समाचार
१८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न उपचुनावको समिक्षा, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु […]
१८ मंसिर, सिराहा । सिराहाको प्रहरी कार्यालयको हिरासतबाट फरार भएका आठ जना मध्ये तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सिराहाकै बिभिन्न स्थानबाट पक्राउ गरिएको छ । गत मंसीर १४ इलाका प्रहरी कार्यालय महेशपुर पतारीको थुनुवा कक्षमा रहेका आठ जना थुनुवाहरु फरार भएका थिए । हिरासत कक्षको उत्तरतर्फको गेटको ताला तोडेर उनीहरु फरार भएका थिए […]
१८ मंसिर, विराटनगर । सात हजार रूपैयाँ घुससहित विराटनगरबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेग क्षेत्रीय कार्यालय इटहरीको टोलीले असई दाहाललाई बुधबार साँझ विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको हो । विराटनगरकाे गुद्री बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै सातहजार घुस लिने क्रममा मोरङ प्रहरीको सिआरभी टाेली इन्चार्ज […]
१८ मंसिर, विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले पत्रकार राष्ट्रका मात्रै नभइ अन्तर्राष्ट्रियसमेत हुने कुरालाई ख्याल गर्दै विश्वभरमा नेपाली पत्रकारितालाई विश्वसनीय बनाउने जिम्मेवारी स्वयम् पत्रकारको हुने धारणा राखेका छन् । तीनै तहका सरकारलाई चलायमान, सबै राजनीतिक दललाई जनउत्तरदायी बनाउन सके मात्रै प्रेसले पाएको भूमिका स्थापित हुनेमा उनले जोडसमेत दिए । प्रेस काउन्सिल […]
१८ मंसिर, काठमाडौं । भरतपुर महानगरलाई सडक मानवमुक्त सहर घोषणा गरिएको केही महिनापछि अब सबैभन्दा पुरानो महानगर काठमाडौं महानगरपालिकालाई पनि सडक मानव मुक्त घोषणा गरिने भएको छ । सडकमा दुःखी र असहाय कोही नभेटिउन् भन्ने उद्देश्यले अभियान शुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार ५ औं महानगर दिवसको अवसर पारेर यस्तो अभियानको शुभारम्भ गरिने […]
१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंकाले १-१ को बराबरी खेलेको हो । खेलमा नेपालले ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा नेपालले गाेलका लागि अन्य अवसर सिर्जना गरे पनि […]
१८ मंसिर, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनअपेक्षा अनुरुप काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बुधबार मन्त्री बस्नेतले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा गर्न असम्भव रहेको बताए । ‘काम गराइको पुरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन […]
१८ मंसिर, काठमाडौं । पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी विधेयक २०७५ मा ब्यापक हेरफेर गरिएको छ । १० पुस २०७५ मा संसद सचिवालयमा दर्ता भएको यो विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन पटक पुनर्लेखन गरिसकेको छ । तेस्रोपटक पुनर्लेखन गरिएको विधेयकमाथि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबारदेखि छलफल सुरु भएको छ । पारमाणविक पदार्थसम्बन्धी […]
१८ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई आसन्न अंग्रेजी नयाँ वर्ष र क्रिसमसको बिदा नेपालमै मनाउन आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष सचिवालयले बुधबार नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुसँग गरेको छलफलमा मन्त्री भट्टराईले क्रिसमस र नयाँ वर्ष नेपालमै मनाउन अनुरोध गरेको हो । मन्त्री भट्टराईले नेपाललाई सन् […]
१८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा आए पनि स्थानीय तहका कामकारबाहीमा पार्टीको निगरानी र नीति निर्देशन कमजोर भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकमा उपचुनावको सामान्य समीक्षा भए पनि तल्ला कमिटीबाटै वस्तुगत रिपोर्ट मगाउने भन्दै मंसिर २३ गते अर्को बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले […]
१८ मंसिर, काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको एक प्रहरी वरिष्ठ उपरीक्षकले अनलाइनखबरलाई बताए । अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए […]
१८ मंसिर, काठमाडौं । उद्योग र कृषि मन्त्रालयमा आएका नयाँ मन्त्रीसँग नयाँ आशा राख्दै यतिबेला एक दर्जन उखु किसान प्रतिनिधि सिंहदरबार चहारिरहेका छन् । उनीहरुको गुनासो छ- पैसा र पसिना बगाएर उब्जाएको उखु कति खेतमै सुक्यो, बिक्री भएको उखुको पनि तीन वर्षदेखि पैसा पाइएन । शरिरमा एकसरो कपडादेखि औषधि र मरमसला समेतको जोहो गर्ने एक […]
१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्यो । बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को […]
१८ मंसिर, काठमाडौ. । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती मगर चयन भएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रथम अधिबेशनले भूपेन्द्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्मरत्न थापा र करिष्मा चौधरी, महासचिवमा सन्तोष घर्ती, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा […]
१८ मंसिर, काठमाडौं । धरान उपहानगरपालिका प्रमुखका लागि भएको उपचुनाव हारेको दुई दिनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपमहानर कमिटीले संसदीय दललाई निर्देशन दियो, ‘तत्काल करका दर घटाऊ । निर्वाचनका क्रममा जनताको घरदैलोमा जाँदा करबारे धेरै गुनासो र असन्तुष्टी पाइएकाले आर्थिक वर्ष २०७६/७७ का लागि उपमहानगरले लागू गरेको करको दर पुनरावलोकन गर्नुपर्ने नेकपा धरान निर्वाचन […]
१८ मंसिर, गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका कार्कीको शव दुर्घटना स्थल भन्दा केही तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर–४ […]
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । यो नेपालको १३औं सागमा २९औं र सागको इतिहासमा भने १००औं […]
१८ मंसिर, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनी जस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् । भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय […]
१८ मंसिर, काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सांगीतिक रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’ यतिबेला उत्कर्षमा छ । दोस्रो संस्करण अन्र्तगत सञ्चालन भइरहेको यो प्रतियोगिताको आगामी शनिबार अन्तिम छिनोफानो हुँदैछ । अन्तिम प्रतिस्पर्धाका लागि चार जना प्रतियोगी मैदानमा छन् । यसमध्येका एक हुन्, राम लिम्बु । झापाका राम कसरी भ्वाइस अफ नेपालमा आइपुगे […]
लोकप्रिय सांगीतिक रियलिटी शो ‘भ्वाइस अफ नेपाल–२’का प्रतिस्पर्धी हुन्, आरिफ राउफ । यो प्रतियोगितामा आरिफको दोस्रो इनिङ हो । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भ्वाइस अफ नेपाल’को पहिलो संस्करणमा उनको यात्रा प्रारम्भमै टुंगियो । ब्लाइन्ड राउन्डबाट बाहिरिएका आरिफ यसपालि भने अन्तिम चारसम्म पुगेका छन् । अहिले यो मञ्चबाट पछाडि फर्केर हेर्दा उनले आफ्नो संगीत–यात्रालाई कस्तो […]
१८ मंसिर, काठमाडौं । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर-पोखरा सिधा उडानको तयारी गरेको छ । कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं आइरहने झण्झट हट्ने भएको छ । पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर जान सक्ने भएका छन् […]
from समाचार – Online Khabar https://ift.tt/2rfOqZb
via IFTTT





















