Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नयाँदिल्लीमा आगलागी, ३२ जनाको मृत्यु

२२ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक घरमा रहेको गाेदाममा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको घरमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्सिएर भएको उल्लेख गरेका छन् । दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका […]

किम्फ २५ मंसिरदेखि, २९ देशका ६६ फिल्म प्रदर्शन गरिने

२२ मंसिर, काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २५ मंसिरबाट सुरु हुने भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजित महोत्सव २९ मंसिरसम्म सञ्चालन हुने आयोजक हिमाल एसोसियसनले जनाएको छ । महोत्सवमा नेपाली पानारोमाअन्तर्गत १४ र २९ देशका ६६ फिल्म प्रदर्शन हुँदैछ । ६९ देशबाट प्राप्त ४ सय २७ फिल्ममध्ये छनोटमा […]

भारोत्तोलन खेलाडी कमल अधिकारीले सन्यास लिँदै

२२ मंसिर, पाेखरा। भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले आइतबार सन्यास लिने भएका छन् । आइतबार मध्याह्न १२ बजे भारोत्तोलनबाट आफूले सन्यासको घोषणा गर्न लागेको अधिकारीले बताए । २००६ को सागमा स्वर्ण जितेका ४२ वर्षे अधिकारीले १३ औं सागमा भने काश्य पदक जितेका थिए । काश्य पदक लिएलगत्तै सन्यासको घोषणा गर्ने उनको तयारी थियो । त्यतिबेला आयोजकको […]

अवैध ढंगले विदेशी च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गरिँदै

२२ मंसिर, काठमाडौं । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो । क्लिन फिड लागू गर्ने […]

भन्सार छलेर ल्याइएका करिब ११ लाख बराबरका कपडा बरामद

२२ मंसिर, रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता–कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको छ । भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका–६, सेढवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । २ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र […]

मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

लिओनल मेस्सीले ३५ औं ह्याट्रिक गर्दा बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको हो । ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ । घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि […]

फुटबलमा फाइनल पुग्न नेपाल र बंगलादेश भिड्दै, नेपालले बराबरी खेले पुग्ने

२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ । […]

१३ औं सागमा आजदेखि जुडो शुरु हुँदै

२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने जुडोमा केही खेलको स्वर्ण छिनोफानो हुनेछ । जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ […]

सुनसरीको इटहरी चोकमा आगलागी

२२ मंसिर, धरान । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको […]

लिभरपुल अपराजित, म्यानचेष्टर डर्बीमा युनाइटेडको शान

२२ मंसिर, काठमाडौं । लिभपुरलले यस सिजन प्रिमियर लिगमा अपराजित यात्रा कायम राख्दै शनिवार भएको खेलमा बर्नमाउथलाई ३-० ले पराजित गरेको छ । लिभरपुलका लागि एलेक्स च्याम्बरलाइनले ३५औं नेबी काइटाले ४४औं र मोहम्मद सालाहले ५४औ मिनेटमा गोल गरे । जितपछि लिभरपुलले अपराजित यात्रालाई १६ खेलसम्म पुर्याएको छ भने ४६ अंक जोड्दै शीर्ष स्थानमा आसिन छ […]

जनशक्ति अभाव झेल्दै खाद्य प्रविधि कार्यालय

२२ मंसिर, बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा जनशक्ति र साधनस्रोत अभावमा पिल्सिएको छ । गण्डकी प्रदेशका ११ र प्रदेश ५ का ६ समेत १७ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयको जनशक्ति र साधनस्रोत एउटा जिल्ला हेर्ने सरकारी कार्यालयको जत्ति पनि छैन । २०५७ मा स्थापना भएको क्षेत्रीय […]

विश्व युवा संगठनको उपाध्यक्षमा युवा संघ नेपाल

२२ मंसिर, काठमाडौं । विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए । संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ […]

आज श्रीमदभागवत् गीता जयन्ती मनाइँदै

२२ मंसिर, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीका अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२७ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र […]

छापामा आज : अकुत सम्पत्ति आर्जन गर्ने राजस्व कर्मचारीको विवरण अख्तियारमा

२२ मंसिर, काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले हासिल गरेको उपलब्धि आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेकका सामग्रीमा भने विविधता छ । कुनैले दुर्घटनाका क्षतिबारे सोधीखोजी गरेका छन् भने केहीले गुप्तचरले अख्तियारमा बुझाएको राजस्व कर्मचारीको विवरणबारे चर्चा गरेका छन् । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले अकुत सम्पत्ति […]

गौरिका सिंह स्वर्णबाट चुकिन्

२१ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् । शनिबार सातदोबाटोस्थित स्विमिङ भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । उनी भारतकी मन्ना राजिव पटेलभन्दा एक सेकेण्ड भन्दा कम समयले पछि परेकी हुन् । पटेलले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण […]

काठमाडौंका स्मार्ट डस्टविन महानगरवासीले देखेनन् !

२१ मंसिर, काठमाडौं । ‘ए यो फोहोर फाल्ने ठाउँ हो ? मलाई त थाहै थिएन,’  माइतीघरमा पैदल लम्किरहेका उत्तमबहादुर गजमेर भन्दै थिए । माइतीघरबाट भद्रकालीतर्फ जाने एकतर्फी सडकको मुख नजिकै राखिएको डस्टबिनबारे हामीले उनलाई सोधेका थियौ । सडकको किनारामा सोलार बत्तीसहित राखिएको चिट्टिक्क परेको स्मार्ट डस्टबिनलाई उनले चार्जिङ स्टेसन भन्ठानेका रहेछन् । ‘म बसन्तपुर भन्दा […]

भाग्यले जुरेको सागमा स्वर्ण !

२१ मंसिर, काठमाडौं । वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा म्याराथनमा दौडिएका किरण सिंह बोगटी तेस्रो भएका थिए । त्रिभुवन आर्मीका कृष्ण बस्नेतले स्वर्ण जित्दा कर्णाली प्रदेशका दुर्गा बुढाले रजत जितेका थिए । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि २८ जेठमा बन्द प्रशिक्षण सुरु भयो । राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो भएका धावकहरुलाई बोलाइयो । तेस्रो […]

अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा

२१ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताए । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले […]

मलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो : वामदेव

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको उनले सुनाए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा […]

‘होची’ पुष्पाको अग्लिएको कद

२१ मंसिर, काठमाडौं । पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् । १३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी हुन् । यो सागको महिला म्याराथनमा नेपालले जितेको एक मात्र पदक हो । सागमा २०१६ मा भारतमा […]

मन्त्रीको आग्रह-कार्यक्रममा नबोलाउनुस्, काम गर्न दिनुस्

२१ मंसिर, जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् । अझ अहिले संघ र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु शिलान्यास, उद्घाटन, पार्टीको कार्यक्रममा भाषण ठोक्दै हिँडेपछि मन्त्रालयको कामकाज अगाडि बढ्न सकेको छैन् । अन्य मन्त्रीहरुलाई यस्ता गतिविधीमा सरिक हुन […]



from समाचार – Online Khabar https://ift.tt/2qstmhI
via IFTTT
Powered by Blogger.