Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पथरीको एनसेल टावरमा आगजनी

१६ साउन, विराटनगर । मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका- ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । आजगजनीका कारण टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानकारी दिए । उनका अनुसार अगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन् । तर, उनीहरु […]

वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लवका ३ कार्यकर्ता पक्राउ

१६ साउन, रौतहट । चन्द्रपुर नगपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्द आहृवानको पूर्वसन्ध्यामा बुधबार गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको थियो । आगजनीमा कागजात, कम्प्युटरलगायतका सामान नष्ट भएको छ । आगनीमा संलग्न भएका आरोपमा प्रहरीले चन्द्रपुर- […]

पेरिसडाँडा पुगे पर्यटनमन्त्री, जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराई मन्त्री नियुक्त भएको भोलिपल्ट पेरिसडाँडा पुगेका हुन् । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा […]

योगेश भट्टराई भन्छन्- बल्ल ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईलाई मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी बाचा नै थियो । तर यो बाचा पूरा गर्न ओलीलाई १७ महिना लाग्यो । १५ साउनमा भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भए । नेकपाकै कतिपय नेता सरकार अलोकप्रिय भएको बेला मन्त्री भएका भट्टराई भुंग्रोमा […]

१२ आयातीत वस्तुको अधिकतम बिक्री मूल्य तोकियो

१६ साउन, काठमाडौं । भन्सार विभागले १२ प्रकारका आयातीत वस्तुको खरिदमा भन्सार विन्दुमै अधिकतम खद्रा बिक्री मूल्य (एमआरपी) घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ । यससँगै यी वस्तुहरुमा उपभोक्ता ठगिने स्थिति अन्त्य भएको विभागको दाबी छ । अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस, मार्वल ग्रेनाईट र टायल, कुकिङ […]

सरकारले दिएको सुविधा उपयोग गरी आन्तरिक उत्पादन बढाउनुस् : अर्थमन्त्री

१६ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आयातमा कडाई गर्दै आन्तरिक उत्पादनलाई दिएको सुविधा उपयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । बिहीवारदेखि काठमाडौंमा शुरु भएको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले केवल राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति नलिएको स्पस्ट पारे । ‘भन्सार सुविधाको उपयोग गरी […]

संसद् र सरकारको सम्बन्ध श्रीमान्–श्रीमतीजस्तो होइन : कर्ण

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले सर्लाहीमा प्रहरी कारवाहीका क्रममा अलग घटनामा दुई व्यक्ति मारिएको बारे संसदीय छानविन समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक चल्न दिएका छैनन् । असार ५ गते नेत्रविक्रम चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरी कारवाहीमा मारिएका थिए । त्यस्तै, असार १५ मा अवरुद्ध राजमार्ग खुलाउने क्रममा […]

असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्छु : भट्टराई

१६ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए । बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम […]

उपनिर्वाचनको मिति घोषणा हुँदै, छलफलका लागि बोलाइयो सर्वदलीय बैठक

१६ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय दलसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको छ । दलहरूसँग छलफलपछि सरकारलाई उपनिर्वाचनको मिति सिफारिस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले […]

सुनिने चिनियाँ कूटनीति, नेपाललाई कति अनुकूल ?

१६ साउन, काठमाडौं । नेपाल र भारतबाट गएका एक हुल सञ्चारकर्मी वेइजिङस्थित चाइना तिबेटोलोजी अनुसन्धान केन्द्रको सभाकक्षमा प्रवेश गर्छन् । २९ असारको त्यो बिहान सञ्चारकर्मीको हुल पुग्नुअघि नै केन्द्रका निर्देशक प्रा. झा लाउ तिब्बत मामिलाका जानकार प्राध्यापकद्वय जिओ ली र लियाङ जुनयाङलाई दाँया–बाँया राखेर बसेका हुन्छन् । आधा घण्टादेखि सञ्चारकर्मीको प्रतिक्षामा रहेका तिब्बती मूलका निर्देशक […]

उपचार नपाएर हुम्लाको स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

१६ साउन, हुम्ला । जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा […]

प्रचण्डपत्नी सीताको बिमारको भित्री कथा !

१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड यतिबेला पारिवारिक भ्रमणका लागि दुबईमा छन् । मंगलबार दुबई प्रस्थान गरेका प्रचण्डले पत्नी सीताको इच्छा पूरा गर्न भ्रमण गरेको निकटस्थहरुलाई बताएका छन् । यो उनीहरुको विशुद्ध पारिवारिक भ्रमण हो । राजनीतिमा व्यस्त प्रचण्डले पछिल्लो समय परिवारलाई समय दिइरहेका छन् । परिवारसँग विभिन्न रिसोर्टमा रमाउनु, उपचारका लागि […]

डाक्टरविहीन गाउँमा आँखा उपचारका लागि मोबाइल फोनको प्रयोग

१६ साउन, काठमाडौं । विद्यार्थीकालमा नेत्र चिकित्सा (अफ्थ्याल्मोलोजी) पढ्दा सुमन थापालाई एउटा कुरा कहिल्यै चित्त बुझ्दैनथ्यो, आफ्ना विषयका शिक्षक, विद्यार्थी सबैमा एउटा आम सहमति के थियो भने उनीहरूले निश्चित अवस्थाका बिरामीको आँखा परीक्षण गर्न हुँदैन । “सबैको विश्वास के थियो भने कि हामीले ग्लकोमाजस्ता रोगको परीक्षण गर्नुहुँदैन किनकि यसको निदान हुने सम्भावना अत्यन्त कम हुन्छ […]

एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी

१६ साउन, काठमाडौं । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् । प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा […]

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’

१६ साउन, काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय […]

काठमाडौं विश्वविद्यालयका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

१६ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवाेध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ । नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र […]

सभामुखले बोलाए सर्वदलीय बैठक

१६ साउन, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय […]

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

१६ साउन, हेटौंडा । मकवानपुरको बसामाडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सौरभ सुवेदी र अस्मित सुनारको मृत्यु भएको हो । हेटौंडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-३ […]

इरानका विदेशमन्त्रीलाई अमेरिकाले लगायो प्रतिबन्ध

१६ साउन, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयनमा भूमिका खेलेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो । ‘जभाद जरिफले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेका छन्’, ट्रेजरी सेक्रेटरी स्टेभन मुचिनले […]

नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ

१६ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ […]

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

काठमाडौं । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि […]



from समाचार – Online Khabar https://ift.tt/2MqZEm1
via IFTTT
Powered by Blogger.