समाचार
८ भदौ, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको छ । रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ । जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् […]
८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टलाई शनिबार सिंगापुर प्रस्थानका लागि सिल्क एयरको जहाजभित्र बसिसकेका थिए । तर अन्तिम समयमा उनी उड्नबाट वञ्चित भए र विमानबाटै निकालिए । भट्ट र उनका सहयोगी सनत न्यौपानेले मापसे गरेकाले जहाजबाट पाइलटले निकालेको समाचार बाहिर आएको छ । यद्यपि, जहाजभित्र मापसे गरेर यात्रा गर्न […]
८ भदौ, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले आगामी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् । थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले क्रान्तिकारी पत्रकार […]
८ भदौ, काठमाडौं । पूर्व युवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको दुर्व्यवहारबारे राष्ट्रियसभामा प्रश्न उठेको छ । आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बलरामप्रसाद बास्कोटाले विमानस्थल घटनाबारे सरकारको ध्यानाकर्षण गराए । राजाबाट नागरिक बन्न स्वीकार गरेका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहको अबान्छित गतिविधि बढेको भन्दै […]
८ भदौ, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारीहरुले सामूहिक राजीनामा दिएपछि उपकुलपति प्रा.डा. संगीता भण्डारीले आफैं विरामी जाँच्न थालेकी छन् । तर उनको कार्यशैली ठीक नभएको भन्दै ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान’ले राजीनामा मागेको छ । उपकुलपति भण्डारीले मानसिक यातना दिने गरेको भन्दै प्रतिष्ठानका डाक्टर तथा कर्मचारी गरी २२ जनाले ५ […]
८ भदौ, बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले भारतीय नाकाबन्दीबाट नेपालले अझै पाठ सिक्न नसिकेको बताएका छन् । नेपाल भन्दा पछि छिमेकी मुलुकहरुबाट नाकाबन्दीको शिकार बनेको कतारले दुई वर्षमै आफूलाई आत्मनिर्भर बनाइसकेको उल्लेख गर्दै उनले नेपालले भने नाकाबन्दीबाट अझै पाठ नसिकेको बताए । ‘कतारले दुई वर्षमै नाकाबन्दीबाट पाठ सिकेर आफूलाई आत्मनिर्भर बनाइसक्यो,’ […]
८ भदौ, जनकपुरधाम । सरकारसँग दुई बुँदे सहमति गरेर डेढ बर्षअघि सरकारमा पुगेको तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको समाजवादी) पार्टी यतिबेला सरकार छाड्नुपर्ने आन्तरिक दबावमा छ । साथै राजपासँग चाँडो एकता टुंग्याउनुपर्ने दबाव दोस्रो दबाव पार्टी नेतृत्वमाथि परिरहेको छ । संविधान संशोधनकै लागि सरकारमा गएको बताएका अध्यक्ष यादवले ३ असोज ०७५ मा संविधान दिवसका […]
८ भदौ, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसीटीभी क्यामेरा जडान गर्न साइन रेसुङ्गा बैंकले आइतबार आर्थिक सहयोग गरेको छ । बैंकका शाखा प्रमुख दिवस श्रेष्ठले सीसीटीभी क्यामेरा जडानका लागि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकतामा राखेर सीसीटीभी क्यामेरा जडानका लागि […]
८ भदौ, धादिङ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका-५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ । केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको वडा-५ का अध्यक्ष धिरज […]
८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका छन् । नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेका छन् । बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्ड १० बजेमात्र बाहिरिएका थिए । प्रचण्डले कार्यवाहक प्रधानमन्त्री […]
८ भदौ, अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई आइतबार निर्देशन दिँदै सञ्चारमन्त्री बास्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए । उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने […]
८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले सञ्चार जगतले समाजिक सुधारका लागि कलम चलाउनुपर्ने बताएका छन् । स्वास्थ्य, शिक्षाको सुधार तथा दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध सञ्चार जगतले आवाज उठाउनुपर्ने उनको भनाइ छ । महिलाहरुले सञ्चालन गर्र्दै आएको मध्य नेपाल सन्देश साप्ताहिकको तेस्रो बार्षिकोत्सव समारोहमा बोल्दै उनले छोरीको शिक्षाका लागि प्रोत्साहन […]
८ भदौ, डोटी । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता ७ जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा ७ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी […]
८ भदौ, काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले देशभरि छरिएका राष्ट्रिय वनको अवस्थाबारे चासो देखाएको छ । वनसम्बन्धी ऐन र भूमिसम्बन्धी ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनको अद्यावधिक लगत माग्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले राष्ट्रिय वन भनी सुचीकृत भएका देशभरिका […]
८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा […]
८ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएको हो […]
८ भदौ, काठमाडौं । नेपालमा बनेको पहिलो डिजेल गाडिबारे कुरा गर्दा प्रफुल दासलाई खाटा बसेको घाउ कोट्याई दिएजस्तो हुन्छ । हुलास मोटर्स प्रा.लिका महाप्रवन्धक उनी कुनै बेला नेपालको आफ्नै उत्पादन हुलास मुस्ताङ जीपका मुख्य डिजाइनर इन्जिनियर थिए । नेपालमै सस्तो र बलियो डिजेल जीप बनाउन २० वर्ष खर्च गरेका दास अहिले ‘मुस्ताङ सपना’लाई जीवनको सबभन्दा […]
८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने […]
८ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्वका कारण त्यहाँका जनताले सास्ती भोग्नु परेको छ । आन्तरिक द्वन्द्वका कारण तीन सातादेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा विकास निर्माण लगायत अन्य सेवासुविधा प्रभावित हुँदा त्यहाँका जनताले सास्ती भोग्नु परेको हो । गाउँपालिका अध्यक्ष गोविन्द खड्का, उपाध्यक्ष दीपशिखा दाहाल र […]
८ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु छन् । टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ […]
८ भदौ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो । उनी कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई […]
from समाचार – Online Khabar https://ift.tt/2ZiPqM0
via IFTTT





















