Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

म्याग्दीको बेनी बजारमा आगलागी

२६ साउन, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ । बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी […]

अभिषेकले मछिन्द्रबाटै लिग खेल्ने

२६ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजालले नयाँ सिजनको ए डिभिजन लिग मछिन्द्र क्लबबाटै खेल्ने भएका छन् । लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले सोमबार अभिषेकसँग सम्झौता गरेको हो । मछिन्द्रले क्लबका अध्यक्ष र अभिषेकको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै अभिषेक फेक क्लबमा आबद्ध भएको जानकारी गराएका छ । पछिल्लो पटक २०७६ सालमा भएको […]

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

२६ साउन, काठमाडौं । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका […]

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

२६ साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको […]

दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्, उडान रोकिएको सूचना अन्तिम समयमा जारी

२६ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् । दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ । यसअघि कोरोना भाइरस संक्रमणका कारण दुबईले नेपालबाट हुने […]

विपद्‍मा यसरी काम आउँछन् शहरका पोखरी (भिडियो)

२५ साउन, काठमाडौं । गत शनिबार बिहान बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा भएको आगलागी नियन्त्रण गर्नुपर्‍यो’ भन्दै सिम्रिक एयरमा फोन आयो । उद्योगमा लागेको भीषण आगो वारुणयन्त्रले मात्र नियन्त्रण गर्न नसक्ने देखिएपछि हेलिकप्टर कम्पनीसँग सहयोगको याचना गरिएको थियो । सिम्रिक एयरका कार्यकारी निर्देशक समेत रहेका क्याप्टेन सिद्धार्थजंग गुरुङ आफैं हेलिकप्टर लिएर बालाजुकै माछापोखरीको पानी […]

घाम अस्ताएपछि बिस्कुन सुकाउँदै माओवादी

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन परिणामले नेकपा (माओवादी) लाई देशकै सबैभन्दा ठूलो पार्टी बनाइदिएको थियो । माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सीट जितेको थियो । माओवादीले समानुपातिकतर्फ मात्रै २९.२८ प्रतिशत मत पाएको थियो । १० वर्षको सशस्त्र जनयुद्धबाट बृहत् शान्ति सम्झौता र अन्तरिम व्यवस्थापिका संसद हुँदै आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय […]

एमालेमा अब शक्तिशाली अध्यक्ष

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्यूँतिएसँगै  केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, […]

माओवादीलाई भारी भयो माओवाद

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको पाँच महीनापछि नेकपा माओवादी केन्द्र संगठन निर्माणको रणनीतिक प्रस्ताव सहित अगाडि बढेको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर पुनर्स्थापित माओवादीले पार्टी संरचनालाई समावेशी र युवामैत्री बनाउने नीति लिएको देखिन्छ । त्यसका निम्ति पार्टीका सबै संरचनामा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र ४० […]

खोप केन्द्रमा भीडभाड : सरकारको व्यवस्थापकीय कमजोरी

२५ साउन, काठमाडौं । कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकहरुले ५ महिनापछि दोस्रो डोज पाएका छन् । भुटान र जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकले दोस्रो डोज पाएका हुन् । तर खोप लगाउन सहज छैन । अधिकांश खोप केन्द्रहरुमा लामो लाइन लाग्ने गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री […]

बल्ल दोस्रो डोज पाइयो !

२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप पाएका छन् । गत फागुन तेस्रो साता कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप दिन शुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । जापान र […]

कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पताल पुगे

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेता केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड सोमबार साँझ थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन् । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पनि कुरा गरेको अस्पतालले जनाएको छ । माओवादी केन्द्रका युवा नेता केसीलाई घाँटीमा […]

अविश्वास प्रस्तावविरुद्ध लुम्बिनीका एमाले सांसदले दिए सर्वोच्चमा रिट

२५ साउन, बुटवल । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्ता पक्षका सांसदहरु रिट लिएर सर्वोच्च गएको पुष्टी गरे । ‘संविधानको धारा १६८(१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई बर्षसम्म अविश्वासको […]

जसपाले १६ नेतालाई कार्यकारिणी समितिबाट हटायो, ठाकुरको अध्यक्ष पद गयो

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ […]

दाङमा बाढीले बगाउँदा आमा-छोराको मृत्यु

२५ साउन, दाङ । दाङको ग्वार खोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुवै […]

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने […]

पौडेल पक्षका जिल्ला सभापति बैठकमा विशेष महाधिवेशनको चर्चा

२५ साउन काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ । संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दावी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट बनेको छ । भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल गर्न पौडेल पक्षीय जिल्ला […]

लिदी पहिरो पीडितलाई एक वर्षपछि बल्ल अस्थायी टहरा, गुजाराको चिन्ता

२५ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२, लिदीमा ३० साउन २०७७ मा गएको पहिरोले नेमा छिरिङ दोङको परिवारका तीन सदस्यलाई मात्र लगेन, १५ रोपनी घरखेत पनि सखाप पार्‍यो । श्रीमती धनमाया, छोरा रोनिस र आमा बाङ्जी लामा दोङलाई पहिरोले लगेपछि उनी विक्षिप्त बनेका थिए । न घरखेत बाँकी थियो, न परिवार नै । तर ३० जनाको […]

प्रक्रिया छोट्याएर समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

२५ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भदौ १६–१९ सम्म तोकिएको महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन […]

कास्कीमा ३२ हजार जेष्ठ नागरिक कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा 

२५ साउन, पोखरा । पोखरा रानीपौवाका ७० वर्षीय फत्ते बुढाले फागुनको अन्तिममा कोभिशिल्ड खोप लगाएका थिए । उनलाई खोप लगाइदिएका स्वास्थ्यकर्मीले दोस्रो डोज नलगाउँदासम्म खोपले पूरा काम नगर्ने भएकाले नछुटाउन सुझाव दिएका थिए । नातिनीसँग खोप केन्द्रमा दिनभर लाइन लागेर पहिलो मात्रा लगाएका उनले दोस्रो डोज लगाउन पर्खेको ५ महिना पुग्नै आँट्यो । तर, दोस्रो […]

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२५ साउन, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय युवकको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो । प्रादेशिक अस्पतालमा पछिल्लो समय कोरोनाका गम्भीर संक्रमितको संख्या […]



from समाचार – Online Khabar https://ift.tt/3jJwHkf
via IFTTT
Powered by Blogger.