Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णालीका मुख्यमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

२७ साउन, सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् । भदौ १ गतेदेखि लागु हुनेगरी ६ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले करार सम्झौता गरेको बताए । अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा […]

बाँकेमा फेरि थपियो निषेधाज्ञा

२७ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय बाँकेले पुनः तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले आइतबारदेखि लागु हुने गरी मंगलबार (आज) राति १२ […]

अमृत बोहरा र शेरबहादुर तामाङ पनि क्वारेन्टिनमा बस्नुपर्ने

२७ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले साउन २२ गते बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषको मृत्युसंस्कारमा गएका तथा त्यसपछि परिवारको सम्पर्कमा पुगेका सबैलाई आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । २२ गते मृत्यु भएका ती व्यक्तिलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र पुष्टि गरेको छ । […]

आइतबार बंगलादेशसँग भर्चुअल वाणिज्य व्यापार वार्ता हुँदै

२७, साउन, काठमाडौं । नेपालले  पहिलो पटक आगामी आइतबार भर्चुअल वाणिज्य वार्ता गर्दैछ । नेपाल र बंगलबदेशबीच हुने जुम वाणिज्य वार्ताको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । दुई देशबीचको व्यापार सहजीकरणमा केन्द्रित हुने वार्ताका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्यालको नेतृत्वमा ११ सदस्यीय […]

काठमाडौं उपत्यकामा मालपोतको सेवा भदौ १५ सम्म स्थगित

२७ साउन,काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै मालपोत तथा भूसिुधार कार्यालयहरुको सेवा भदौ १५ सम्मलाई स्थगन […]

विराटगरमा एकैदिन थपिए ५० जना कोरोना संक्रमित

२७ साउन, विराटनगर । विराटनगरमा थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा म‌ंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि […]

चार शताब्दीको इतिहास बोकेको नेपालकै पृथक मन्दिर

२७ साउन, काठमाडौं । करिब ३८३ वर्षको इतिहाससँगै भिन्न पहिचान बोक्न सफल छ, काठमाडौं उपत्यकाको मध्यभागमा रहेको एउटा सम्पदा । एउटा आस्तिक राजाले सपनाको निर्देशनानुसार निर्माण गरेको मानिने यो मन्दिरमा कुँदिएको कला करिब पौने चार सय वर्षसम्म आइपुग्दा झनै महत्वपूर्ण बन्दै गएको छ । ढुंगैढुंगाबाट बनाइएको सो मन्दिरको कलाकृति र त्यहाँ राखिएको मूर्तिको हिसाबले समेत […]

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

२७ साउन, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा […]

बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार

२७ साउन, मार्तडी (बाजुरा) । जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका-३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए । उनले दिएको जानकारीअनुसार भण्डारीको […]

अब रेस्टुरेन्टमा बसेर खान नपाइने

२७ साउन, काठमाडौं । सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नदिने भएको छ । साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले […]

नक्कली बिहे गरेर बलात्कार, २ लाख लिएर फरार !

२७ साउन, काठमाडौं । उमेर नपुगेकी किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार र ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका –६ बस्दै आएका ३० वर्षीय राजन विश्वकर्मा भनिने राजन सेञ्चुरी छन् । महानगरीय प्रहरी वृत्त, थानकोटले उनलाई पक्राउ गरेको हो । थानकोटका […]

पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् !

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]

बाजुरामा सात महिने बालिकाको शव भेटियो, आमा बेपत्ता

२७ साउन, कैलाली । बाजुरामा खोलाले बगाएर ल्याएको अवस्थामा सात महिने बालिकाको शव फेला परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–४ मौरेमा ३० वर्षीय खड्क लुहारकी ७ महिने छोरी जितु लोहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खड्क लुहारकी २५ वर्षीया श्रीमती उजला लुहार भने मंगलबार बिहानदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ […]

भक्तपुरको केमिकल उद्योगमा आगलागी

२७ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो । भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि […]

अवैध सम्बन्धले निम्त्याएको फिल्मी शैलीको हत्या !

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो […]

दालमोठ, चिउरा र गुदपाकको गुणस्तर निर्धारण गरिने

२७ साउन, काठमाडौंं । सरकारले स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोक्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कृषि मन्त्रालयको प्रस्तावमा खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको प्रवक्ता खतिवडाले बताए । उक्त […]

ठेला तथा साइकलमा हुने व्यापारमा रोक

२७ साउन, काठमाडौं । सरकारले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारमा रोक लगाएको छ । मन्त्रिपपिरिषद्को सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाएको हो । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले […]

भारतबाट श्रम गर्न नेपाल आउन नपाइने

२७ साउन, काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए । भारतसँग सीमा जोडिएको […]

जन्माष्टमीमा राष्ट्रपति कृष्ण मन्दिर नजाने

२७ साउन, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक नहुने भएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण यो पटकको श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरको दर्शनमा राष्ट्रपति भण्डारी सरिक नहुने जानकारी गराएका हुन् । श्रीकृष्ण […]

चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने

२७ साउन, काठमाडौं । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए । […]

भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

२७ साउन, काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी […]



from समाचार – Online Khabar https://ift.tt/31FxjOT
via IFTTT
Powered by Blogger.