटसम्मको योजना नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । अन्तिम छलफल भइरहेको मन्त्रालयको नीति तथा कार्यक्रममा […]

महाकालीपारि अलपत्र २६ सय नेपालीको उद्धार

१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको छ । बिहीबार रातिसम्म बैतडी र दार्चुलाको सीमापारि अलपत्रपरेका २५ सय ९५ जनाको उद्धार गरिएको हो । एकैदिन दार्चुलापारि धार्चुलाबाट १ हजार २९६ जनाको र बैतडीपारि पिथौरागडबाट १ हजार २९९ नेपालीहरुको उद्धार गरिएको हो । दार्चुलाका दुई नाकाबाट उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी […]

चिनियाँ राजदूत यान्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट

१९ वैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् । यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । […]

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]

रोल्पाको बम विस्फोटको घटना अनुसन्धान गर्न कांग्रेसको माग

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । उक्त घटनाले मर्माहत भएको भन्दै कांग्रेसले सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु […]

‘उदयपुरमा जमातीले होइन, जमातीलाई कोरोना सारिएको रहेछ’

१९ वैशाख, काठमाडौं । वैशाखको पहिलो साता उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक थिए भने अर्का जमाती विराटनगरका थिए । उनीहरूको सम्पर्कमा आएका ६८ जनाको थ्रोट स्वाब संकलन गरेर जाँच गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि पनि संक्रमित थपिए […]



from समाचार – Online Khabar https://ift.tt/3d2WL4P
via IFTTT
Powered by Blogger.