Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमाले स्थायी कमिटी बैठक स्थगित

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो […]

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने […]

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

२९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार […]

मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

२९ असार, काठमाडौं । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै […]

फेरिएको राजनीतिक कोर्सले सेयरमा कस्तो असर पर्ला ?

२९ असार, काठमाडौं । आइतबार ७३ अंकले बढेको सेयर बजार सोमबार ४५.०६ अंकले ओरालो लागेर कारोबार बन्द भयो । कारोबार खुलेलगत्तै बढ्दो क्रममा देखिएको बजार सर्वोच्च अदालतले संसद पुनस्थापनासँगै सरकार परिवर्तन हुने फैसला सुनाएसँगै तीव्र गतिमा ऋणात्मक बन्न पुग्यो । सर्वोच्चको फैसला सार्वजनिक हुँदा बजार घटेर दुई हजार ८४४ अंकमा आइपुगेको थियो । पछिल्लो दुई […]

ओलीले बोलाए एमाले स्थायी कमिटीको बैठक

२९ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र […]

सर्वोच्चको फैसलाले अराजकता निम्तिएमा न्यायालय जिम्मेवार : कमल थापा

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतको फैसलाले देशमा अस्थिरता र अराजकताको श्रृंखला कायम भएमा न्यायमूर्तिहरु र न्यायलय पनि जिम्मेवार ठहरिने बताएका छन् । संसद पुनस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतले दिएको परमादेशप्रति आफ्नो धारणा सार्वजनिक गर्दै उनले फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

२९ असार, काठमाडौं । सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीबारे निर्णय गर्ने एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको […]

कांग्रेस प्रवक्ता शर्माद्वारा मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई राहत वितरण

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो प्रभावितलाई नगदसहित खाद्यान्न हस्तान्तरण गरेका छन् । प्रवक्ता शर्माले बाढी-पहिरो प्रभावित क्षेत्रमा पुगेर नगद १० लाख २० हजार ८६३ रुपैया रुपैयाँ र दनुवार वस्तीका १०९ घरका लागि एक-एक बोराका दरले खाद्यान्न चामल हस्तान्तरण गरेका हुन् । प्रवक्ता शर्माका अनुसार एनआरएन […]

अब के हुन्छ विवादित संवैधानिक नियुक्ति ?

२९ असार, काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार विघटित प्रतिनिधिसभा पुनस्थापना भएको छ । सर्वोच्चले परमादेश जारी गर्दै आज साँझसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएको छ । योसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्पत गरेका विवादित संवैधानिक नियुक्तिको भविष्य के हुन्छ ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले ३० मंसिर […]

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२९ असार, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ना४त १५०७ नम्बरको ६याक्टर राति ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका-४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

माओवादीको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

२९ असार, काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक केहीबेरपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र […]

गण्डकीमा आजदेखि साढे १ लाख डोज कोरोना खोप लगाइँदै

२९ असार, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्धको १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल खोप आजदेखि लगाइँदै छ । नवलपरासी, म्याग्दी, मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा खोप पुगिसकेको छ । नवलपरासी र म्याग्दीका लागि गाडीमा पठाइँदै छ भने मनाङ र मुस्ताङका लागि हेलिकप्टरमा पठाउने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले […]

हराएको पर्स बुझाउने भारतीय अटो रिक्सा चालक पुरस्कृत

२९ असार, धनगढी । कञ्चनपुरमा हराएको पर्स भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउने भारतीय अटो रिक्सा चालकलाई पुरस्कृत गरिएको छ । भारतबाट पेन्सन बुझेर फर्किने क्रममा भीमदत्त नगरपालिका-२ मौलियाका ४४ वर्षीय भुपेन्द्रसिंह बिष्टको हराएको पर्स बुझाउने भारतीय नागरिक ओमप्रकाश विजय पाललाई पुरुस्कृत गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले अटो चालकलाई पर्स भेटाएर […]

आज भानुजयन्ती मनाइँदै

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम छ । यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले […]

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप लगाइँदै

२९ असार, काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउन आजबाट सुरु गरिंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने निर्णय गरेको छ । सो निर्णयअनुसार गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा […]

रैथाने शैली जोगाउने प्रयास : कति व्यावहारिक, कति कठिन ?

२९ असार, काठमाडौं । २०७२ वैशाखमा गएको शक्तिशाली भूकम्पले मुलुकमा धनजनको ठूलो क्षति मात्रै गरेन बलियो संरचना निर्माणको चेत दिएर गयो । संरचना निर्माणमा पनि परम्परागत कि आधुनिक शैलीको संरचना भन्ने चर्चा शुरु भयो । यसले परम्परागत शैलीको महत्वबारे पनि धेरैले जान्ने, बुझ्ने मौका पाए । हुम्ला सिमकोटका विजय लामाले चार वर्षअघि सात करोड खर्चिएर […]

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री […]

देशभर साढे २१ हजार आयातकर्ता, कर छल्न बहुफर्म दर्ता गर्ने क्रम बढ्दो

२९ असार, काठमाडौं । करछलिको प्रयोजनका लागि निश्चित अवधिका लागि फर्म दर्ता गर्ने प्रवृत्ति मौलाएसँगै मुलुकमा आयातकर्ताको संख्या अत्यधिक बढेको छ । कुनै एक व्यवसायीले अनेकौं व्यक्तिको नाममा व्यवसायिक फर्म, व्यवसायिक पान र मूल्य अभिवृद्धि कर दर्ता गरि मालवस्तु आयात गर्ने र करछलीको नियोजित उद्देश्य पूरा भएपछि ती फर्मबाट कारोबार नगर्ने प्रवृत्ति बढेको सरकारी अध्ययनले […]

अर्जेन्टिनालाई च्याम्पियन बनाउने नायक स्कालोनी : २००६ मा मेस्सीसँगै खेलेका थिए विश्वकप

२९ असार, काठमाडौं । अर्जेन्टिनाले आइतबार २८ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा यो जेनेरेसनकै उत्कृष्ट खेलाडी लिओनल मेस्सीको चर्चा धेरै भयो । स्वभाविक पनि थियो । मेस्सीले राष्ट्रिय टिमका लागि यसअघि चार फाइनल हारिसकेका थिए । पाँचौ प्रयासमा सफल भए र १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलो मुख्य उपाधि जिते । कोपा […]

सडकमा ओली समर्थकको प्रदर्शन : सबै फैसला मानिंदैन

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् । हेर्नुहोस् तस्वीरहरु



from समाचार – Online Khabar https://ift.tt/3i5Ld4S
via IFTTT
Powered by Blogger.