समाचार
२९ असार, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् । उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जनताको […]
२९ असार, काठमाडौं । नेकपा एमालेका नेता अग्नि खरेलले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने माओवादी केन्द्रको प्रस्तावमा आपत्ति जनाएका छन् । संविधान नचिन्ने संयन्त्रमार्फत सरकार सञ्चालन गर्न खोज्नु असंवैधानिक भएको उनको दाबी छ । माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको संयन्त्र बनाउन प्रस्ताव गरेको थियो । तर खरेलले भने सरकार सञ्चालनका लागि असंवैधानिक संयन्त्र […]
२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना […]
२९ असार, विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिएकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई हुन् । पराजुली इलाम […]
२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह […]
२९ असार, काठमाडौं । कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी । महामारीमा यातायात, प्रवेश अनुमति र श्रमिकको न्यून मागले प्रभावित बनेको वैदेशिक रोजगारी एअरलाइन्सहरूको मनलाग्दी हवाई भाडादर, गन्तव्य देशको क्वारेन्टिन तथा […]
२९ असार, काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टिमले सहभागिता जनाउने भएको छ । जसमध्ये पाँच खेलाडी र चार जना प्रशिक्षक रहने नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । खेलाडीतर्फ पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाहले सहभागिता जनाउनेछन् भने सुटिङकी कल्पना परियार, जुडोकी […]
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा […]
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् । यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास […]
२९ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोखेका छन् । अदालतको यो […]
२९ असार, काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गरे । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको […]
२९ असार, बागलुङ । काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]
२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो । भुटानमा खोपका लागि योग्य […]
२९ असार, काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए […]
२९ असार, काठमाडौं । लोकतन्त्र र संविधानको रक्षाको लागि वृहद् नागरिक अभियानले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलाले संविधान जगेर्ना भएको बताएको छ । मंगलबार अभियानले विज्ञप्ति जारी गरी फैसलाले मुलुकको लोकतन्त्र, संविधान र संसदको गरिमालाई संरक्षण गरेको निश्कर्ष निकालेको हो । ‘मुलुकमा अलोकतान्त्रिक गतिविधि एवं स्वेच्छाचारिता रोक्ने सर्बोच्च अदालतको यो फैसलालाई हामी स्वागत गर्दछौं […]
२९ असार, काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् । बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको […]
२८ असार, काठमाडौं । करीब एक वर्षदेखि खाल्डामय भएको महाराजगञ्ज-बूढानीलकण्ठ सडक खण्डको आवधिक मर्मत शुरु भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा परेका खाल्डाहरु पुर्ने काम मंगलबारबाट शुरु गरेको छ । वर्षायाममा सडक निर्माण र मर्मतको काम नगर्ने नीति लिएको सरकारले धमाधम सो खण्डमा काम थालेपछि स्थानीय पनि आश्चर्यमा परेका छन् । स्थानीयले नयाँ […]
from समाचार – Online Khabar https://ift.tt/3xHFvgc
via IFTTT