समाचार
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा […]
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् । यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास […]
२९ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोखेका छन् । अदालतको यो […]
२९ असार, काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा […]
२९ असार, बागलुङ । काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]
२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो । भुटानमा खोपका लागि योग्य […]
२९ असार, काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए […]
२९ असार, काठमाडौं । लोकतन्त्र र संविधानको रक्षाको लागि वृहद् नागरिक अभियानले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलाले संविधान जगेर्ना भएको बताएको छ । मंगलबार अभियानले विज्ञप्ति जारी गरी फैसलाले मुलुकको लोकतन्त्र, संविधान र संसदको गरिमालाई संरक्षण गरेको निश्कर्ष निकालेको हो । ‘मुलुकमा अलोकतान्त्रिक गतिविधि एवं स्वेच्छाचारिता रोक्ने सर्बोच्च अदालतको यो फैसलालाई हामी स्वागत गर्दछौं […]
२९ असार, काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् । बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको […]
२८ असार, काठमाडौं । करीब एक वर्षदेखि खाल्डामय भएको महाराजगञ्ज-बूढानीलकण्ठ सडक खण्डको आवधिक मर्मत शुरु भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा परेका खाल्डाहरु पुर्ने काम मंगलबारबाट शुरु गरेको छ । वर्षायाममा सडक निर्माण र मर्मतको काम नगर्ने नीति लिएको सरकारले धमाधम सो खण्डमा काम थालेपछि स्थानीय पनि आश्चर्यमा परेका छन् । स्थानीयले नयाँ […]
२९ असार, काठमाडौं । नागरिक एपको आईओएस भर्सनमा पनि सवारी साधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन् । यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो । आईओएसमा […]
२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]
२९ असार, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे । अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् । भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस […]
२९ असार, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए । […]
२९ असार, काठमाडौं । भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् । सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए । ‘तीन वर्षमा ओलीले गलत शासनका […]
२९ असार, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अब पब्लिक कम्पनीमा रुपान्तरण गरेको छ । नर्भिक अस्पतालको क्षमता काठमाडौंमा बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ । सो क्रममा सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने कम्पनीका सूचना अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । ‘हामी पब्लिक कम्पनीमा रुपान्तरण हुने […]
from समाचार – Online Khabar https://ift.tt/3xFJLg4
via IFTTT