समाचार
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताएका छन् । चितवनमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु लाग्नु पर्ने बताए । उनले भने, ‘जनताले विश्वास गर्ने एकमात्र आधार रहेको […]
१९ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ । आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यकाबाहिरका पाँच […]
१९ फागुन, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेका जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन् । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत […]
१९ फागुन, काठमाडौं । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका […]
१९ फागुन, काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् । व्यापार समूहमा भने उल्लास छाएको छ । यो समूह ९ प्रतिशतसम्दा धेरैले बढेको छ । होटल तथा पर्यटन समूह १ प्रतिशत भन्दा […]
१९ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति […]
१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा लागू गर्ने योजनाअनुसार सुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट सुरु गरिएको हो । […]
१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताए । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए । उनले भने, […]
१९ फागुन, काठमाडौं । भारतले २६ फेब्रुअरी २०२१ ( १४ फागुन २०७७) जारी गरेको अन्तर्देशीय विद्युत् व्यापार कार्यविधिले नेपाललाई भारतसँग सरकारीस्तर तथा निजी क्रेता–विक्रेताबीच द्विपक्षीय सम्झौता र बोलपत्रबाट विद्युत् व्यापार गर्ने बाटो खोलिदिएको छ । तर, यो कार्यविधिले नेपालको जलविद्युत् क्षेत्रमा आउन सक्ने चिनियाँ लगानी निरुत्साहित हुने चिन्ता पनि प्रकट हुन थालेको छ । भारतले […]
१९ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई एक हजार […]
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो । बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय कमिटीको बैठक बस्नुअघि बुधबार नै स्थायी कमिटी बैठक बसेको थियो […]
१९ फागुन, काठमाडौं । पोखरीमा डुबेर भक्तपुरको महालक्ष्मीमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी सुवाललाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]
१९ फागुन, चितवन । नवलपरासी गैंडाकोटको प्रसिद्ध मौलाकालिका मन्दिर जाने सडकपेटी छेउमा ढुङ्गाहरुमा तमासले काम गरिरहेका मूर्तिकार देखिन्छन् । उनीहरु देवतासँग सम्बन्धित आकृति उतार्न व्यस्त छन् । कलाकारहरु कसैले एक त कसैले दुईवटा भगवानसँग सम्बन्धित आकृति ढुंगामा उतारेका छन् । कुनै आकृति बाटोको सिँढी नजिकै छन् भने कुनै केही पर जंगलमा । यही फागुन ४ […]
१९ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई दीर्घकालिन पुनर्स्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ । ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका […]
१९ फागुन, काठमाडौं । ललितपुर र धनुषामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । ललितपुरको बागडोलमा स १ ज ५६७ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने एक युवतीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको लाटु घर भएकी १९ वर्षीया अन्जु दाहालको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर […]
१९ फागुन, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाउँदा आफूलाई कुनै असहज नभएको बताएका छन् । आज बिहान काठमाडौंको सिभिल अस्पतालमा खोप लगाइसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले असहज महसुस नभएको बताएका हुन् । खोप लगाइसकेपछि आराम गर्ने कक्षमा पत्रकारहरुसामु उनले भने, ‘खोप लगाउँदाखेरि थोरै असहज हुन्छ कि भन्ने मैले सोचेको थिएँ । […]
१९ फागुन, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । […]
१९ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका–१३ घर भई ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्दै आएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र २१ […]
१९ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितलाई पूर्वमन्त्री योगेश भट्टराईले पाँच लाख सहयोग दिने भएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले व्यक्तिगतरुपमा पाँच लाख सहयोग दिएका हुन् । मंगलबार बिहान भीषण आगलागी हुँदा ४७ घर जलेर नष्ट भएका छन् । पीडितको उद्धारका निम्ति भट्टराईकै संयोजकत्वमा राहत संकलन समिति बनाइएको छ । काठमाडौंमा […]
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले नेकपाका सबै सांसदहरुबीच संयुक्त छलफल गर्न प्रस्ताव गरेका छन् । संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको भन्दै उनले सचिवालय सदस्यहरु बाहेकका सांसदबीच छलफल गर्न प्रस्ताव गरेका हुन् । जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र […]
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो । स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ । संसद् पुस्र्थापना पछि पहिलो […]
from समाचार – Online Khabar https://ift.tt/3sLdx0k
via IFTTT






















