समाचार
१९ मंसिर, गोरखा । चुमनुब्री गाउँपालिका सिर्दिवासका शेरबहादुर गुरुङ १२ बर्षअघि आरुघाट झरेर ०६४ सालमा दश लाख रुपैयाँमा साढे दुई आना जग्गा जोडे । बजारमा एक टुक्रा जमिन किन्नका लागि बाबुवाजेको जग्गा मात्र बेचेनन्, ०५३ सालदेखि खादै आएको जागिरबाट जोहो गरेको रकम पनि खर्च गरे । तर अहिले करिव ९ लाख भन्दा बढी मुआब्जा नपाउने […]
१९ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको हो । […]
१९ मंसिर, काठमाडौं । नवलपरासी(पश्चिम) र पाल्पामा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवा का २५ वर्षीय जयहिन्द नाउँ र धादिङको रोलाङ गाउँपालिका-४ का २६ वर्षीय नेत्र बहादुर विसुन्केको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवास्थित आफ्नै घरमा विद्युतको काम गर्ने क्रममा करेन्ट लाग्दा […]
१९ मंसिर, वीरगञ्ज । वीरगञ्जमा विभिन्न किसिमले सेवा कार्यमा संलग्न हुँदै आएका स्वयंसेवकहरुले जुटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसको अवसरमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । वीरगञ्जमा बसेर समाजका विभिन्न क्षेत्रमा निस्वार्थ भावनासहित मन, वचन र कर्मले सेवा गर्नेहरुले जुटेर काम गर्ने भन्दै ऐक्यबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । ‘स्वयं […]
१९ मंसिर, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनका पक्षमा रहेको बताएका छन् । कांग्रेस चितवनले बिहीबार यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडाध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा उनले जसले विधि मान्यो, त्यसैलाई जनताले छानेको बताए । उपनिर्वाचनमा कांग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उनले सरकारप्रति […]
१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले स्वर्ण पदक दिलाएकी हुन् ।
१९ मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिले नेपाल इन्जिनियरिङ परिषद् विधेयक २०७६ लाई पुनर्लेखन गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विश्वविद्यालय ऐनसँग बाझिने गरी विधेयक ल्याएको भन्दै आलोचना भएपछि समितिले अन्य ऐनसँग नबाझिने गरी पुनर्लेखन गर्न भनेको हो । इन्जिनियरिङको पाठ्यक्रम र विद्यार्थी भर्नाको आधार तोक्ने र सो को अनुगमन र मुल्याङ्कन गर्ने […]
१९ मंसिर, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले । कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध भएर हेरिरहेका थिए । प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै […]
१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् । बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए । यससँगै नेपालले […]
१९ मंसिर, परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्” […]
१९ मङ्सिर, धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल […]
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]
१९ मंसिर, बुटवल । आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बुटवल उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसको लागि उप–महानगरपालिकाले सबै वडाअध्यक्ष आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकारको सामान्य प्रशासन मनत्रालयका विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारहरूसँग बिहीबार बुटवलमा स्थानीय आपतकालिन कार्यसञ्चालन सम्बन्धी कार्यशाला राखेर […]
१९ मंसिर, काठमाडौं । पौडीबाज गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जितेकी छन् । बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् । यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो । […]
१९ मंसिर, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । मुलुक भित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि […]
१८ मंसिर, वीरगञ्ज । राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तर क्षेत्रबाट बलि प्रथाको विरोध भइरहेको छ । र पनि, गढीमाई मेलामा एकपटक हजारौं पशुको बलि रोकिएको छैन । हिन्दूहरुले आ–आफ्ना चलनअनुसार, विभिन्न शक्तिपीठमा पशुबलि दिन्छन् । तर, गढीमाईलाई जति धेरै बलि अन्त दिइँदैन । विश्वमा माछामासु खानेकै संख्या अधिक छ । खानकै लागि दिनहुँ लाखौं पशुपंक्षी काटिन्छन् । ‘शाकाहारी […]
१९ मंसिर, काठमाडौं । जम्मु कश्मिरमा अनुच्छेद ३७० खारेज गरेर दुईवटा केन्द्र शासित प्रदेश बनाएलगत्तै अब भाजपा नेतृत्वको केन्द्र सरकार विवादित नागरिकता संशोधन विधेयक पारित गरेर पूर्वोत्तर भारतका जनतासँग भिड्न तयार भएको छ । मोदी क्याबिनेटले नागरिकता संशोधन विधेयकलाई स्वीकृत गरेको छ । अब आगामी हप्ता यो विधेयक संसदमा पेश हुने भारतीय सञ्चारमाध्यमले लेखेका छन् […]
१९ मंसिर, पोखरा । सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकको मद्धतले माल्दिभ्सलाई हराएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नुअघि उसैसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा […]
१९ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ समितिको बिहीबार बसेको बैठकमा नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने विषयमा सहमति जुटाएको हो । समितिले जुटाएको उक्त सहमति विधेयकको दफा २१ मा लेखिने […]
१९ मंसिर, काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानले अर्को सनसनपूर्ण जित निकालेको छ । बिहीबार भएको खेलमा भुटानले बलियो टोली माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो । यसअघि भुटानले बंगलादेशलाई पनि हराएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भुटानले अग्रता […]
१९ मंसिर, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले इराकमा रहेका नेपालीको सुरक्षामा गम्भीर भइदिन नेपालका लागि इराकका राजदूतसँग आग्रह गरेका छन् । नवनियुक्त गैरआवासिय राजदूत डा. फलाह अब्लुल्हसन अब्दुलसदाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा थापाले इराकमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार जवाफमा राजदूत अब्लुल्हसनले इराकमा रहेका […]
from समाचार – Online Khabar https://ift.tt/2OPyMwK
via IFTTT






















