Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विश्व युवा संगठनको उपाध्यक्षमा युवा संघ नेपाल

२२ मंसिर, काठमाडौं । विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए । संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ […]

आज श्रीमदभागवत् गीता जयन्ती मनाइँदै

२२ मंसिर, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीका अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२७ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र […]

छापामा आज : अकुत सम्पत्ति आर्जन गर्ने राजस्व कर्मचारीको विवरण अख्तियारमा

२२ मंसिर, काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले हासिल गरेको उपलब्धि आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेकका सामग्रीमा भने विविधता छ । कुनैले दुर्घटनाका क्षतिबारे सोधीखोजी गरेका छन् भने केहीले गुप्तचरले अख्तियारमा बुझाएको राजस्व कर्मचारीको विवरणबारे चर्चा गरेका छन् । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले अकुत सम्पत्ति […]

गौरिका सिंह स्वर्णबाट चुकिन्

२१ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् । शनिबार सातदोबाटोस्थित स्विमिङ भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । उनी भारतकी मन्ना राजिव पटेलभन्दा एक सेकेण्ड भन्दा कम समयले पछि परेकी हुन् । पटेलले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण […]

काठमाडौंका स्मार्ट डस्टविन महानगरवासीले देखेनन् !

२१ मंसिर, काठमाडौं । ‘ए यो फोहोर फाल्ने ठाउँ हो ? मलाई त थाहै थिएन,’  माइतीघरमा पैदल लम्किरहेका उत्तमबहादुर गजमेर भन्दै थिए । माइतीघरबाट भद्रकालीतर्फ जाने एकतर्फी सडकको मुख नजिकै राखिएको डस्टबिनबारे हामीले उनलाई सोधेका थियौ । सडकको किनारामा सोलार बत्तीसहित राखिएको चिट्टिक्क परेको स्मार्ट डस्टबिनलाई उनले चार्जिङ स्टेसन भन्ठानेका रहेछन् । ‘म बसन्तपुर भन्दा […]

भाग्यले जुरेको सागमा स्वर्ण !

२१ मंसिर, काठमाडौं । वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा म्याराथनमा दौडिएका किरण सिंह बोगटी तेस्रो भएका थिए । त्रिभुवन आर्मीका कृष्ण बस्नेतले स्वर्ण जित्दा कर्णाली प्रदेशका दुर्गा बुढाले रजत जितेका थिए । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि २८ जेठमा बन्द प्रशिक्षण सुरु भयो । राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो भएका धावकहरुलाई बोलाइयो । तेस्रो […]

अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा

२१ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताए । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले […]

मलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो : वामदेव

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको उनले सुनाए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा […]

‘होची’ पुष्पाको अग्लिएको कद

२१ मंसिर, काठमाडौं । पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् । १३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी हुन् । यो सागको महिला म्याराथनमा नेपालले जितेको एक मात्र पदक हो । सागमा २०१६ मा भारतमा […]

मन्त्रीको आग्रह-कार्यक्रममा नबोलाउनुस्, काम गर्न दिनुस्

२१ मंसिर, जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् । अझ अहिले संघ र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु शिलान्यास, उद्घाटन, पार्टीको कार्यक्रममा भाषण ठोक्दै हिँडेपछि मन्त्रालयको कामकाज अगाडि बढ्न सकेको छैन् । अन्य मन्त्रीहरुलाई यस्ता गतिविधीमा सरिक हुन […]

मेक्सिकन वेभ, भाइकिङ क्लाप र नेपालको जित

२१ मंसिर, काठमाडौं । लामो समयपछि दशरथ रंगशाला दर्शकले भरियो । करिब १५ हजार दर्शकका अगाडि नेपालले माल्दिभ्सविरुद्ध पुनरागमन जित निकाल्यो । १३औं  दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनलमा पुग्न नेपाललाई माल्दिभ्सविरुद्ध जित आवश्यक थियो । तर नेपालले सुरुमै गोल खाएको थियो । तर दर्शकको साथ पाएको नेपाली टोली रत्तिभर डगमगाएन र २-१ को […]

चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं । चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् । चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । घटनामा परी […]

महिला क्रिकेटमा नेपालले काश्य जित्यो

काठमाडौं । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद -साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन […]

फुटबल समर्थकको नारा : लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो

२१ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् । फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ । दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान्, गोल हान् ।’ बल […]

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

२१ मंसिर, काठमाडौं । ‘हामीलाई शुरुमै गोल खायौं, तर मलाई केटाहरुले गोल फर्काएर जिताउँछ भन्ने विश्वास थियो’, १३औं दक्षिण एसियाली खेलकुद -साग) अन्तर्गत शनिबार माल्दिभसलाई २-१ ले पराजित गरेपछि गोलकिपर विकेश कुथुको भनाइ हो यो । दशरथ रंगशालमा भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै मालदिभ्सलाई २-१ ले हरायो । र, फाइनलमा पुग्ने […]

विश्वचर्चित दुई साहित्यकारको प्रेमकथा : ‘डिभाइन कमेडी’ भर्सेस ‘ह्युमन कमेडी’

धार्मिक भावले जकडिएको समाजलाई चुनौती दिएर १३ औं शताब्दीमा इटालियन साहित्यकार अलिघेरी दाँतेले आफ्नी असफल प्रेमिकाको बखानमा ‘डिभाइन कमेडी’ को चर्चा गरे । एउटा असफल प्रेमीले लेखेको सो रचनाको अधिकांश भाव उनकी त्यही प्रेमिकाको बखानमा केन्दि्रत थियो । दैविक सुखान्तको ९ तहमध्ये सबैभन्दा उच्च बिन्दूमा उनले आफ्नी प्रेमिकाको नाम लेखेपछि त्यो कट्टर धार्मिक समाजले उनको […]

विनय सरका दुई सपना !

‘तपाईँसँग जरुरी कुरा गर्नुछ । फुर्सद भए आउनुस् न ।’ दुई वर्षअघि बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानलाई एकाबिहानै फोन आयो । ०३२ सालदेखि परिचित साहित्यकार विनय कसजूको निमन्त्रणालाई अस्वीकार गर्ने कुरै भएन । बरु भेट हुनेवित्तिकै कसजूले व्यक्त गरेको कुराले भने असहज महसुस गरायो । ‘अब म कति दिन बाँच्छु र ?’ […]

वैदेशिक रोजगारीमा मानव तस्करी बढ्यो, प्रहरी र विभागवीच खटपट

२१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचविखन रोक्न सहकार्यका लागि वैदेशिक रोजगार विभागले गरेको प्रस्तावलाई प्रहरीले अटेर गरेको विभागका अधिकारीहरुको गुनासो छ । प्रहरीले भने यसमा विभागसँग सहकार्य भइरहेको दाबी गरेको छ । वैदेशिक रोजगार विभागले केही महिनाअघि नै प्रहरीलाई मानव बेचविखन नियन्त्रण र अन्य साझा मुद्दाहरुमा सहकार्य गर्न समझदारी (एमओयू) का […]

क्रिकेटमा नेपालको स्वर्ण सम्भावना सकियो

२१ मंसिर, काठमाडौं । नेपाल, बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको छ । र, १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पुरुष क्रिकेटको फाइनल पुग्न असफल रहृयो । यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ […]

महिला फुटबलमा माल्दिभ्सले जित्यो काश्य

२१ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २-१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो । आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन् । […]

म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते […]



from समाचार – Online Khabar https://ift.tt/38hD8V1
via IFTTT
Powered by Blogger.