Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सावित्राले बनाइन् सर्वाधिक गोलको कीर्तिमान

१९ मंसिर, पोखरा । फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् । सावित्राले गरेका गोल १) साफ […]

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह   

१९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् । सहायकमन्त्री र्‍याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक […]

माल्दिभ्स ६ रनमै अलआउट, बंगलादेश २४९ रनले विजयी

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ । शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । उसका निगर सुल्तानाले अविजित ११३ र फार्गाना होकले अविजित ११० रन बनाइन् । जवाफमा मैदान उत्रिएको माल्दिभ्सले […]

अमेरिकी सहायक रक्षामन्त्री नेपालमा, प्रधानसेनापति थापासँग भेटवार्ता

१९ मंसिर, काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभर नेपाल भ्रमणमा आएका छन् । उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । जंगीअड्डामा भएको भेटमा सैन्य सहायताको विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयले भनेको छ, ‘भेटमा उहाँहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि […]

डाेटीमा आगो लगाएर युवतीकाे हत्या गरेको आरोप

१९ मङ्सिर, डोटी । शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाएका छन् । […]

अब छाउगोठमा राख्नेमाथि कारबाही, बुहारीको मृत्युपछि जेठाजु पक्राउ

१९ मंसिर, काठमाडौं । अछामको साँफेबगर नगरपालिकास्थित एक छाउ गोठमा महिलाको मृत्यु भएको सन्दर्भमा परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएपछि प्रहरीले बिहीबारै प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप महिनावारी (छाउपडी)को बेला छाउ गोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई […]

सर्लाहीमा विद्युत सर्ट भएर आगलागी, एक घरमा क्षति   

१९ मंसिर, काठमाडौं ।  सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट […]

पौडीमा एलेक्स र डुवाआले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१९ मंसिर, काठमाडौं । पौडीबाज एलेक्स शाह र डुवाआ लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । एलेक्सले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २०० मिटर फ्रि स्टाइल पुरुषमा शिरिष गुरुङको कीर्तिमान तोडेका हुन् । उनले निर्धारित दूरी २ मिनेट २ दशमलव ३० सेकेण्डमा पुरा गरे । यसअघि शिरिषले १२औं फिना वल्र्डकप २०१४ मा २ मिनेट […]

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

१९ मंसिर, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन । दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका […]

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

१९ मंसिर, काठमाडौं । नवलपरासी(पूर्व) को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् । गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए । […]

९९ रन बनेपछि शतक छोरीलाई समर्पण गर्ने निर्णय गरेँ : ज्ञानेन्द्र मल्ल

१९ मंसिर, काठमाडौं । पछिल्ला खेलहरुमा राम्रो स्कोर बनाउन नसकेका कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार भुटानविरुद्ध शतक प्रहार गरे । १०७ रनमा आउट भएका उनी टी-२० मा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर पनि बनेका छन् । १३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा १०० रन बनाएपछि उनले छोरीलाई शतक समर्पण गरेका छन् । मल्लका दुई महिनाकी […]

आठ विद्यार्थीलाई चार जना शिक्षक

१९ मंसिर, रामेछाप । विद्यालयको भवन पनि चिटिक्क परेको बन्यो । विद्यालय भवनको उद्घाटन पनि निक्कै तामझामका साथ गरियो । तर विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि के गर्नु ? रामेछाप नगरपालिका–८ सल्लेको केवलेश्वर आधारभूत विद्यालय अहिले बेहुला बेहुलीबिनाको जग्य जस्तै भएको छ । सो विद्यायमा पढ्नको लागि दैनिक ८ देखि १० जना विद्यार्थी पनि जाँदैनन् […]

सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद सदस्यबाट पदम वैदिकको राजीनामा

१९ मंसिर, काठमाडौं । न्यायपरिषदका सदस्य पदम प्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् । उनलाई न्याय परिषदमा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो । स्रोतका अनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले […]

ज्ञानेन्द्रको शतकसँगै भुटानमाथि फराकिलो जित

१९ मंसिर, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकसँगै नेपालले भुटानमाथि १४१ रनको फराकिलो जित हात पारेको छ । १३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २३७ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । उसका आरएम दोर्जीले सर्वाधिक २७ रन […]

नीमाले स्वर्ण लगाइदिएपछि भावुक बनिन् आमा

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार स्वर्णका लागि प्रतिस्पर्धा गर्दा उनका आमा-बुवा दर्शकदीर्घामा थिए । लगातार दुई सागमा स्वर्ण जितेपछि नीमाले आफूले पाएको सफलताको श्रेय प्रशिक्षकसँगै अभिभावकलाई दिइन् । ‘सफलताको श्रेय अभिभावकलाई दिन चाहन्छु किनकी उहाँहरूले मलाई कहिल्यै (खेल्न) रोक्नुभएन,’ उनले भनिन् । पदक वितरण समारोह भयो, […]

नेपाल एयरलाइन्सलाई चीनले दियो उडान अनुमति

१९ मंसिर, काठमाडौं । चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो । सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले जानकारी दिए । यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट […]

सागले पर्यटक बढाउने सरकारको विश्वास, विदेशी पत्रकारलाई ब्रिफिङ गरिने

१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि करिब ५ हजार विदेशी पाहुना यतिबेला नेपालमा छन् । उनीहरूमध्ये कोही खेलाडी, कोही प्रशिक्षक, व्यवस्थापक, सञ्चारकर्मी र उच्चपदस्थ सरकारी अधिकारी छन् । दक्षिण एसियाका ७ राष्ट्रबाट उनीहरू नेपालमा आएका हुन् । नेपालले सागको आयोजनालाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन । यो इभेन्टले नेपालको […]

विप्लव समूहका युवा सचिव पक्राउ

१९ मंसिर, गलकोट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनका बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए । सुनार गलकोट […]

६-० को जित निकाल्दै भारत महिला फुटबलको फाइनलमा

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो । अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो । दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हुनेछ । माल्दिभ्सलाई हराए […]

कीर्तिमानी नीमा भन्छिन् : आफ्नै माटोमा स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । ‘सागको १२ औं संस्करणमा पनि स्वर्ण ल्याएकाले मलाई […]

महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे । यसैगरी अनिता ल्हामु शेर्पा […]



from समाचार – Online Khabar https://ift.tt/38acWf6
via IFTTT
Powered by Blogger.