समाचार
१० असार, पोखरा । गण्डकीमा बुधबार बिहान ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षेत्रीय क्षयरोग केन्द्र र भरतपुर अस्पतालमा गरिएको परीक्षण अनुसार गण्डकीमा नयाँ संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार पुष्टि भएका संक्रमितमध्ये ५ जना कास्कीका छन् । तीमध्ये पोखरा महानगरका ३ जना छन् । पोखरा महानगरका कोरोना […]
१० असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । थपिएका संक्रमितहरुमा मदाने गाउँपालिकामा २२ वर्षका, २२ वर्षका, २६ वर्षका २६ वर्षका पुरुष रहेका […]
१० असार, काठमाडौं । मनघरी फाउन्डेसनले हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाकार अमर बहादुर शाही र गायीका आनी छोइङ्ग डोल्माले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । हुम्लाका सबै गाउँपालिकाका लागि दिइएको सामग्रीमा पीपीई सेट ३० थान, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसल सिट, […]
१० असार, विराटनगर । प्रदेश सरकार गठन भएको साढे दुई वर्षपछि १ नम्बर प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान (गठन सञ्चालन तथा व्यवस्थापन) नियमावली २०७७ ल्याएको छ । प्रदेश सरकारले ल्याएको नियमावलीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने गरी प्रतिष्ठान गठन गर्ने व्यवस्था छ । स्वायत्त संस्था गठन सम्बन्धी ऐन अनुसार गठन हुने प्रतिष्ठानको […]
१० असार, काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा […]
१० असार, वालिङ । स्याङ्जाको वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरुले १५ लाख ३४ हजार ९८३ रुपैयाँको चेक मङ्गलबार वालिङ नगरप्रमुख […]
१० असार, धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम चौधरीले बताए। “जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका […]
१० असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् । धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला […]
१० असार, काठमाडौं । सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् । लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो । विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा […]
१० असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई घुससहित जिल्ला […]
९ असार, जनकपुरधाम । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार पनि प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, […]
९ असार, काठमाडौं । विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने/नगर्ने बारे सत्तारुढ नेकपा गहिरो विवादमा फसेको छ । बुधबार बिहान बस्ने स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ? सिंगै देशको ध्यान यसैमा केन्द्रित छ । नेकपा स्थायी […]
९ असार, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयकको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तीन धार देखिएको छ । संसदमा बहुमत भएको पार्टीकै सांसदहरूमा अलमल देखेपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नागरिकता विधेयकमा जस्तै पार्टी नेतृत्व गुहार्न सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन […]
९ असार, काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का भएको हो । एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) […]
९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई तेस्रोपटक संशोधन गर्न बनेको विधेयक विधायन समितिले पारित गरेर सोमबार राष्ट्रिय सभामा पठाएको छ । यो विधेयकमार्फत अख्तियारी प्राप्त नगरेका व्यक्ति र सरकारी ढुकुटीबाट एक पैसा नपरेको क्षेत्रमा पनि अख्तियारले हात हाल्न पाउने व्यवस्था गर्न लागिएको छ। ऐनको दफा २ मा ‘सार्वजनिक सेवा प्रवाह […]
९ असार, गोरखा । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकी एक महिलाबाट स्थानीय संक्रमण भएको भेटिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङकी २८ वर्षकी महिला भाउजुको उपचार गराएर चितवनबाट जेठ ८ गते फर्किएकी थिइन् । उनी र भाउजु दुबैलाई स्थानीय जनप्रतिनिधिले जनशक्ति निमाविको क्वारेन्टिनमा राख्यो । त्यो क्वारेन्टिनमा भारतबाट फर्किएकाहरुलाई […]
पछिला दिनहरूमा किस्ताकिस्तामा लकडाउन खुकुलो बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानमा नेपाली दिदीबहिनी दाजुभाइहरू रोजगारीका लागि गएका छन् । उनीहरूमध्ये केही स्वदेश फिर्ता आएसँगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । क्वारेन्टिन अव्यवस्थित छ। पीसीआर परीक्षणमा चाप अत्यधिक छ। पछिल्ला दिनमा दुवैतिरका सुरक्षा निकायको आँखा छलेर नेपाली र भारतीय नागरिक छिर्न सुरु गरेको सुनेको छु […]
९ असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका अर्का युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका उनी क्वारेन्टिनमा बसेर २८ जेठमा घर गएका थिए । घर पुगेको भण्डै २ सातापछि […]
९ असार, काठमाडौं । अन्तरजातीय प्रेमको वियोगान्त परिणामबारे रिपोर्टिङका लागि हामी जाजरकोट-रुकुम (पश्चिम) पुगेका थियौं । जाजरकोटका नवराज बिक र रुकुम (पश्चिम) की मल्ल थरकी किशोरीबीचको प्रेमले त्यहाँ नरसंहारको रुप लिएको थियो। वियोगान्त प्रेमको रिपोर्टिङ गर्न गएका बेला हामीले रुकुममा एउटा संयोगान्त अन्तरजातीय प्रेमकथा पनि फेला पार्यौं, जुन कथाकी एक पात्र हुन्– प्रेमकुमारी सुनार । […]
९ असार, काठमाडौं । पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ । अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्याली भएको हो । संयुक्त […]
९ असार, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि उत्पादन बढाउने र खाना नफालौं अभियान चलाएर आत्मनिर्भर हुने नीति ल्याएको छ । ५ रोपनीभन्दा धेरै जग्गामा खेती गर्ने व्यवसायिक किसान पहिचान गरी उत्पादन र बजार प्रवद्र्धन गर्ने नीति गाउँपालिकाले लिएको छ । भूमि बैंक स्थापना गरी बाँझो जमिनलाई कम्तीमा २० वर्षका लागि लिजमा दिई व्यवासयिक खेती […]
from समाचार – Online Khabar https://ift.tt/3fRlwlN
via IFTTT





















