Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

२९ असार, ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् । घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेकपाले भन्यो – सर्वोच्चको फैसलाले राजनीतिक अन्योलता सम्बोधन हुँदैन

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेकपा)ले सर्वोच्च अदालतको फैसलाले वर्तमान राजनीतिक अन्योलताको सम्बोधन नहुने बताएको छ । सर्वोच्चले सोमबार संसद पुनर्स्थापना तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सांसदहरुलाई दलको ह्विपसमेत नलाग्ने गरी फैसला आएको भन्दै नेमकिपाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताएको छ । मंगलबार पार्टी […]

पानामा पठाइदिने भन्‍दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

२९ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका-१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउत रहेका छन् । राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई-भिसा बनाइ पीडितबाट पटक-पटक […]

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा […]

एकै व्यक्तिलाई दुई फरक-फरक कम्पनीको खोप दिंदै थाइल्याण्ड

२९ असार, काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै थाइल्याण्डले आफ्नो कोरोना खोप नीति परिवर्तन गरेको छ । थाइल्याण्डले मानिसहरुलाई कोरोनाबाट थप सुरक्षा प्रदान गर्न फरक-फरक खोपको दुई डोज दिने नीति लिएको हो । यससँगै अब थाइल्याण्डले एक डोज खोप चिनियाँ कम्पनी सिनोभ्याक र एक डोज एस्ट्राजेनेकाको खोप दिनेछ । थाइल्याण्डमा सिनोभ्याकको पूरा […]

बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

२९ असार, धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय  बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बालिकाका छिमेकीसमेत रहेका जोशीलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो […]

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने […]

ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

२९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार […]

मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

२९ असार, काठमाडौं । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै […]

चुनौतीको चाङमाथि देउवाको सत्तारोहण

२९ असार, काठमाडौं । तीन महीनाअघि १० चैतमा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘कांग्रेस प्रतिपक्षमै बस्छ, जनताले कांग्रेसलाई प्रतिपक्षमै बस्न आदेश दिएका हुन् ।’ त्यसपछि पनि देउवाले निरन्तर कांग्रेस सरकारमा नजाने अभिव्यक्ति दिंदै थिए । संसदको अंकगणितमा निकै कमजोर रहेको कांग्रेसका लागि सरकारमा जान सहज नभएको बुझेका देउवाले प्रतिपक्षमै बस्ने […]

मन्त्री चयनका लागि देउवा परामर्शमा

२९ असार, काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहानै महामन्त्री डा. शशांक कोइराला, नेता […]

फेरिएको राजनीतिक कोर्सले सेयरमा कस्तो असर पर्ला ?

२९ असार, काठमाडौं । आइतबार ७३ अंकले बढेको सेयर बजार सोमबार ४५.०६ अंकले ओरालो लागेर कारोबार बन्द भयो । कारोबार खुलेलगत्तै बढ्दो क्रममा देखिएको बजार सर्वोच्च अदालतले संसद पुनस्थापनासँगै सरकार परिवर्तन हुने फैसला सुनाएसँगै तीव्र गतिमा ऋणात्मक बन्न पुग्यो । सर्वोच्चको फैसला सार्वजनिक हुँदा बजार घटेर दुई हजार ८४४ अंकमा आइपुगेको थियो । पछिल्लो दुई […]

ओलीले बोलाए एमाले स्थायी कमिटीको बैठक

२९ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र […]

सर्वोच्चको फैसलाले अराजकता निम्तिएमा न्यायालय जिम्मेवार : कमल थापा

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतको फैसलाले देशमा अस्थिरता र अराजकताको श्रृंखला कायम भएमा न्यायमूर्तिहरु र न्यायलय पनि जिम्मेवार ठहरिने बताएका छन् । संसद पुनस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतले दिएको परमादेशप्रति आफ्नो धारणा सार्वजनिक गर्दै उनले फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक […]

संसदको आयु फेरि पनि एमाले र जसपामा निर्भर

२९ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरु कोटेश्वरमा भेला भए । जनै खटिरा आएर आराम गरिरहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहज हुने गरी उनकै निवास नजिकै एक कार्यालयमा बैठक राखिएको थियो । बैठकमा नेता नेपाल उपस्थित त भए, तर […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

२९ असार, काठमाडौं । सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीबारे निर्णय गर्ने एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको […]

कांग्रेस प्रवक्ता शर्माद्वारा मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई राहत वितरण

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो प्रभावितलाई नगदसहित खाद्यान्न हस्तान्तरण गरेका छन् । प्रवक्ता शर्माले बाढी-पहिरो प्रभावित क्षेत्रमा पुगेर नगद १० लाख २० हजार ८६३ रुपैया रुपैयाँ र दनुवार वस्तीका १०९ घरका लागि एक-एक बोराका दरले खाद्यान्न चामल हस्तान्तरण गरेका हुन् । प्रवक्ता शर्माका अनुसार एनआरएन […]

अब के हुन्छ विवादित संवैधानिक नियुक्ति ?

२९ असार, काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार विघटित प्रतिनिधिसभा पुनस्थापना भएको छ । सर्वोच्चले परमादेश जारी गर्दै आज साँझसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएको छ । योसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्पत गरेका विवादित संवैधानिक नियुक्तिको भविष्य के हुन्छ ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले ३० मंसिर […]

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२९ असार, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ना४त १५०७ नम्बरको ६याक्टर राति ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका-४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]



from समाचार – Online Khabar https://ift.tt/3ecfT3m
via IFTTT
Powered by Blogger.