समाचार
८ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले डेंगु संक्रमणबारे मुख्य समाचार बनाएका छन् भने केहीले मन्त्रीहरूको काम–कारबाही, हदबन्दी छुट दुरुपयोग, प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था लगायत विषय उठाएका छन् । कान्तिपुरले डेंगु नियन्त्रण विफल भएको निष्कर्ष निकालेको छ । मुलुकमा तीन महिनादेखि महामारीका रूपमा […]
७ भदौ, पोखरा । पोखरेलीको पि्रय खान्की हो, जेठो बुढो धान । यो पोखरा आसपासका क्षेत्रमा उत्पादन हुँदै आएको छ । परम्परागत रुपमा उत्पादन हुँदै आए पनि यो प्रजातिको धान व्यावसायिक भने हुन सकेको थिएन । व्यावसायिक नहुँदा राष्ट्रियस्तरमा पुग्न सकेको थिएन । पुर्खौंदेखि पोखराका फेवा, बिरौटा, कुँडहर, पामे, ठूलाखेत लगायत फाँटमा किसानले लटरम्मै जेठोबुढो […]
७ भदौ, धनगढी । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर घटना थारु विद्रोह भएको बताएका छन् । तर नापेतौले जस्तो नहुँदा मानवीय क्षती हुन पुगेको उनले बताए । कैलालीको टीकापुरमा शनिबारबाट सुरु भएको आयोजित थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘विद्रोह कहिले पनि तापेतौले जस्तो हुँदैन । […]
७ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ। माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ। तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ। ती […]
७ भदौ, काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्न खरिदका लागि प्रक्रिया अघि बढाएको छ । सरकारले विद्युतीय बस किन्न एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको छ । यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ […]
७ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यसो हुन सकेन । तर म खुसी छु कि सबैले चुनावमा भाग लिए […]
८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुईथरी स्कूल सञ्चालन गर्ने भएको छ । पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको स्कूल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कूल चलाउने भएको हो । नेकपाको स्कूल विभागका नवनियुक्त प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुसाललाई कार्यभार […]
७ भदौ, काठमाडौं । ग्यास सिलिण्डर विस्तापित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सपना’लाई सरकारले अझै योजनामा ढाल्न सकेको छैन । तर काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान सुरु गरिएको छ । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले चलाएको यो अभियानमा नेपाल विद्युत प्राधिरकणले साथ दिएको छ । चुल्हो वितरण कार्यक्रममा आफैं पुगेर विद्युत […]
तीन हप्ताअघि भुटानी शरणार्थीसम्बन्धी लेखका विषयमा अमेरिकी नेपाली र भुटानीहरुबीच निकै ठूलो बहस भयो । यस्ता विषय उठ्नुपर्छ र उपयुक्त छैन भने आलोचना पनि हुनुपर्छ । यसलाई मैले स्वाभाविक ठान्दै यसको अर्को पाटो पनि यहाँ प्रस्तुत गरेको छु । अमेरिकामा जतिबेला भुटानी शरणार्थीको संख्या बाक्लिँदै गए, त्यसपछि मेरो काम पातलिँदै गयो । अगाडि आउने आफन्त […]
७ भदौ, काठमाडौं । के तपाईं आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा […]
७ भदौ, जनकपुरधाम । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय लम्बिने भएको छ । दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराइसकेका छन् । त्यसलाई निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो । तर बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाकाअनुसार […]
७ भदौ, बटवल । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने दाबी गरेका छन् । लुम्बिनीसँग जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालनपछि पर्यटक ओइरने उनको दाबी छ । बुधबारमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गिरीले बाहिरी देशबाट भैरहवामा सिधा हवाई सेवा सुरु हुँदा लुम्बिनीमा […]
७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको बताएका छन् । अग्रगति र पश्चगतिको संघर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए । वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको […]
७ भदौ, काठमाडौं । एक साताअघि पूर्वमुख्यसचिव भोजराज घिमिरेको कथा सङ्ग्रह ‘अन्तिम प्रश्न’ बजारमा आयो । सङ्ग्रहमा रहेका १६ कथाहरुलाई समालोचकहरुले ‘नेपाली साहित्यका फरक र गुणवत्ताको हिसावले साहित्यको इतिहासमा उल्लेख गर्नैपर्ने किसिमका’ भन्दै टिप्पणी गरे । यसअघि ४ गजल सङ्ग्रह, २ गीती सङ्ग्रह, ४ वटा गीती एल्बम र प्रशस्त फुटकर गीत-गजलहरु लेखेका घिमिरेले यसपटक कथा […]
७ भदौ, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले व्यक्तिहरुको गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताएका छन् । सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मजा मान्ने चिन्तन र प्रवृत्ति आफूहरुभित्रै रहेको उनले बताए । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्िगन टुसाल पार्क’ उदघाटन कार्यक्रमलाई शनिबार […]
७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई सफल हुन नदिन दक्षिण एसियामा सञ्चालित बिभिन्न अभियानविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताएका छन् । चारदिने चीन भ्रमणको क्रममा ‘गुआंग्डोंग २१ औं शताब्दी म्यारी टाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो’लाई सम्बोधनको क्रममा खनालले सो धारणा राखेका […]
७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को […]
७ भदौ, ओखलढुंगा । ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको […]
७ भदौ, काठमाडौं । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]
७ भदौ, बुटवल । संघीय सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरेको प्रदेशस्तरीय मेडिकल कलेज निर्माणका लागि माटो परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम शुरु भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नं. १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बनाउने प्रस्ताव छ । […]
७ भदौ, दाङ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–गढवा सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । विसं २०५६ मा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया पनि लागेका छन् । ‘पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ’, स्थानीय भीम ओलीले भने, […]
from समाचार – Online Khabar https://ift.tt/2L6Qvwx
via IFTTT






















