Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अख्तियारद्वारा ३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्धा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो, पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरका मुख्य अधिकृत गिरिराज कोइराला र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध मुद्धा दायर गरिएको आयोगका […]

कांग्रेसको संशोधनः समायोजनमा जाने प्रहरीलाई एक तह बढुवा

८ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेशमा समायोजन हुने प्रहरीलाई एक तह बढुवा दिनपर्ने माग गर्दै ‘प्रहरी समायोजन विधेयक’मा संशोधन दर्ता गरेको छ । प्रतिनिधिसभाले पारित गरेको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा समायोजनमा जाने प्रहरी कर्मचारीको दुई ग्रेड बृद्धि हुने व्यवस्था छ । यो […]

नक्कली एयरहोस्टेजको ठगी धन्दाः पैसा नदिए आत्महत्या गर्ने धम्की

८ भदौ, काठमाडौं । प्रहरीले एयरहोस्टेज भएको बताएर ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई छिन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । बिर्तामोडका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘उनले गुरास र गरिमा श्रेष्ठको नक्कली फेसबुक […]

अवैध सालको गोलियासहित ४ जना पक्राउ

८ भदौ, गोरखा । अवैध सालको गोलिया ओसारपसारमा संलग्न रहेको अभियोगमा गोर्खाको हर्मी भन्ज्याङबाट प्रहरीले ४ जनालाई आइतबार  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका- १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा-१० का अमित लामा रहेका छन् । ट्याक्टरमा काठ ओसारपसार गर्दै गर्दा सिरानचोक गाउँपालिका-३ को हर्मी भन्ज्याङबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको […]

गणतन्त्रमाथि खतरा छैन : मन्त्री बास्कोटा

८ भदौ, बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गणतन्त्रमाथि कसैबाट खतरा नरहेको र हुन पनि नसक्ने बताएका छन् । आइतबार बुटवलमा प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा प्रवक्ता बास्कोटाले गणतन्त्रमाथि हमला गर्ने तत्वहरु भने सक्रिय रहेको बताए । ‘जनताले लडेर, बलिदान दिएर ल्याएको गणतन्त्रमाथि कतैबाट खतरा छैन र हुन पनि […]

अन्तत: रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, के भेटियो अनुसन्धानमा ?

८ भदौ, काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो । लगत्तै वयान सुरु भयो […]

दुई महिनापछि प्रदेशसभा बैठक, चार विधेयक पेश

८ भदौ, काठमाडौं । प्रदेश ३ को प्रदेशसभामा चारवटा नयाँ विधेयक पेश भएको छ । प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक […]

सामाजिक बहिष्कार गर्नेमाथि कारवाही होस्ः प्रदेश सांसद विश्वकर्मा

८ भाद्र, विराटनगर । प्रदेश-१ की सांसद उमिता विश्वकर्माले खोटाङका टंकप्रसाद आर्चायलाई सामाजिक बहिष्कार गर्नेमाथि कानुनी कारवाहीको माग गरेकी छिन् । प्रदेशसभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद विश्वकर्माले प्रचलित कानुनले जातिय विभेद् र छुवाछुत गर्न बन्देज लगाएको भएपनि वृद्ध आर्चायलाई आफन्तबाटै सामाजिक बहिष्कार गरेकाले उनीहरुलाई आवश्यक कारवाही गर्न सभामुखमार्फत प्रदेश सरकारसँग माग राखेकी […]

पत्रकार महासंघका अध्यक्षले भने-पत्रकारलाई हामी सम्हाल्छौं, नागरिकलाई कस्ले सम्हाल्ने !

८ भदौ, विराटनगर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सामाजिक सञ्जालमा विकृति बढेकाले पत्रकारका लागि आचारसंहिता जारी गर्न लागिएको बताएका छन् । नेपाल पत्रकार महासंघ मोरङले आइतबार आयोजना गरेको ‘नागरिक दृष्टीकोणमा मिडिया पृष्ठपोषण’ कार्यक्रममा अध्यक्ष आचार्यले सामाजिक सञ्जालमा आएका विषयलाई पनि मिडियासँग जोड्ने गरेकाले महासंघले आफ्ना सदस्यलाई नियमन गरेपनि नागरिकको जिम्मा कस्ले लिने […]

साइबर क्राइमको मुद्दा लागेका पत्रकार गिरीले पाए सफाइ

८ भदौ, पोखरा । साइबर क्राइमकोमुद्धा लागेका पोखराका पत्रकार अर्जुन गिरीले सफाइ पाएका छन् । जग्गा कारोबारमा ठगीबारे समाचार लेखेका ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई व्यवसायी विपेन्द्रराज बतासले साइबर क्राइमको मुद्धा हालेका थिए । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आइतबार गिरीलाई सफाइ दिएको हो । ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा २ जनाले जाहेरी दिएपछि […]

मापदण्ड पूरा नगरेको भन्दै नमोवुद्ध नगरपालिकाले चलायो इट्टा उद्योगमा डोजर

८ भदौ, काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिकाले मापदण्ड पूरा नगरेको भन्दै आइतबार इट्टा उद्योगमा डोजर चलाएको छ । मापदण्ड पूरा गर्न व्यवसायीहरुलाई ६ महिनाको समयसीमा उपलब्ध गराउँदा समेत वेवास्ता गरेपछि इट्टा उद्योगमा बाध्य भएर डोजर र क्रेन चलाउनु परेको नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिनाले जानकारी दिए । वडा २ र ३ भित्र सञ्चालित ८ वटै […]

चितवनमा प्रहरी र रवि समर्थकबीच झडप

८ भदौ, काठमाडौंं । चितवनमा प्रहरी र टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच झडप भएको छ । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई […]

टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

८ भदौ, काठमाडौं । गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले […]

चोरीको आरोपमा एकै दिन ८४ जना पक्राउ

८ भदौ, विराटनगर । राधाकृष्ण रथयात्राको क्रममा चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले विराटनगरबाट ८४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये १२ जना भारतीय नागरिक समेत छन् । विराटनगर महानगरपालिकाको तिनपैनी पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो । रथयात्रीहरुको बहुमल्य सुन, चाँदी लगायतका गरगहना, नगद तथा पर्स चोरी गरेको आशंकामा प्रहरीले ८४ […]

प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक

८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनी सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो । प्रचण्डले भोलि दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् […]

छानविनमा तानिएका उच्च अदालतका दुई न्यायाधीशको राजीनामा

८ भदौ, काठमाडौं । न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको थियो । गत साउन ८ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र […]

न्यूरोडमा सांसदलाई लुटेको आरोपमा एक पक्राउ

८ भदौ, काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको […]

रविको बयान भएन, आज पनि प्रहरी हिरासतमै रहने

८ भदौ, काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९ डाक्टर बर्खास्त

८ भदौ, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको छ । रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ । जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् […]

के मापसे गरेर जहाज चढ्न पाइँदैन ?

८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टलाई शनिबार सिंगापुर प्रस्थानका लागि सिल्क एयरको जहाजभित्र बसिसकेका थिए । तर अन्तिम समयमा उनी उड्नबाट वञ्चित भए र विमानबाटै निकालिए । भट्ट र उनका सहयोगी सनत न्यौपानेले मापसे गरेकाले जहाजबाट पाइलटले निकालेको समाचार बाहिर आएको छ । यद्यपि, जहाजभित्र मापसे गरेर यात्रा गर्न […]

क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

८ भदौ, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले आगामी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् । थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले क्रान्तिकारी पत्रकार […]



from समाचार – Online Khabar https://ift.tt/33TQDs1
via IFTTT
Powered by Blogger.