समाचार
१९ मंसिर, काठमाडौं । न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् । उनलाई न्याय परिषदमा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो । स्रोतका अनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले परिषदबाट […]
१९ मंसिर, काठमाडौं । चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो । सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले जानकारी दिए । यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट […]
१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि करिब ५ हजार विदेशी पाहुना यतिबेला नेपालमा छन् । उनीहरूमध्ये कोही खेलाडी, कोही प्रशिक्षक, व्यवस्थापक, सञ्चारकर्मी र उच्चपदस्थ सरकारी अधिकारी छन् । दक्षिण एसियाका ७ राष्ट्रबाट उनीहरू नेपालमा आएका हुन् । नेपालले सागको आयोजनालाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन । यो इभेन्टले नेपालको […]
१९ मंसिर, गलकोट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनका बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए । सुनार गलकोट […]
१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो । अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो । दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हुनेछ । माल्दिभ्सलाई हराए […]
१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । ‘सागको १२ औं संस्करणमा पनि स्वर्ण ल्याएकाले मलाई […]
१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे । यसैगरी अनिता ल्हामु शेर्पा […]
१९ मंसिर, डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ का अन्दाी २१ वर्षीय आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोरायलले जनाएको छ । मगर […]
१९ मंसिर, मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको ठानिए पनि यकिन भइसकेको छैन […]
१९ मंसिर, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आफूमातहतका ५ निकायमा ८ पदाधिकारी माग गरेको छ । यसअघिको दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशक, दुग्ध विकास संस्थानको महाप्रबन्धक, कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडको रिक्त प्रबन्ध सञ्चालकका लागि गरिएको विज्ञापन भने रद्द गरिएको छ । मन्त्रालयले बिहीबार ५ निकायमा अध्यक्ष, […]
१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरे । आफ्नो खराब फर्म बिर्सदै ज्ञानेन्द्र कमजोर भुटानमाथि हावी भएका थिए । अन्तर्राष्ट्रिय टि–२० मा यो […]
१९ मंसिर, काठमाडौं । १३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि-२० मा यो उनको पहिलो शतक हो । कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर्ा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र […]
१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ । नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो […]
१९ मंसिर, काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत-संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले […]
१९ मंसिर, काठमाडौं । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ । औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो । आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क गर्न निर्देशन दिएको छ । […]
उनी बितेको दिन आज । अघिल्लो रात उनले आफैं मरेको सपना देखेकी देखेनन् कुन्नी ? तर उनी सबैलाई भावविह्वल बनाई बिती गए । उनी अर्थात् स्वरसम्राट नारायण गोपाल । नेपाली सुगम संगीतका एक कालजयी शिल्पी, एउटा युग जसका अनगिन्ती गीतहरु आज पर्यन्त जीवित छन् र यो जग रहेसम्म जीवितै रहनेछन् । जीवित छँदा हामीले उनको […]
१९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ । सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको […]
१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत आज तेक्वान्दोको अन्तिम खेलहरू हुने भएका छन् । कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुनेछ । तेक्वान्दोमा अहिलेसम्म २३ स्वर्णको निर्णय हुँदा नेपालले ११ स्वर्ण जितिसकेको छ । त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म […]
१९ मंसिर, विराटनगर । अघिल्लो आर्थिक वर्षमा लक्ष्यअनुरूप बजेट खर्च गर्न नसकेको प्रदेश १ सरकार चालु आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा पनि गति पक्डन सकेको छैन । उसले चालु आवको पहिलो चार महिनामा ६ दशमलव ५१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । कुल ४२ अर्ब २० करोड ४ लाख १२ हजारमध्ये कात्तिक मसान्तसम्म […]
१८ मंसिर, काठमाडौं । लिम्पियाधुरासहित कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्साविरुद्ध नेपालले कूटनीतिक नोट पठाएको तीन साता बितेको छ । तर भारतले अहिलेसम्म कुनै जवाफ दिएको छैन । बुधबार सीमा बचाऔं अभियानका प्रतिनिधिहरुसँग भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पठाएको ‘कूटनीतिक नोट’को भारतबाट कुनै जवाफ नआएको पुष्टि गरेका हुन् । भारतले […]
१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्यो । बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को […]
from समाचार – Online Khabar https://ift.tt/2LlUczd
via IFTTT






















