Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आन्दोनलरत विद्यार्थीद्वारा परीक्षा बहिष्कार

१८ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रश्नपत्र समेत जलाएका […]

विदेशीको दानापानी खाएकाले मुलुकलाई प्रयोगशाला बनाए : मन्त्री कार्की

१८ मंसिर, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको बताएका छन् । मन्त्री कार्कीले नेपालको शिक्षा स्वाथ्य तथा कानून सम्बन्धी नीतिलाई अप्ठयारो दाबी छ । विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भारतीय नयाँ नक्साको विरोधमा नेविसंघद्वारा चक्काजाम

१८ मंसिर, बुटवल । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बुधबार बुटवलमा चक्काजाम गरेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनुपर्ने र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले बुटवलको मिलनचोकमा प्रदर्शन गरेको हो । कार्यक्रममा रुपन्देहीका बिभिन्न क्याम्पसबाट सहभागी भएर आएका विद्यार्थीहरु […]

इमरजेन्सी अगाडि उपचार पर्खंदै बेवारिसे दुई बिरामी

१८ मंसिर, विराटनगर । सरकारी स्वामित्वमा रहेको कोसी अस्पतालको इमरजेन्सी वार्ड अगाडि दुई बेवारिसे बिरामी बसेको तीन दिनभयो । इमरजेन्सी वार्ड अगाडिको बाटोमा चिकित्सकको ओहोर दोहोर बाक्लो हुन्छ । चिकित्सकले देख्ने गरी बाटोमा बसेका दुई बेवारिसे बिरामी उपचार पाइन्छ की भन्ने आशामा छन् । तर तीन दिन भयो उनीहरुको उपचारमा अस्पतालले चासो दिएको छैन । […]

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

१८ मंसिर, धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी  धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा […]

बुटवलमा विद्युतीय बस एसेम्बल गर्ने सुन्दरको योजना

१८ मंसिर, बुटवल । नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालि सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ । बुटवलको मोतिपुरमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रमा चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके कम्पनी तथा सुन्दर यातायात प्रालिले संयुक्त रूपमा विद्युतीय बस उत्पादन गर्ने तयारी […]

पेशी छिटो राख्ने भन्दै सर्वोच्च अदालतका कर्मचारीले लिए घुस

१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए । विशेष अदालत, काठमाडौंको […]

गढीमाई : अतिथिले भरिएको एउटा गाउँ

१८ मंसिर, बारा । पाँच वर्षको अन्तरालमा लाग्ने बाराको प्रसिद्ध गढीमाई मेलाले गर्दा बाराका अधिकांश बस्तीहरु पाहुनाले भरिएका छन् । महागढीमाई नगरपालिकाका अधिकांश घरमा साविकको भन्दा पाँच गुणासम्म बढी पाहुना रहेको स्थानीय बताउँछन् । गढीमाईको मन्दिर दर्शन गर्न र मेला हेर्न छिमेकी जिल्लाबाट मात्रै होइन, भारतको बिहार, उत्तरप्रदेश लगायतका स्थानहरुबाट पनि भक्तजनहरु आएका छन् । […]

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता

१८ मंसिर हेटौंडा (मकवानपुर) । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश नं ३को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । प्राधिकरण व्यवस्थापनले बुधबार प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत रहेका ६ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग […]

चौथोलाई स्वर्ण दिन खोज्दा विवाद !

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चौथो दिन एकाएक उसु खेलका क्रममा विवाद भयो । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिए, दर्शकले पानीको बोतल फाले । कारण थियो, चौथोलाई स्वर्ण दिन खोज्नु । उसु थाउलोको पुरुष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा […]

मालपोत कार्यालय भक्तपुरका नासु र कार्यालय सहयोग घुससहित पक्राउ

१८ मंसिर, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा […]

नारायणी नदीमा गैंडा मृत फेला   

१८ मंसिर, चितवन । भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा बुधबार बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९:३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा […]

साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ । बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका […]

कोशी टप्पुबाट लगिएका हात्तीको बदला प्रदेश सरकारले माग्यो गैंडा

१८ मंसिर, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरिएका हात्तीको सट्टामा प्रदेश १ सरकारले गैंडा मागेको छ । अर्ना र चराचुरुङ्गीहरुका कारण प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश सरकारले पहिलोपटक गैंडा राख्न चाहेको हो । कोशी टप्पुमा १० वटा माउ हात्तीको दरबन्दी रहेकामा यहाँबाट ५ माउ हात्ती सौरहा लगिएको थियो । कोशी टप्पुको दरबन्दी […]

प्रिन्टर चलाउन सिक्ने भन्दै यूरोप घुमेर फर्कियो सहसचिवको टोली, मेसिन भने चलेन

१८ काठमाडौं । यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिना बित्यो । यही मेसिन चलाउन सिक्ने भन्दै भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवहरुको टोली यूरोप घुमेर फर्केको पनि तीन हप्ता भइसक्यो । तर, मेसिन अझै चलेको छैन । विभागले मेसिन छपाइका लागि तयारी अवस्थामा रहेको बताएको एक महिनाभन्दा बढी हुँदा पनि […]

अनुपमाले दिवंगत आमालाई समर्पण गरिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । कराँतेकी अनुपमा मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । अनुपमाले दिवंगत आमालाई स्वर्ण पदक समर्पण गरेकी छन् । उनको यो पहिलो साग हो । डेब्यू सागमा स्वर्ण सुखद हो । त्यसमाथि एसियन गेम्समा काश्य पदक विजेतालाई हराउन पाउनु अर्को सुखद संयोग रहृयो । ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी […]

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन नेकपाको निर्देशन

१८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । मंसिर २३ […]

उसुमा दीपक हमालले जिते स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् । हमालले पहिलो सागमा नै स्वर्ण जितेका हुन् । ‘सागमा स्वर्ण जित्ने सपना आज […]

सडक विस्तारको क्रममा गोदावरीमा एक्स्काभेटर चालकमाथि आक्रमण

१७ मंसिर, काठमाडौं । सडक विस्तारको काम चल्दै गर्दा गोदावरीमा एक्स्काभेटर ड्राइभर कुटिएका छन् । गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा-समामान्तर जेभीका एक्स्काभेटर चालक सन्तोष कोइराला कुटिएका हुन् । सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण […]

अनुपमाले जितिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । कराँते खेलाडी अनुपमाले मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ । अहिले १३ औं साग […]

मिक्स ट्रायथोलनमा भारतले जित्यो स्वर्ण, नेपालले रजत

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मिक्स ट्रायथोलनमा नेपालले रजत पदक जितेको छ । पोखरा लेकसाइडमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा समेटिएको हो । मिक्स ट्रायथोलनमा नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारुको समूहले प्रतिस्पर्धा गरेको थियो । खेलमा भारतले स्वर्णमा बाजी मारेको छ […]



from समाचार – Online Khabar https://ift.tt/383oXmr
via IFTTT
Powered by Blogger.