समाचार
९ भदौ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले पुष्टि गरे । संक्रमित हुनेमा एकजना हवल्दार र २ जना प्रहरी जवान छन् । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको […]
९ भदौ, काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् । उनले कोरोना संक्रमणको बढि जोखिम […]
९ भदौ, सुर्खेत । दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । आठबिस नगरपालिका –४, भेल्तडीका दुई बालक मंगलबार दिउँसो कर्णाली नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी बेपत्ता भएका दैलेखका डीएसपी हरि वलीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन […]
९ भदौ, काठमाडौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अप्ठेरोमा परेर फर्किने नेपालीसँग हवाई टिकट र क्वारेन्टिन खर्च नलिन सरकारलाई निर्देशन दिएको छ । ‘विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने’ मंगलबार समितिले दिएको निर्देशनमा भनिएको छ, ‘खाडी राष्ट्रमा भिसा अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेहरुलाई सरकारले टिकटको व्यवस्था […]
९ भदौं, काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व […]
९ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो तालिका स्वीकृत गरी कार्यान्वयनका लागि मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो । मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा उडानका अनुमति दिइएको छ […]
९ भदौ, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । तर […]
९ भदौ, काठमाडौं । सोमबार मृत्यु भएकी काठमाडौं चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘उनको हिजो मृत्यु भएको थियो उनको रिपोर्ट भने […]
९ भदौ, विराटनगर । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनले मल बाँड्ने सुनेका कानेपोखरी गाउँपालिकाका चार सय भन्दा बढी कृषक भौसबारी चोकमा भेला भए । तर लाइनमा बसेका १५० जना जति किसानले मल नपाई रित्तै फर्किए । प्रतिव्यक्ति ११ किलोमात्र मल दिइएकाले पाउनेहरु पनि सन्तुष्ट हुन सकेनन् । ‘एक विघा खेतलाई एक बोरा युरिया चाहिन्छ’ स्थानीय कृषक […]
९ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ । सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला […]
९ भदौं, वीरगञ्ज । वीरगञ्जका सञ्चारकर्मी शिवनाथ यादवलाई भदौ ७ गते कोरोना संक्रमण पुष्टि भयो । स्थानीय नारायणी एफएममा कार्यरत उनी कोरोना संक्रमित भएपछि पनि रेडियोमा नियमित काम गरिरहेका छन् । भदौ ७ गते यादवसँगै दुई जना प्राविधिक, प्रशासन प्रमुख र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी एकैपटक कोरोना संक्रमित भए । त्यस दिनदेखि उनीहरु […]
९ भदौ, काठमाडौं । कुवेतबाट पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल फर्कन टिकट काटेका नेपाली नागरिकले आगामी २८ तारिखमा नेपाल आउन पाउने भएका छन् । उडान तालिका प्रकाशन भई टिकट बिक्री भइसकेपछि सरकारले पाँचौ चरणको उद्धार उडान केही दिन रद्ध गरेको थियो । सोहीकारण २३ अगष्टमा कुवेत जानुपर्ने नेपाल एयरलाइन्सको जहाज जान पाएका थिएन, उक्त उडान अब २८ […]
९ भदौ कैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर ल्याएका थिए । उनको […]
९ भदौं, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा […]
९ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्तले चाहेमा मृत्यु संस्कारमा सहभागी गराउन आदेश दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका सीताराम दाहालकी छोरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजसलाले मृत्यु संस्कारमा सहभागी हुन पाउनु आफन्तको अधिकार भएको बताएको […]
९ भदौ, काठमाडौं । पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेका सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक भएको छ । पब्लिकेसन्स् नेपालयले पहिलो ‘ई-बुक’को रूपमा शाक्यको पुस्तकलाई प्रकाशन गरी सार्वजनिक गरेको छ । निबन्धहरूको सँगालोको रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको लेखक शाक्यले बताएका छन् । यस पुस्तकमार्फत शाक्यले नेपाली […]
९ भदौ, काठमाडौं । चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सार्वजनिक प्रयोग भइरहेको बताएको छ । चीनले जुलाईको अन्तिमबाट अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको हो । चीनको दाबी अनुसार रुसले आधिकारिक रुपमा दाबी गर्नुभन्दा तीन साता पहिला नै चीनले कोरोना खोपको प्रयोग […]
९ भदौ, सुर्खेत । सुर्खेतमा चिया पसल सञ्चालक, सुरक्षाकर्मी र कालिगढमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका–८ इत्रामका चिया पसल सञ्चालकको परिवारका ४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार वीरेन्द्रनगर– ६ का एक सुनचाँदी पसलका कालिगढलाई पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय […]
९ भदौ, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे […]
९ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा-बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका छन् । नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग […]
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली […]
from समाचार – Online Khabar https://ift.tt/3aTF4oy
via IFTTT






















