समाचार
२९ साउन, काठमाडौं । कालापानी–लिम्पियाधुरा सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध संवादहीनताको अवस्थामा छ । नेपालले वार्ताको प्रस्ताव राख्दा भारत सरकारले समय दिइरहेको छैन । यो अवस्थामा नेपाल सरकारले बेग्लै विषयमा छलफलको प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार, भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको प्रगति समीक्षा र अनुगमनसम्बन्धी वार्ताको प्रस्ताव गरिएको छ । […]
२९ साउन, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । एकडारा गाउँपालिका-१ निवासी बीरेन्द्र मण्डलका १२ वर्षीय छोरा विवेकको घर नजिकैको पोखरीमा मूर्ति सेलाउन जाने क्रममा डुबेर मृत्यु भएको हो । बिहीबार कृष्णाजन्मष्टमीको मूर्ति सेलाउन गएका उनको पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए । यस्तै, […]
२९ साउन, विराटनगर । विराटनगरमा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको मृत्यु भएको छ । विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पंकज गुप्ताको बिहीबार कोशी अस्पतालमा मृत्यु भएको हो । उनलाई बिहान साढे १० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । केही […]
२९ साउन, जनकपुधराम । धनुषा र सिराहा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । सिराहा जिल्ला प्रशासन कार्यालयका एकजना कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, ठाडो उजुरीबाहेक दैनिक रुपमा हुँदै आएको अन्य सबै काम […]
२९ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारका मन्त्रीसँग बिहीबार कार्यसम्पादन सम्झौता गरेका छन् । उनले सुरुमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँग र त्यसपछि क्रमश अन्य मन्त्रीहरुसँग सम्झौता गरे । सम्झौतामा कार्यक्रम तथा आयोजनाहरूको निर्धारित लागत, समय, परिणाम र गुणस्तरबारे उल्लेख गरिएको छ । मन्त्रीहरुलाई स्वअनुशासनमा राख्न, जिम्मेवार र […]
२९ साउन, विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकाले लकडाउनको समय थप गरेको छ । १६ साउनमा महानगरपालिकाले आह्वान गरेको लकडाउन शुक्रबार सकिँदैछ । शुक्रबारबाट लागु हुनेगरी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए । लकडाउन यता थप ३०६ […]
२९ साउन, काठमाडौं । १५ दिन अघिसम्म आकाशिएको तरकारीको मूल्य केही दिनयता ओरालो लागेको छ छ । दुई साताको अन्तरालमा ८२ प्रतिशतसम्म मूल्य घटेको व्यवसायी तथा उपभोक्ताले बताएका छन् । बाढी र पहिरोका कारण काठमाडौं आउने बाटो अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको थियो । बाटो सहज भएसँगै मूल्य पनि सस्तो भएको व्यवसायीको भनाइ छ । […]
२९ साउन, काठमाडौं । आयातका प्रभावित भएपछि बजारमा पठनीय पुस्तकहरुको अभाव भएको छ । साहित्य, इतिहास, राजनीति देखि पाठ्यक्रममा आधारित नयाँ नयाँ पुस्तकहरु बजारमा नपाइने अवस्था बनेको नेपाल राष्ट्रिय पुस्तक बिक्रेता संघले जनाएको छ । आर्थिक वर्ष ७६/७७ देखिको पुस्तकमा सरकारी कर नीति यस वर्ष पनि निरन्तर भएको र यसको मारमा पाठक परेको संघका अध्यक्ष […]
२९ साउन, टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै रहेकी […]
२९ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च […]
२९ साउन, काठमाडौं । कोरोना महामारीकै वीचमा डोटीका सांसद प्रेम आले विहीबार दिनभर विभिन्न अस्पतालको दौडाहामा निस्किए । विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले गृहजिल्ला डोटीको केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ का ८ वर्षीय बालक प्रविन जोशीलाई भेटेर स्वास्थ्य स्थितिको जानकारी लिए । मतिष्क रोगबाट पीडित जोशीको उपचारका लागि उनले पिता भीमराज जोशीको हातमा […]
२९ साउन, रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका […]
२९ साउन, वीरगञ्ज । कोरोना भाइरस संक्रमण पुष्टि भएका बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ६ जना सम्पर्कविहीन भएका छन् । साउन २५ गते उद्योगमा कार्यरत ११ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएकोमा ६ जना संक्रमित सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण […]
२९ साउन, काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार करिब चारघण्टाको छलफल सकारात्मक निष्कर्ष नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । दुई अध्यक्षबीच एक्ला एक्लै छलफलमा के कुरा भयो भन्ने जानकारी भने नदिइएको महासचिव विष्णु पौडेलले बताए । प्रधानमन्त्रीनिवास बालुवाटारमा ९ दिनपछि दुई अध्यक्षबीच सम्वाद भएको हो । दुई […]
२९ साउन, पोखरा । २ दिनअघि सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो । त्यो शाखा आइतबारसम्मका लागि सिल गरिएको छ । ती कर्मचारीको परिवारकै एक सदस्यमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भयो । परिवारका सदस्य पनि तालचोकको राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन् । सरकारी निर्देशिकाअनुसार पोजेटिज देखिएको ५ दिनपछिमात्र कर्मचारीको […]
२९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउन गर्न सेरोलजिकल टेष्ट गरिने भएको छ । यसका लागि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइसकेको छ । पछिल्लो समय वीरगञ्ज र विराटनगरमा समुदायमा संक्रमण फैलिएको स्थानीय चिकित्सकहरुले बताएका छन् । तर […]
२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले […]
२९ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि कावासोती नगरपालिकाले ६ भदौसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले स्वास्थ्य सेवा बाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको प्रवक्ता खेमप्रसाद काफ्लेले जानकारी दिए । यस्तै, पालिका क्षेत्रभित्र […]
२९ साउन,बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभाको गाडी मर्मत र कृषि अनुदानमा गरेको खर्चको छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ । गाडी मर्मतबारे छानबिन गर्न वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा र कृषि अनुदानको खर्च छानबिन गर्न बसिउद्धिन खाँको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रदेशसभाका ३२ वटा सवारी साधन मर्मतमा २३ महिनामा […]
२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा फलफूल तथा तरकारी पसल चार घण्टा मात्र खोल्न पाइने भएको छ । वडाभित्र ३९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेकाले यसको रोकथाम तथा नियन्त्रण गर्न वडाभित्र सञ्चालित फलफूल तथा तरकारी पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने वडाध्यक्ष शोभा सापकोटले जानकारी दिइन् […]
२९ साउन, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3kJ031V
via IFTTT