Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इरानको क्लिनिकमा विष्फोट, १३ जनाको मृत्यु

१७ असार, काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् । विष्फोटपछि क्लिनिकमा […]

निधिसामू गले देउवा, अंगीकृत नागरिकतामा पुरानै अडान अनुमोदन

१६ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने नागरिकता विधेयक फिर्ता लिन माग गरेको छ । नभए राज्य व्यवस्था समितिमा राखेको फरक मतअनुसार नै संसदीय दललाई निर्देशन दिएको छ । कांग्रेसले राज्य व्यवस्थामा प्रचलित व्यवस्था अनुसार विवाह गरेर आएपछि अंगीकृत नागरिकता पाउनुपर्ने […]

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

१६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय […]

निर्वाचन आयोगमा एमाले दर्ताको निवेदनले बालुवाटारमा खैलाबैला

१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भयो । बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए […]

अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

१६ असार कैलाली । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो । वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो […]

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७ जिल्लामा संक्रमितको संख्या ५०० नाघ्यो

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार […]

नासुको आन्दोलनमा मन्त्रीको पनि समर्थन !

१६ असार, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती सेवाको गठन सम्बन्धी विधेयकमा विधेयक प्रस्तुतकर्ता मन्त्रालयले नै ३० बुँदे फरक मत तयार पारेको छ । आफ्नो असहमतिका बाबजुद समितिले पास गरेपछि मन्त्रालयले विधेयकको प्रतिवेदनको बुँदा बुँदामा केन्द्रित भएर फरक मत तयार पारेको हो । जसमा प्रस्तावनादेखि परिभाषा हुँदै संघबाट समायोजन […]

बागमती बजेटमा नेकपाकै सांसदको विरोध

१६ असार, हेटौंडा । वागमती प्रदेशकोे बजेटमाथि मंगलबार प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुल नै बजेटको विरोध गरेका छन् । नेकपाका सांसद हिरानाथ खतिवडाले सरकारले बजेट ल्याउँदा कार्यान्वयन हुने विश्लेषण नगरी ल्याएको भन्दै नसच्याउने भए छलफलको अर्थ नरहने बताए । सरकार नसुध्रे समर्थन गर्न नसक्ने समेत उनले […]

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : ‘सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूत’लाई किन देश निकाला गर्नुहुन्न ?

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने यदि त्यस्तो षड्यन्त्र गरेको भए किन […]

‘बैङ्कले ट्याक्सी लिलाम गर्ने भो, हामीलाई बाँच्न देऊ सरकार !’

१६ असार, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् । कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक […]

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर

१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय […]

नागरिकता विधेयकविरुद्ध जसपाका नेताहरु सडकमा

१६ असार, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी […]

संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ

१६ असार, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । ‘उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने’ मंगलबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेकाले […]

प्रदेश १ मा ११ हजार प्रहरी समायोजन भई आउँछन् : मन्त्री कार्की

१६ असार, विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरी समायोजन हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संघीय सरकारसँग ११ हजार प्रहरी समायोजन भएर आउने सैद्धान्तिक सहमति भएको बताएका हुन् । संघीय सरकारसँग सैद्धान्तिक सहमतिपछि प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक बनाउने गृहकार्य सुरु भएको […]

नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु

१६ असार, जनकपुरधाम । सिराहामा नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । मंगलबार सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका-३ बस्ने २३ वर्षीय मनोहर कुमार यादव छन् । सिराहास्थित सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत उनी कसरी नहरमा पुगे भन्ने […]

उपचारको क्रममा मृत्यु भएका बर्दघाटका ४५ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ

१६ असार, काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट […]

नेकपा शीर्ष नेताहरूले ओलीलाई भने : प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुस्

१६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न आग्रह गरेका छन् । ओलीले आइतबार भारत र नेपालकै नेताहरूले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ […]

काठमाडौं आइपुग्यो सलह, बने कागको आहारा

१६ असार, काठमाडौं । काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ । देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण […]

गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज  

१६ असार, गुल्मी । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु म‌ंगलबार डिस्चार्ज भएका हुन् । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला छन् । पछिल्लो तथ्यांक अनुसार […]

यूएनएफपीएले भन्यो–छोरीभन्दा छोराको चाहना बढी राख्दा लै‌ङ्गिक असन्तुलन बढ्यो

१६ असार, काठमाडौं । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले बालविवाह र छोरीभन्दा छोराको चाहना बढी गर्ने संस्कार तत्काल रोक्नुपर्ने बताएको छ । यूएनएफपीएले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने संस्कारले लैङ्गिक भेदभावलाई बढावा दिएको र छोराको छनौट बढी भई नवजात शिशु जन्ममा लैङ्गिकअनुपात असन्तुलन बढेको जनाएको छ । नेपालमा सन् २००५ मा १०० नवजात […]

प्रदेशका मन्त्री पनि नागरिकता विधेयकविरुद्धको आन्दोलनमा

१६ असार, जनकपुरधाम । नागरिकता विधेयकको विरोधमा जनता  समाजवादी पार्टीले गरेको प्रदर्शनमा प्रदेश २ सरकारका मन्त्री पनि सहभागी भएका छन् । जनकपुरधाममा भएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमि, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह सहभागी भएका हुन् । स्थानीय जनक चोकबाट निकालिएको […]



from समाचार – Online Khabar https://ift.tt/2YLi4n6
via IFTTT
Powered by Blogger.