Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ट्रकको ठक्करबाट हेटौंडामा एक जनाको मृत्यु

२२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय लालबहादुर राई रहेका छन् । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहले जानकारी दिए ।

सिराहाको लक्ष्मीपुर पतारी तनावग्रस्त, झडपमा वडाध्यक्षसहित आधादर्जन घाइते

२२ मंसिर, लहान । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आइतबार झडप भएको छ । झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् । आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड […]

सभामुख र उपसभामुखको साझा मञ्च बनाउने निर्णय

२२ मंसिर, पोखरा । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेश बीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद रहने संविधानमै व्यवस्था छ । स्थानीय तहलाई प्रभावकारी बनाउन, समस्या समाधान गर्न मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद छ । तीनै तहको समन्वयन गर्न र भेला हुने, छलफल गर्ने परिषद गठन गर्ने भनिएको छ । कार्यपालिकाहरुको […]

तीनवटै तहको समन्वय गर्न कृषि मन्त्रालयले एकीकृत संयन्त्र बनाउने

२२ मंसिर, काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारको कृषिजन्य गतिविधि चुस्त बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकीकृत संयन्त्र बनाउने भएको छ । संयन्त्रको ढाँचा र कार्यविधिबारे कृषिमन्त्री घनश्याम भुसालले आइतबार सातै प्रदेशका कृषिमन्त्रीसँग छलफल गरेका छन् । संघीयता कार्यान्वयनपछि स्थानीय तह, प्रदेश सरकार र केन्द्रबीच कृषिका विषयमा समन्वय नभएको निष्कर्षपछि संयन्त्र गठनबारे छलफल गरेको […]

सुत्केरीको मृत्युपछि नोवेल मेडिकल कलेजमा तनाव

२२ मंसिर, विराटनगर । सुत्केरी महिलाको मृत्यु भएपछि नोवेल मडिकल कलेज तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेपछि आइतबार अस्पताल तनावग्रस्त बनेको हो । इलामको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दै आएकी २९ वर्षीया जानुका श्रेष्ठको प्रसुती गराउने क्रममा मृत्यु भएको थियो । […]

भूकम्पपछि घोषित अमेरिकी अनुदानको दुई ‘स्काई ट्रक’ काठमाडौंमा

२२ मंसिर, काठमाडौं । २०७२ सालको भूकम्पपछि अमेरिकाले घोषणा गरेको सैन्य सहयोगमध्ये दुई वटा ‘एम–२८ स्काई ट्रक’ आइतबार बिहान काठमाडौं आइपुगेको छ । अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले नेपाल भ्रमण गरेर उच्च स्तरीय भेटवार्ता गरेलगत्तै ‘स्काई ट्रक’ आइपुगेको हो । यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो । सैनिक प्रवक्ता विज्ञानदेव […]

मृत अवस्थामा भेटिएका जयप्रसाद दाहालको मृत्यु संकास्पद

२२ मंसिर, विराटनगर । आइतबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका जयप्रसाद दाहालको मृत्यु संकास्पद देखिएको छ । काठमाडौं बसोबास गर्दै आएका दाहाल शनिबार जग्गा बिक्रीका लागि भन्दै विराटनगर आएका थिए । शनिबार साँझ चिनजानका राधेश्याम दराकको घरमा खाना खाएर विराटनगर– २ स्थित घरमा आएका दाहाल आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका थिए  […]

सांसदको प्रश्न : ठूला नेता जसले जहाँ बोलाए पनि गइदिने ?

२२ मंसिर, काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा आइतबार ठूला नेताको गाउँस्तरका कार्यक्रम मोहबारे छलफल भयो । केही दिनअघि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल मकवानपुरको मनहरी गाउँपालिकास्तरीय कार्यक्रमको प्रशिक्षणमा गएको विषयमा पनि कुरा उठ्यो । ‘त्यो पालिका स्तरिय कार्यक्रतालाई प्रशिक्षण दिन म पनि सक्थेँ नि ! […]

द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति   

२२ मंसिर, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले संसद्मा दर्ता भएको आयोगको संशोधन विधेयकका सम्बन्धमा आयोगले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने विचार व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदन […]

जिल्ला अस्पताल सुधारको माग गर्दै उदयपुरमा आन्दोलन

२१ मंसिर, काठमाडौं । उदयपुरको जिल्ला अस्पताल सुधारको माग गर्दै स्थानीय युवाले आन्दोलन शुरु गरेका छन् । केही दिन अघि भएको एम्बुलेन्स दुर्घटनामा उदयपुरका ७ जनाको मृत्यु भएको थियो । मृतकको शव लिएर अस्पताल पुग्दा अस्पतालको विजोग अवस्था देखेपछि स्थानीय आन्दोलित भएका हुन् । आन्दोलित स्थानीयले अस्पताल सुधारका विभिन्न माग राख्दै ७ दिनको समयसीमा दिएका […]

प्रदेशसभा सदस्य भँडेलले लिए सपथ

२२ मंसिर, हेटौंडा । तीन नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य भँडेललाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । सपथ ग्रहणपछि सभामुख श्रेष्ठले साँसद भँडेललाई प्रदेशसभा अँकित […]

पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

२२ मंसिर,  काठमाडौं  । पाल्पामा आइतबार दिउँसो भएको टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मृत्यु हुनेमा प्रदेश नम्बर ३०-१-००-३ क ४४५६ नम्बरको टिपरका सहचालक २३ वर्षीय टेक बहादुर बुढा मगर रहेका छन् । पाल्पाको निस्दी गाउँपालिका-३ धार्केसिङस्थित सडकबाट टिपर करिब १ सय २० मिटर तल खस्दा बुढा मगरको घटनास्थलमै […]

उत्तरपुस्तिका साटफेर गरी पास गराउने त्रिविका अधिकृतविरुद्ध मुद्दा

२२ मंसिर, काठमाडौं । परीक्षार्थीसँग घुस लिएर उत्तरपुस्तिका साटफेर गरी पास गराइदिएको आरोप लागेका त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित २ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुती क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले […]

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एक जना पक्राउ

२२ मंसिर, काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने २९ वर्षीय अरुण थापा आइतबार बिहान पक्राउ परेका हुन् । ललितपुर महानगरपालिका-१५ चापागाउँ दोवाटोस्थित ट्राफिक चेकिङको क्रममा बा.६८ प २९७१ नम्बरको मोटरसाइकल चालक थापाले कागजपत्र नभएकाले ४ हजार रुपैयाँ दिएर प्रलोभनमा पार्न खोजेपछि […]

वीरगञ्जमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रमा ५ हजार विरुवा रोपिने

२२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित फोहोर मैला प्रशोधन केन्द्र परिसरमा ५ हजार विरुवा रोपिने भएको छ । प्रशोधन केन्द्र परिसरमा विरुवा लगाउन सुरु भइसकेको लायन्स क्लब अफ वीरगन्ज गेट्वेले जनाएको छ । शनिबार केन्द्र परिसरमा विभिन्न प्रजातिका ३ सय विरुवा रोपिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले रुख रोपेर अभियानको शुभारम्भ गरेका […]

७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ

२२ मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका-१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो । सई केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिन भन्दै घुस […]

किन अशान्त भयो कोहलपुर ?

२२ मंसिर, बाँके । कोहलपुर–१० कि प्रकृति चन्द आइतबार करिब साढे ९ बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगिन् । स्कुटरबाट ओर्लिएर गेटतर्फ के बढ्न खोजेकी थिइन्, पछाडिबाट हुत्तिँदै आएको ट्रकले ठक्कर दियो । कक्षा ७ मा अध्ययनरत चन्दको खुट्टामा कुल्चिएर ना २ ख ९४५९ नम्बरको ट्रक अघि बढ्यो । दुर्घटनास्थल नजिकै रहेको विद्यालयका […]

काम अलपत्र पार्ने ठेकदारलाई कारबाही गर्छौं : मन्त्री नेम्वाङ

२२ मंसिर, बुटवल । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले समयमा काम नसकेर योजना अलपत्र पार्ने ठेकदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले लापरबाही गर्ने, अलपत्र पार्ने, तोकिएको समयमा काम नसक्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका हुन् । भ्रमणवर्ष २०२० सुरु हुनै […]

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको गुनासो : सरकारबाट सहयोग भएन

२२ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारबाटै अपेक्षित सहयोग नपाएको गुनासो गरेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारबाट अपेक्षित सहयोग पाउन नसकेको बताएका हुन् । सङ्घीय संरचनाअनुसार आयोगले तयार पारेको आफ्नो साङ्गठिनक संरचना करिब डेढ वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको […]

यस्तो बन्नेछ २८ तले ‘स्काई वाक टावर’

२१ मंसिर, काठमाडौं । हेर्दै आङ सिरिङ्ग हुने अग्लो टावर । त्यो पनि सिसैसिसाको । विकसित देशहरुमा देखिने यस्तो टावर पहिलोपटक नेपालमा निर्माण हुन लागेको छ । डेढ वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित निर्माण सुरु भएको यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो हुनेछ । टावर निर्माणका लागि शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले […]

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

२२ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् । आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित […]



from समाचार – Online Khabar https://ift.tt/2Lxtofu
via IFTTT
Powered by Blogger.