Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता

९ भदौ, सुर्खेत । दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । आठबिस नगरपालिका –४, भेल्तडीका दुई बालक मंगलबार दिउँसो कर्णाली नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी बेपत्ता भएका दैलेखका डीएसपी हरि वलीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन […]

‘नेपाल फर्किँदा हवाई टिकट र होटल खर्च नलेऊ’

९ भदौ, काठमाडौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अप्ठेरोमा परेर फर्किने नेपालीसँग हवाई टिकट र क्वारेन्टिन खर्च नलिन सरकारलाई निर्देशन दिएको छ । ‘विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने’ मंगलबार समितिले दिएको निर्देशनमा भनिएको छ, ‘खाडी राष्ट्रमा भिसा अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेहरुलाई सरकारले टिकटको व्यवस्था […]

१६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय

९ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो तालिका स्वीकृत गरी कार्यान्वयनका लागि मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो । मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा उडानका अनुमति दिइएको छ […]

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

९ भदौ, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । तर […]

काठमाडौंमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि

९ भदौ, काठमाडौं । सोमबार मृत्यु भएकी काठमाडौं चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चावहिलको दीर्घायु  गुरु अस्पतालमा भर्ना  भएकी उनको सोमबारै मृत्यु भएको थियो । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘उनको हिजो मृत्यु भएको थियो उनको रिपोर्ट भने […]

मल नपाएका किसान भन्छन् : कृषिमन्त्रीको भाषणमात्रै राम्रो

९ भदौ, विराटनगर । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनले मल बाँड्ने सुनेका कानेपोखरी गाउँपालिकाका चार सय भन्दा बढी कृषक भौसबारी चोकमा भेला भए । तर लाइनमा बसेका १५० जना जति किसानले मल नपाई रित्तै फर्किए । प्रतिव्यक्ति ११ किलोमात्र मल दिइएकाले पाउनेहरु पनि सन्तुष्ट हुन सकेनन् । ‘एक विघा खेतलाई एक बोरा युरिया चाहिन्छ’ स्थानीय कृषक […]

कुवेतबाट २३ अगष्टका लागि टिकट काटेका नेपाली २८ तारिखमा फर्कन पाउने

९ भदौ, काठमाडौं । कुवेतबाट पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल फर्कन टिकट काटेका नेपाली नागरिकले आगामी २८ तारिखमा नेपाल आउन पाउने भएका छन् । उडान तालिका प्रकाशन भई टिकट बिक्री भइसकेपछि सरकारले पाँचौ चरणको उद्धार उडान केही दिन रद्ध गरेको थियो । सोहीकारण २३ अगष्टमा कुवेत जानुपर्ने नेपाल एयरलाइन्सको जहाज जान पाएका थिएन, उक्त उडान अब २८ […]

कैलालीमा मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि

९ भदौ कैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर ल्याएका थिए । उनको […]

एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन

९ भदौं, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा […]

कोरोनाबाट मृत्यु हुनेको आफन्तलाई अन्तिम संस्कारबाट वञ्चित नगर्न आदेश

९ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्तले चाहेमा मृत्यु संस्कारमा सहभागी गराउन आदेश दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका सीताराम दाहालकी छोरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजसलाले मृत्यु संस्कारमा सहभागी हुन पाउनु आफन्तको अधिकार भएको बताएको […]

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई–बुकमा सार्वजनिक

९ भदौ, काठमाडौं । पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेका सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक भएको छ । पब्लिकेसन्स् नेपालयले पहिलो ‘ई-बुक’को रूपमा शाक्यको पुस्तकलाई प्रकाशन गरी सार्वजनिक गरेको छ । निबन्धहरूको सँगालोको रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको लेखक शाक्यले बताएका छन् । यस पुस्तकमार्फत शाक्यले नेपाली […]

चीनले भन्यो : एक महिनादेखि नै कोरोना खोपको प्रयोग भइरहेको छ

९ भदौ, काठमाडौं । चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सार्वजनिक प्रयोग भइरहेको बताएको छ । चीनले जुलाईको अन्तिमबाट अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको हो । चीनको दाबी अनुसार रुसले आधिकारिक रुपमा दाबी गर्नुभन्दा तीन साता पहिला नै चीनले कोरोना खोपको प्रयोग […]

सुर्खेतमा चिया पसल सञ्चालक र कालीगढमा कोरोना

९ भदौ, सुर्खेत । सुर्खेतमा चिया पसल सञ्चालक, सुरक्षाकर्मी र कालिगढमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका–८ इत्रामका चिया पसल सञ्चालकको परिवारका ४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार वीरेन्द्रनगर– ६ का एक सुनचाँदी पसलका कालिगढलाई पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय […]

विज्ञले ‘झापातर्फ रेलमार्ग बनाउनु औचित्यहीन’ भनेपछि मन्त्री नेम्वाङले मागे रसियासँग ऋण

९ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा-बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका छन् । नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग […]

सुनसरीमा २१ थुनुवालाई कोरोना संक्रमण

९ भदौ, विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आइतबार स्वाब संकलन गरिएका २१ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका […]

कोरोना संक्रमणबाट बाराका २ जनाको मृत्यु

९ भदौ, वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए […]

लौरो टेकेर बाढी प्रभावित क्षेत्र पुगे सुदूरपश्चिमका अर्थमन्त्री

९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा अहिले सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन् । लौरो टेक्दै बाढी प्रभावित बस्ती डुलेका तस्वीरहरु राखेर बोहरालाई धन्यवाद दिनेहरुको कमी छैन । भदौ २ गते रातिको अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारका २२ घर बगायो, १७ जना […]

मध्यपुरमा १० दिनमा थपिए ७१ संक्रमित

९ भदौ, काठमाडौं । मध्यपुर थिमि नगरपालिकामा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । गत ३१ साउनसम्म जम्मा ४३ जना संक्रमित रहेको नगरपालिकामा पछिल्लो दश दिनमा मात्र ७१ जना संक्रमित थपिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत भागिरथ अधिकारीले जानकारी दिए । संक्रमितमध्ये १३ जना निको भइसकेको नगरपालिकाकाले जनाएको छ । अधिकांश संक्रमितले आफ्नै पहलमा पीसीआर परीक्षण गरेका […]

कोरोना संक्रमितका लागि भक्तपुरमा १०० शय्याको अस्पताल

९ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या बढेपछि भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णय अनुसार भक्तपुर अस्पतालले कोभिडका बिरामीका लागि एक सय शय्याको अस्पताल बनाउने तयारी गरेको हो । अस्पतालले अहिले सम्भावित कोरोना संक्रमितलाई स्वाब दिएपछि बस्नको लागि १० शय्या र संक्रमण […]

हेटौंडाबाट ५ सय स्वाब धुलिखेल पठाइयो

९ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण परीक्षण गर्नुपर्ने स्वाब धेरै जम्मा भएपछि परीक्षणका लागि धुलिखेल पठाइएको छ । हेटौंडामा १ हजार स्वाब जम्मा भएपछि ५ सय स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । पछिल्लो समय अघिक मात्रामा स्वाब संकलन भएपछि […]

हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान खोल्ने तयारी

९ भदौ, काठमाडौं । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका […]



from समाचार – Online Khabar https://ift.tt/32mtZs5
via IFTTT
Powered by Blogger.