Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ब्राजिलविरुद्ध गोल गरेका डि मारिया भन्छन् – मेस्सीले भने यो मेरो फाइनल हो

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जित्दा एन्जल डि मारियाले निर्णायक गोल गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने डि मारियाले २२औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो । डि मारियाले लिओनल मेस्सीले यो कोपा अमेरिका आफ्नो लागि प्रमाणित गर्ने अवसर रहेको बताएको […]

सप्तरीमा सडक ग्राभेलको विषयमा विवाद, हात हालाहालको स्थिति आएपछि काम रोकियो

२७ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि ग्राभेल गर्ने काम रोकिएको छ । गाउँपालिकाको बजेटले हिलाम्य भएको गाउँको बाटोमा ग्राभेल नहाली नहरको डिलमा हाल्न खोजेपछि स्थानीयले रोक्न खोजेका थिए । स्थानीय र उपभोक्ता समितिका पदाधिकारीबीच झडप हुने स्थिति देखापरेपछि काम नै रोकाइएको सप्तरी प्रहरीका प्रमुख […]

सरकारी अधिकारी भन्छन्- अमेरिकी खोप कसलाई दिने भनेर छलफलमै छौं

२७ असार, काठमाडौं । सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप […]

मुख्यमन्त्री कहाँ छन् थाहा छैन, अँध्यारो कोठाबाट शासन चलिराछ : पृथ्वीसुब्बा गुरुङ

२७ असार, पोखरा । जेठ २७ मा विश्वासको मत प्राप्त नगरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्यो । २९ गते विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । साढे ३ वर्षसम्म सरकारलाई खबरदारी गर्ने ठाउँबाट कांग्रेस अब जवाफ दिने ठाउँमा पुगेको छ भने एमाले प्रश्न गर्ने ठाउँमा छ । गण्डकी प्रदेशमा […]

ठोरीमा अनुदानको एम्बुलेन्स झाडीमा थन्कियो

२७ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सलाई झाडी र लहराले ढाक्न थालेको छ । ‘तपाइर्ंको सेवा हाम्रो धर्म’ नारा लेखिएको एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीय बताउँछन् । स्थानीय […]

गर्मी छल्न आन्तरिक पर्यटकको रोजाइमा कैलालीको हाटखोली क्षेत्र

२७ असार, धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउँदै प्रकृतिसँग रमाउनका लागि आफूहरु त्यहाँ पुग्ने गरेको उनीहरु बताउँछन् । हाटखोलीमा […]

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

२७ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो । कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ । शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी […]

देउखुरीको जखेरा तालमा डुंगा सञ्चालन

२७ असार, लमही । दाङ देउखुरीको पर्यटकीय केन्द्र जखेरा तालमा डुंगा सन्चालन सुरु गरिएको छ । स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम तालमा तीनवटा डुंगा सञ्चालन गरिएको हो । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले शनिवार एक कार्यक्रमका बिच डुंगा सन्चालनको उद्घाटन गरे । चौधरीले जखेराताललाई देशकै नमुना पर्यटकीय […]

नेपालका सुरुङ मार्गको इतिवृत्त : यस्ता छन् चुनौती

२७ असार, काठमाडौं । मुलुकमा कोभिड-१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माणको काम भने तीव्र रुपमा भैरहेको छ । कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता दिइएको हो । केही […]

एक डोज लगाए पुग्ने अमेरिकी खोप भोलि बिहान आइपुग्छ : डा. भट्टराई

२७ असार, काठमाडौं । अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् । डा. भट्टराईले अमेरिकाले दिने खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी ट्वीटर मार्फत गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने […]

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ […]

मेसी र नेमार कोपाको बेस्ट प्लेअर

२७ असार काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो । ‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ […]

तङ्ग्रिंदैछ मेलम्ची, खोजिरहेछ केन्द्र सरकारको साथ

२७ असार, मेलम्ची (सिन्धुपाल्चोक) । असार १ गते साँझ आएको बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न २६ दिनपछि प्रधानमन्त्री केपी ओली शनिबार सेनाको हेलिकप्टर चढेर मेलम्ची बजार र हेलम्बु पुगे । अवलोकनपछि प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी घरबास निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार नगद र चाहिएजति जस्तापाता उपलब्ध गराउने आश्वासन दिएका छन् । बाढीबाट हेलम्बु […]

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

२७ असार, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै […]

भैरहवाको प्लाइउड गोदाममा आगलागी, १५ दमकलले आठ घण्टापछि निभाए आगो

२४ असार, बुटवल । रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा आगलागी  भएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा गएराति सवा नौ बजेदेखि भएको आगलागी बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबर सहित दुई तल्ले घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता […]

बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी

२७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् । बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको […]

गण्डकीमा बजेट छलफलअघि मन्त्री आचार्य र मनाङेलाई जिम्मेवारी

२७ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार बजेटमाथिको छलफलअघि नै विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिने भएका छन् । सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आइतबार पहिले अस्वीकार गरेको मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने भएका छन् । आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र मनाङेलाई युवा तथा […]

निरीक्षणका लागि नेपाल-चीन सीमाको लाप्चामा पुगे कर्णालीका मुख्यमन्त्री

२७ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले उत्तर छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्रीसहितको एक सरकारी टोलीले शनिबार चीनसँगको सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका-६ लाप्चा (लोलुङजोङ) क्षेत्रको स्थलगत अनुगमन गरेको हो । लोलुङजोङ विवादित क्षेत्र हो । गत असोजमा चीनले लोलुङजोङ क्षेत्रमा केही भवनहरु बनाएपछि सीमा मिचिएको भन्दै […]

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा पक्का

बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो। विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रहेर काम गरेकी थिइन् । वर्तमान कार्यसमितिकी उपाध्यक्षसमेत रहेकी […]

देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा […]

दिनभरको वर्षाले काठमाडौंमै डुवान

२६ असार, काठमाडौं । शनिबार दिनभर काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ठूलो वर्षा भयो । दिउँसो केहीबेर त घनघोर वर्षा पनि भयो । वर्षामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका धेरै क्षेत्र जलमग्न भए भने खोलामा पानीको सतह बढ्दा किनार क्षेत्रका सडक, घर र संरचना डुवानमा परेका छन् । काठमाडौंको पुतलीसडक न्युप्लाजामा भने ढल थुनिएका […]



from समाचार – Online Khabar https://ift.tt/3AT8vU7
via IFTTT
Powered by Blogger.