Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महोत्तरीमा एक महिनादेखि बेपत्ता महिलाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले […]

अर्जेन्टिनाको जितपछि देखियो मेसी र नेमारको मित्रता

२७ असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष संगै खेले । उनीहरुले केही उपाधि सँगै पनि जिते । त्यसपछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेसी बार्सिलोनामै रहे । बार्सिलोनामा रहँदा यी दुईबीच घनिष्टता थियो । तर राष्ट्रिय टिमबाट खेल्दा भने यी दुई एक अर्काका विरुद्ध हुन्थे […]

आचार्यले सम्हाले ऊर्जा, मनाङे तेस्रो पटक बने खेलकुदमन्त्री

२७ असार, पोखरा । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दा ब्युँतिएर २०७४ मंसिरमा मनाङबाट गण्डकी प्रदेश सभा सदस्यको चुनाव जितेर पनि राजीव गुरुङ (दीपक मनाङे)ले सपथ लिन पाएनन् । तत्कालीन एमालेको समर्थनमा मनाङ ‘ख’ मा स्वतन्त्र सांसद बनेका मनाङे जेलमुक्त भएर १४ महिनापछिमात्र सपथ लिन पाए । नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा […]

गुल्मीमा ४८ प्रतिशत रोपाइँ सकियो

२७ असार, गुल्मी । गुल्मीमा असार सकिनै लाग्दा ४८ प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष पर्याप्त पानी पर्दा समयमै रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले बताए । मानो रोपेर मुरी उब्जाउने भन्दै किसानहरु यतिबेला खेतबारीमा व्यस्त छन् । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा रोपाइँ ढिलो शुरु हुने गर्दथ्यो । […]

चीनद्वारा दक्षिण एसियाली गरिबी निवारण केन्द्र स्थापना

२७ असार, काठमाडौं । बिगत एक वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसँग बिभिन्न विषयमा चरणबद्ध रुपमा सामूहिक छलफल गरेको चीनले चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ । तर, यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले केही पनि जानकारी दिएका छैनन् र यसलाई गुपचुप राख्न खोजिएको छ । सो संगठनमा पाँचै […]

वायुसेवा निगमको निजीकरण ‘क्रोनी क्यापिटालिज्म’को नग्न रुपः डा. भट्टराई

२७ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने सरकारी कदमको कडा शब्दमा विरोध गरेका छन् । आइतबार सार्वजनिक अपील जारी गर्दै भट्टराईले निगमलाई निजीकरण गर्ने सरकारी प्रयासलाई ‘अत्यन्त निन्दनीय र घृणित’ कदमको संज्ञा दिएका हुन् । ‘नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा […]

कैलालीमा अन्तरजातीय बिहे : प्रकाश भन्छन्– उमेर पुगेपछि पुनः एक हुन्छौं

२७ असार, धनगढी । कैलालीमा प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलको जोडीलाई अलग्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । प्रकाशले भने आफूहरुलाई उमेर नपुगेको कारण देखाउँदै अलग्याए पनि उमेर पुगेपछि पुनः एक हुने बताएका छन् । उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, […]

ब्राजिलविरुद्ध गोल गरेका डि मारिया भन्छन् – मेस्सीले भने यो मेरो फाइनल हो

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जित्दा एन्जल डि मारियाले निर्णायक गोल गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने डि मारियाले २२औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो । डि मारियाले लिओनल मेस्सीले यो कोपा अमेरिका आफ्नो लागि प्रमाणित गर्ने अवसर रहेको बताएको […]

सप्तरीमा सडक ग्राभेलको विषयमा विवाद, हात हालाहालको स्थिति आएपछि काम रोकियो

२७ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि ग्राभेल गर्ने काम रोकिएको छ । गाउँपालिकाको बजेटले हिलाम्य भएको गाउँको बाटोमा ग्राभेल नहाली नहरको डिलमा हाल्न खोजेपछि स्थानीयले रोक्न खोजेका थिए । स्थानीय र उपभोक्ता समितिका पदाधिकारीबीच झडप हुने स्थिति देखापरेपछि काम नै रोकाइएको सप्तरी प्रहरीका प्रमुख […]

सरकारी अधिकारी भन्छन्- अमेरिकी खोप कसलाई दिने भनेर छलफलमै छौं

२७ असार, काठमाडौं । सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप […]

मुख्यमन्त्री कहाँ छन् थाहा छैन, अँध्यारो कोठाबाट शासन चलिराछ : पृथ्वीसुब्बा गुरुङ

२७ असार, पोखरा । जेठ २७ मा विश्वासको मत प्राप्त नगरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्यो । २९ गते विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । साढे ३ वर्षसम्म सरकारलाई खबरदारी गर्ने ठाउँबाट कांग्रेस अब जवाफ दिने ठाउँमा पुगेको छ भने एमाले प्रश्न गर्ने ठाउँमा छ । गण्डकी प्रदेशमा […]

ठोरीमा अनुदानको एम्बुलेन्स झाडीमा थन्कियो

२७ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सलाई झाडी र लहराले ढाक्न थालेको छ । ‘तपाइर्ंको सेवा हाम्रो धर्म’ नारा लेखिएको एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीय बताउँछन् । स्थानीय […]

गर्मी छल्न आन्तरिक पर्यटकको रोजाइमा कैलालीको हाटखोली क्षेत्र

२७ असार, धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउँदै प्रकृतिसँग रमाउनका लागि आफूहरु त्यहाँ पुग्ने गरेको उनीहरु बताउँछन् । हाटखोलीमा […]

अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैनः माधव नेपाल

२७ असार, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । […]

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

२७ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो । कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ । शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी […]

देउखुरीको जखेरा तालमा डुंगा सञ्चालन

२७ असार, लमही । दाङ देउखुरीको पर्यटकीय केन्द्र जखेरा तालमा डुंगा सन्चालन सुरु गरिएको छ । स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम तालमा तीनवटा डुंगा सञ्चालन गरिएको हो । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले शनिवार एक कार्यक्रमका बिच डुंगा सन्चालनको उद्घाटन गरे । चौधरीले जखेराताललाई देशकै नमुना पर्यटकीय […]

नेपालका सुरुङ मार्गको इतिवृत्त : यस्ता छन् चुनौती

२७ असार, काठमाडौं । मुलुकमा कोभिड-१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माणको काम भने तीव्र रुपमा भैरहेको छ । कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता दिइएको हो । केही […]

सियान, साइकल र साम्यवाद

चीनको चर्चा र वाहवाही चुलिएको छ संसारभरि जस्तै नेपालमा पनि अहिले । भर्खरै (जुलाई १) चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी स्थापनाको शतवार्षिकी भव्य रूपमा मनायो । राजधानी बेइजिङको तेनमियान चोकमा आयोजित शतवार्षिकी समारोहका रोमाञ्चक दृश्य विश्वले आँखा तानेर हेर्‍यो, आश्चर्यचकित हुँदै । चीनका उपलब्धि, योजना र महत्वाकांक्षाबारे विश्वव्यापी चर्चा भए । हजारौं आलेख र टिप्पणी लेखिए, […]

कहिले खुल्छन् विद्यालय ?

२७ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन । कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । […]

एक डोज लगाए पुग्ने अमेरिकी खोप भोलि बिहान आइपुग्छ : डा. भट्टराई

२७ असार, काठमाडौं । अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् । डा. भट्टराईले अमेरिकाले दिने खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी ट्वीटर मार्फत गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने […]

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ […]



from समाचार – Online Khabar https://ift.tt/3e6Iqr4
via IFTTT
Powered by Blogger.