Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पोखरा महानगरले राहत वितरण बन्द गर्ने, मजदुरलाई काम दिने

१९ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले मजदुर र विपन्नलाई राहत वितरण बन्द गरेर काम दिने बताएको छ । मजदुरलाई राहत नभई काम गरेर खाने वातावरण बनाउने मेयर मानबहादुर जीसीले बताए । ‘जति राहत दिए पनि मजदुरको जीवन सहज हुने देखिएन । अब उहाँहरुलाई काममै फर्काउने योजना बनाउँदैछौं । कमाएरै खाने स्थिति बनाइदिँदै छौं’ उनले भने […]

प्रदेश २ मा कोरोना आशंकित १६ जना आइसोलेसनमा

१९ वैशाख, जनकपुरधाम। प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि […]

वाइवाइ चाउचाउको उत्पादन रोकियो

१९ वैशाख, काठमाडौं । उत्पादन सुरुवातको ३६ वर्षमा पहिलोपटक वाइवाइ चाउचाउको उत्पादन रोकिएको छ । चैत्र ११ गतेदेखि बन्द भएको उत्पादनका कारण बजारमा अहिले वाइवाइ चाउचाउ पाइन छाडेको छ । कतिपय पसलहरुमा वाइवाइ चाउचाउ अभाव भएको मौका छोपेर महंगोमा विक्री हुन थालेको छ ।  २० रुपैयाँमा किनिरहेको चाउचाउ २५ रुपैयाँभन्दा बढी तिरेर किन्नुपरेको गुनासो उपभोक्ताहरुले […]

प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले सुरु गर्‍यो कोरोना परीक्षण

१९ वैशाख, विराटनगर । कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना परीक्षणको काम सुरु गरेको छ । विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याब स्थापना गरी शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद व्यक्तिको स्वाब परीक्षण सुरु गरिएको हो । योसँगै अब प्रदेशमा दैनिक ३ सय जनाको स्वाब परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको […]

गण्डकीमा खुकुलो भयो लकडाउन, निर्माण र उद्योग क्षेत्र सञ्चालन

१८ वैशाख, पोखरा । संघीय सरकारलाई १३ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्ताव गरे, ‘आवागमनलाई ठप्प पारौं । नाकाहरुमा कडाईं गरौं तर आन्तरिक लडडाउन खुकुलो बनाऔं । उत्पादन र निर्माण आयोजनाको काम थालौं ।’ तर संघीय सरकारले २५ वैशाखसम्म लकडाउन गर्ने निर्णय गर्‍यो । संघीय सरकारले खुकुलो नपारे पनि मुख्यमन्त्री गुरुङले प्रदेशले मापदण्ड तयार पारेर लकडाउन […]

कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा

१९ वैशाख, कैलाली । कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई उच्च ज्वरो र खोकी लागेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । उनी चैत्र ६ गते भारतको मुम्बईबाट कैलाली आएका हुन् । […]

चीनको गान्सु प्रान्तले वागमती र प्रदेश-५ लाई दियो स्वास्थ्य सामग्री

१९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले पर्यटनमन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारबाबु अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेको हो । […]

गोल्यान एग्रोले दुबई निर्यात गर्‍यो खरबुजा र मेवा

१९ वैशाख, काठमाडौं । नेपालबाट गोल्यान एग्रोले दुबईमा खरबुजा र मेवा निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा गोल्यान एग्रोले बुधबार नेपालबाट फलफूल आयात गरेको हो । नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपालमा […]

असारपछि उपभोक्तादेखि उद्योगीसम्मका लागि आर्थिक प्याकेज ल्याउँछौं

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउनको घोषणासँगै अर्थतन्त्रमा ठूलो समस्या सुरु भएको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ । बैङ्किङ क्षेत्र पनि लकडाउनबाट प्रभावित छ । समग्र व्यवसायिक क्षेत्र उकास्न बैङ्क तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा नियामक निकाय नेपाल राष्ट्र […]

मजदुर दिवसको शुभकामना (फोटो फिचर)

१९ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक अधिकारका विषयमा आवाज उठाउँदै यो दिवस मनाइन्छ । अमेरिकामा सन् १८८६ मा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणा ल्याए । त्यसको तीन वर्ष पछि सन् १८८९ मा फ्रान्समा विश्वका मजदुर नेताहरू र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तराष्ट्रिय […]

सूर्यराज आचार्यलाई प्रश्न – तपाईं नागरिक अगुवा कि नेता ?

१९ वैशाख, काठमाडौं । तीन दिनअघि देशका १० जना नागरिक अगुवाले जारी गरेको अपिललाई लिएर सामाजिक सञ्जालमा निकै बहस भयो । संकटको समयमा सरकार परिवर्तनको खेल खेलिनु खेदजनक रहेको अपिलमा उल्लेख गरिएको थियो । उक्त अपिललाई लिएर सामाजिक सञ्जालमा विविध प्रतिक्रिया आइरहेकै छन् । कतिपयले चाहिँ हस्ताक्षरकर्ताहरुको पृष्ठभूमि र राजनीतिक आवद्धता पनि खोतलेका छन् । […]

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ । बुधबार साँझ बसेको सचिवालय […]

एक महिनाअघि भारतबाट आएका थिए नेपालगञ्जका कोरोना संक्रमित

१९ वैशाख, बुटवल । बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ । उनी मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति हुन् । उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णाली अञ्चलका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसंगै क्वारेन्टाइनबाट बसेका थिए । क्वारेन्टाइनमै रहेका बेला भागाभाग […]

दाङमा स्थानीयस्तरमै सेनिटाइजर उत्पादन   

१९ वैशाख,  लमही । बजारमा अभाव भएका समयमा यहाँका युवाले स्यानिटाइजर उत्पादन सुरु गरेका छन् । तुलसीपुरका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादन थालेका हुन् । कोभिड–१९ को संक्रमणबाट बच्न साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या बढेपछि बजारमा सेनिटाइजर अभाव भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा युएसएआइडीको आर्थिक सहयोगमा […]

कोरोना भाइरसको जोखिमका बेला दादुराको प्रकोप

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग फैलिएको छ । गत माघ महिनायता तीनवटा प्रदेशको सात जिल्लामा दादुरा रोगको प्रकोप देखिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जनामा दादुरा संक्रमण देखिएको छ । झापाको […]

विराटनगरमा अस्पतालबाट गर्भवती निकालिएको घटनाको छानबिन हुने

१९ वैशाख, काठमाडौं । उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ । मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताएका हुन् । शुक्रबार आयोजित नियमित […]

दुई साताअघि भारतबाट आएका थिए रुपन्देहीका कोरोना संक्रमित युवक

१९ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय ती युवक ५ वैशाखमा भारतबाट घर आएका थिए । सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए । क्वारेन्टाइनमा बसेका […]

सरकारलाई निर्देशन : लकडाउन खुकुलो बनाउनू, जनआस्था कायम गर्नू

१९ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विपदको समयमा जनआस्था आर्जन हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचारका विषयमा ३३ बुँदे निर्देशन दिँदै समितिले पारदर्शी ढंगले काम गरी जनआस्था आर्जन गर्न निर्देशन दिएको हो । ‘जनविश्वासलाई मध्यनजर गर्दै कुनै पनि काम पारदर्शी तबरले […]

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]

नेपाल कोरोना भाइरसको उच्च जोखिममा छैन : स्वास्थ्यमन्त्री ढकाल

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा नरहेको बताएका छन् । उनले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको बताए । ‘लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिनुभएकोले हाम्रो मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक […]

५० हजार मेट्रिकटन चिनी आयात गर्ने तयारी

१९ वैशाख, काठमाडौं । सरकारले दोस्रो मुलुकबाट चिनी आयात प्रक्रिया अगाडि बढाएको छ । सरकारी भण्डारणमा रहेको मौज्दात सकिँदै गएपछि चिनी खरिद प्रक्रिया थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारको माग र मूल्य सन्तुलनका लागि तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने देखिएको हो । चिनी खरिद प्रक्रिया सहमतिका लागि अर्थ मन्त्रालयसँग […]



from समाचार – Online Khabar https://ift.tt/3cZGu0q
via IFTTT
Powered by Blogger.