Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतले भन्यो-खोप निर्यातमा बन्देज लगाएका छैनौं

१३ चैत, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ । स्रोतले भन्यो, ‘बेला […]

६ करोड बढी मूल्य कबोल गर्ने म्याक्सलाई सेक्युरिटी प्रेसको ठेक्का

१२ चैत, काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ । प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरेपनि म्याक्सलाई नै ठेक्का दिन लागिएको हो । प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव […]

६ वर्षपछि रंगशालामा सिनियर टिमको फुटबल

१२ चैत, काठमाडौं ।  घरेलु मैदान । घरेलु टिम । घरेलु दर्शक । तर खेलमा न गोल भयो न त नतिजा नेपालले अपेक्षा गरे जस्तो आयो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेलेको थियो । त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक […]

घोषणामा आत्मनिर्भर, तर ८ महिनामै एक अर्ब ३० करोडको आयात

१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् । बिहीबार आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य (कुखुरा) गरी चार उत्पादनमा मुलुक आत्मनिर्भर भएको बताएका हुन् । स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भएकाका कारण विदेशबाट पशुपन्छीजन्य उत्पादन […]

अध्यक्ष ओलीलाई नेता नेपालको जवाफ : मलाई होइन, तपाईंलाई कारबाही गर्नुपर्नेछ

१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै विधान उल्लंघनको आरोप लगाएका छन् । पार्टी नेतृत्वले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईंले गर्नुभएका गतिविधिहरु […]

अपहरणको ३० दिनपछि भेटियो झा दम्पतीको शव

१२ चैत, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट बिहान उषा उठ्दा उनको कोठा बाहिरबाट बन्द गरिएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन् । सासुससुरा घरमा थिएनन्, कोठा पनि खुला […]

दक्षिणकाली मन्दिर परिसरमा क्युआर कोड भुक्तानी सेवा शुरु

१२ चैत, काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् । बिहीबार सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक […]

जनतालाई होली नखेल्न प्रशासनको अनुरोध, उद्योगी व्यापारीसँग होली खेल्दै मुख्यमन्त्री !

१२ चैत, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा […]

पर्सामा नागरिकता बनाउन र प्रतिलिपि पाउन समेत सास्ती

१२ चैत, वीरगञ्ज । ‘घरमा पुरुष छैनन्, महिला मात्रै छौं, दुई दिनदेखि दौडिएको-दौडिएकै छौं, तर नागरिकता नै बनेको छैन’ जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएकी वीरगञ्ज उदयपुर घुर्मीकी सोनुदेवीले गुनासो गरिन् । ‘अब त बन्छ कि भनेर दिनभरि उभिएर बस्नुपर्छ, तर रित्तो हात फर्कनुपर्छ’ उनले भनिन् । ‘नबन्ने हो भने आज बन्दैन भने पनि घर गएर […]

माइतीघर पुगेर गृहमन्त्रीले भने : रेशम चौधरीको रिहाइबारे वार्ता गरौं

१२ चैत, काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् । थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, […]

दैलेखमा बालकको हत्या, आमाले गरिन् आत्महत्या प्रयास

१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]

संसदीय दलको नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार

१२ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको नयाँ विधानले दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु अनुपस्थित भएको ७ चैतको संसदीय दलको बैठकले विधान पास गरेको थियो भने त्यही दिन केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो । उक्त विधानमा दलका नेतालाई सिधै सांसद निलम्बन गर्ने विशेषाधिकार दिइएको […]

अध्यक्ष ओलीलाई रावलको प्रतिप्रश्न : १८ करोड दुरुपयोग गर्न खोजेको हो ?

१२ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् । महासचिव ईश्वर पोखरेलले ७ चैतको निर्णयअनुसार सोधेको स्पष्टीकरणमा रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप समेत लगाइएको थियो । रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा त्यसको खण्डन गरेका छन् । साविकको नेकपामा […]

नेपाल एयरलाइन्सका चिनियाँ जहाज भाडामा नगए बिक्री गर्न बाटो खुला

१२ चैत, काठमाडौं । नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज भाडामा नगए बिक्री गर्ने बाटो खुला भएको छ । अर्थ मन्त्रालयले चिनियाँ जहाजका लागि दुई विकल्पमा काम गर्न राय प्रदान गरेको छ । अर्थले सर्वप्रथम यी जहाज भाडामा लगाउन सुझाव दिएको छ । त्यसरी भाडामा लगाउँदा भाडामा नगएको अवस्थामा भने जहाज बिक्री गर्न सकिने […]

पर्सामा चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

१२ चैत, पर्सा । चोरीको मोटरसाईकलसहित प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्सा वीगञ्‍जका २१ वर्षीय दीपक महतो, पर्सा वीरगञ्‍जकै १९ वर्षीय रविन्द्र महतो र पर्सा पोखरियाका २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।    

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

१२ चैत, कञ्‍चनपुर । बेलौरी नगरपालिका-४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताए । घरबाट हराएकी भागरतीको खोजतलास […]

एमालेमा गएका लुम्बिनीका दुई सांसदलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

१२ चैत, बुटवल । पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । बिहीबार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनी पत्र पठाएको छ । न्यौपाने र पन्थी हालै मात्र नेकपा एमालेमा लागेका छन् । उनीहरुलाई एमाले अध्यक्ष […]

आफैँले पालेको राँगाले हान्दा एकजनाको मृत्यु

१२ चैत, सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा बिहीबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका […]

झापामा भारतबाट फर्किएकी कोरोना संक्रमित महिलाको मृत्यु

१२ चैत, विराटनगर । कोरोना संक्रमणका कारण झापामा एक महिलाको मृत्यु भएको छ । सात दिनअघि भारतबाट फर्किएकी ३९ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । ‘उहाँ भारतबाट केही दिनअघि फर्कनु भएको रहेछ,’ जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले भने, ‘कोरोना संक्रमण भएपछि बीएण्डसी अस्पतालमा उपचार हुँदै थियो, आज […]

मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयमा अख्तियारको छापा

१२ चैत, सुर्खेत । मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियारले छापा मारेको छ । नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

नेपालले किनेको १० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने

१२ चैत, काठमाडौं । भारत सरकारले कोरोना खोप विदेश निर्यात गरिसके पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ । नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । […]



from समाचार – Online Khabar https://ift.tt/3lWcbNR
via IFTTT
Powered by Blogger.