समाचार
१९ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्ऽका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासाको स्वीकृति दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्ऽको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएको […]
१९ फागुन, काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ । यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए […]
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरिएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीनपानेमा हस्ताक्षर संकलन गरिएको हो । ‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने । केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन गरिएको […]
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् । चितवनमा बुधबार आयोजित कार्यक्रममा उनले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताएका हुन् । ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । […]
१९ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ । आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यकाबाहिरका पाँच […]
१९ फागुन, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेका जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन् । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत […]
२०७७ फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजसलासको पाँचैजना न्यायाधीशको सर्वसम्मत फैसलाको संक्षिप्त आदेशले देशभरि नै खुसियाली तरंग सञ्चार गरेको छ । यस फैसलाले २०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेवमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएको घोषणालाई बदर गरिदिएको छ । संविधान, कानूनका विद्यार्थीहरुका लागि फैसला अनपेक्षित पक्कै […]
१९ फागुन, काठमाडौं । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका […]
१९ फागुन, काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् । व्यापार समूहमा भने उल्लास छाएको छ । यो समूह ९ प्रतिशतसम्दा धेरैले बढेको छ । होटल तथा पर्यटन समूह १ प्रतिशत भन्दा […]
१९ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति […]
१९ फागुन, काठमाडौं । भारतले २६ फेब्रुअरी २०२१ ( १४ फागुन २०७७) जारी गरेको अन्तर्देशीय विद्युत् व्यापार कार्यविधिले नेपाललाई भारतसँग सरकारीस्तर तथा निजी क्रेता–विक्रेताबीच द्विपक्षीय सम्झौता र बोलपत्रबाट विद्युत् व्यापार गर्ने बाटो खोलिदिएको छ । तर, यो कार्यविधिले नेपालको जलविद्युत् क्षेत्रमा आउन सक्ने चिनियाँ लगानी निरुत्साहित हुने चिन्ता पनि प्रकट हुन थालेको छ । भारतले […]
१९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो […]
१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा लागू गर्ने योजनाअनुसार सुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट सुरु गरिएको हो । […]
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको […]
१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताए । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए । उनले भने, […]
१९ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई एक हजार […]
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो । बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय कमिटीको बैठक बस्नुअघि बुधबार नै स्थायी कमिटी बैठक बसेको थियो […]
१९ फागुन, काठमाडौं । पोखरीमा डुबेर भक्तपुरको महालक्ष्मीमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी सुवाललाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]
१९ फागुन, चितवन । नवलपरासी गैंडाकोटको प्रसिद्ध मौलाकालिका मन्दिर जाने सडकपेटी छेउमा ढुङ्गाहरुमा तमासले काम गरिरहेका मूर्तिकार देखिन्छन् । उनीहरु देवतासँग सम्बन्धित आकृति उतार्न व्यस्त छन् । कलाकारहरु कसैले एक त कसैले दुईवटा भगवानसँग सम्बन्धित आकृति ढुंगामा उतारेका छन् । कुनै आकृति बाटोको सिँढी नजिकै छन् भने कुनै केही पर जंगलमा । यही फागुन ४ […]
१९ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई दीर्घकालिन पुनर्स्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ । ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका […]
१९ फागुन, काठमाडौं । ललितपुर र धनुषामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । ललितपुरको बागडोलमा स १ ज ५६७ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने एक युवतीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको लाटु घर भएकी १९ वर्षीया अन्जु दाहालको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर […]
from समाचार – Online Khabar https://ift.tt/3rgnxOw
via IFTTT






















