Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इलाम इजलासकी महिला कर्मचारीको हत्या आरोपमा असई पक्राउ

२९ असार, विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिएकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई हुन् । पराजुली इलाम […]

सेयर बजारमा हरियाली, कारोबार रकम साढे ५ अर्बमा खुम्चियो

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह […]

नेपालबाट को-को जाँदैछन् टोकियो ओलम्पिकमा ?

२९ असार, काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टिमले सहभागिता जनाउने भएको छ । जसमध्ये पाँच खेलाडी र चार जना प्रशिक्षक रहने नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । खेलाडीतर्फ पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाहले सहभागिता जनाउनेछन् भने सुटिङकी कल्पना परियार, जुडोकी […]

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने माओवादी केन्द्रको प्रस्ताव

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा […]

जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् । यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

२९ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्‍दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्‍दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको […]

संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ : ओली

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोखेका छन् । अदालतको यो […]

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने

२९ असार, काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन […]

ओलीको दाबी : भोलिदेखि हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा […]

काठेखोला गाउँपालिकामा २८० किलोको नगरा !

२९ असार, बागलुङ । काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको […]

सर्वोच्चको फैसला पालना गर्छौं : ओली

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]

भुटानले पायो सबै नागरिकलाई पुग्ने कोरोना खोप

२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो । भुटानमा खोपका लागि योग्य […]

जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

२९ असार, काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए […]

‘स्वेच्छाचारिता रोक्न सर्वोच्चको फैसला ऐतिहासिक’

२९ असार, काठमाडौं । लोकतन्त्र र संविधानको रक्षाको लागि वृहद् नागरिक अभियानले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलाले संविधान जगेर्ना भएको बताएको छ । मंगलबार अभियानले विज्ञप्ति जारी गरी फैसलाले मुलुकको लोकतन्त्र, संविधान र संसदको गरिमालाई संरक्षण गरेको निश्कर्ष निकालेको हो । ‘मुलुकमा अलोकतान्त्रिक गतिविधि एवं स्वेच्छाचारिता रोक्ने सर्बोच्च अदालतको यो फैसलालाई हामी स्वागत गर्दछौं […]

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक शुरु

२९ असार, काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् । बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको […]

देउवा प्रधानमन्त्री भएपछि मात्रै बूढानीलकण्ठ जाने बाटो धमाधम मर्मत !

२८ असार, काठमाडौं । करीब एक वर्षदेखि खाल्डामय भएको महाराजगञ्ज-बूढानीलकण्ठ सडक खण्डको आवधिक मर्मत शुरु भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा परेका खाल्डाहरु पुर्ने काम मंगलबारबाट शुरु गरेको छ । वर्षायाममा सडक निर्माण र मर्मतको काम नगर्ने नीति लिएको सरकारले धमाधम सो खण्डमा काम थालेपछि स्थानीय पनि आश्चर्यमा परेका छन् । स्थानीयले नयाँ […]

सवारी साधनको विवरण नागरिक एपबाटै हेर्न सकिने

२९ असार, काठमाडौं । नागरिक एपको आईओएस भर्सनमा पनि सवारी साधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन् । यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो । आईओएसमा […]

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको […]

थुम्कावासीको खानेपानी सपना पूरा हुँदै

२९ असार, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे ।   अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक […]

देउवा र प्रचण्डबीच भेटवार्ता

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् । भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस […]



from समाचार – Online Khabar https://ift.tt/3xBU98L
via IFTTT
Powered by Blogger.