समाचार
२९ साउन, काठमाडौं । कोरोना महामारीकै वीचमा डोटीका सांसद प्रेम आले विहीबार दिनभर विभिन्न अस्पतालको दौडाहामा निस्किए । विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले गृहजिल्ला डोटीको केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ का ८ वर्षीय बालक प्रविन जोशीलाई भेटेर स्वास्थ्य स्थितिको जानकारी लिए । मतिष्क रोगबाट पीडित जोशीको उपचारका लागि उनले पिता भीमराज जोशीको हातमा […]
२९ साउन, रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका […]
२९ साउन, वीरगञ्ज । कोरोना भाइरस संक्रमण पुष्टि भएका बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ६ जना सम्पर्कविहीन भएका छन् । साउन २५ गते उद्योगमा कार्यरत ११ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएकोमा ६ जना संक्रमित सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण […]
२९ साउन, काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार करिब चारघण्टाको छलफल सकारात्मक निष्कर्ष नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । दुई अध्यक्षबीच एक्ला एक्लै छलफलमा के कुरा भयो भन्ने जानकारी भने नदिइएको महासचिव विष्णु पौडेलले बताए । प्रधानमन्त्रीनिवास बालुवाटारमा ९ दिनपछि दुई अध्यक्षबीच सम्वाद भएको हो । दुई […]
२९ साउन, पोखरा । २ दिनअघि सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो । त्यो शाखा आइतबारसम्मका लागि सिल गरिएको छ । ती कर्मचारीको परिवारकै एक सदस्यमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भयो । परिवारका सदस्य पनि तालचोकको राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन् । सरकारी निर्देशिकाअनुसार पोजेटिज देखिएको ५ दिनपछिमात्र कर्मचारीको […]
२९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउन गर्न सेरोलजिकल टेष्ट गरिने भएको छ । यसका लागि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइसकेको छ । पछिल्लो समय वीरगञ्ज र विराटनगरमा समुदायमा संक्रमण फैलिएको स्थानीय चिकित्सकहरुले बताएका छन् । तर […]
२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले […]
२९ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि कावासोती नगरपालिकाले ६ भदौसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले स्वास्थ्य सेवा बाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको प्रवक्ता खेमप्रसाद काफ्लेले जानकारी दिए । यस्तै, पालिका क्षेत्रभित्र […]
२९ साउन,बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभाको गाडी मर्मत र कृषि अनुदानमा गरेको खर्चको छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ । गाडी मर्मतबारे छानबिन गर्न वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा र कृषि अनुदानको खर्च छानबिन गर्न बसिउद्धिन खाँको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रदेशसभाका ३२ वटा सवारी साधन मर्मतमा २३ महिनामा […]
२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा फलफूल तथा तरकारी पसल चार घण्टा मात्र खोल्न पाइने भएको छ । वडाभित्र ३९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेकाले यसको रोकथाम तथा नियन्त्रण गर्न वडाभित्र सञ्चालित फलफूल तथा तरकारी पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने वडाध्यक्ष शोभा सापकोटले जानकारी दिइन् […]
२९ साउन, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । […]
२९ साउन, राजापुर (बर्दिया) । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप भएको छ । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स […]
२९ साउन, काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् । थप दुई जनाको मृत्यु धनुषाको मिथिला नगरपालिका–७ […]
२९ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर […]
२९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको परिवारलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेको छ । बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो । परिवारले बाह्रबिसे लगेर अन्त्यष्टि गरे । तर पाँच दिनपछि मृतकमा कोरोना संक्रमण पुष्टि भयो । बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयको […]
२९ साउन, विराटनगर । प्रदेश १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ । बिहीबार […]
२९ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानूनी काम रोक्न कूटनीतिक पहल […]
२९ साउन, काठमाडौं । भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ), इन्टेलिजेन्स ब्युरो (आईबी) र पाकिस्तानी गुप्तचरी संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) दुबैसँग निकट रहेको दाबी गरिएका बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको मोस्ट वान्टेड एवं विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत निगरानीको सूचीमा […]
२९ साउन,पोखरा । पोखरा-६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री ? उहाँको रन्को छ । आफ्ना पालामा मेवाखोला र तालबाट डोकोमा बोकेर तामा, पित्तलको गाग्री र माटोको […]
२९ साउन, काठमाडौं । श्रीमती हत्यामा तीनै तहको अदालतबाट दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको सर्वस्वसहित जन्मकैदको सजायलाई साढे ८ वर्षमा झार्ने सर्वोच्च अदालतको फैसलाको व्यापक आलोचना भयो । चौतर्फी आलोचनापछि फैसलाको विरुद्धमा सरकारले न्यायिक पुनरावलोकनमा जाने निर्णय गर्यो । र, सर्वोच्चले यो मुद्दाको पुनरावलोकन गर्ने निर्णय पनि गरिसकेको छ । प्रधानन्यायाधीश […]
२९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए […]
from समाचार – Online Khabar https://ift.tt/342QJzI
via IFTTT