Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने

२० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ । मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका-४ निवासी २५ […]

ट्रम्पले भने- चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ

२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् । ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् । […]

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]

‘प्रधानमन्त्रीलाई छैन संसद विघटन र मध्यावधि घोषणाको अधिकार’

१९ वैशाख, काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् । संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा […]

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

१९ वैशाख, काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रूपन्देहीकाे कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका […]

अछाममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

१९ वैशाख, डोटी । अछाम जिल्ला अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पाइएको छ । अछाम जिल्ला, मंगलसेन नगरपालिका—५ घर भएकी ५१ बर्षीया महिलाको बिहीबार मृत्यु भएको थियो । उनको सुर्खेतको प्रयोगशालामा गरिएको कोरोना संक्रमणको परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले बताए । उनले भने […]

मजदुर दिवसको शुभकामना !

१९ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक अधिकारका विषयमा आवाज उठाउँदै यो दिवस मनाइन्छ । अमेरिकामा सन् १८८६ मा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणा ल्याए । त्यसको तीन वर्ष पछि सन् १८८९ मा फ्रान्समा विश्वका मजदुर नेताहरू र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तराष्ट्रिय […]

अब तरकारी किन्दा पनि डिजिटल कारोबार हुनुपर्छ: अनिल शाह

 देशमा लकडाउन भएको एक महिना नाघिसकेको छ । लकडाउनका बेला पनि बैङ्कहरू सुचारु छन् । नागरिकहरूले बैङ्क पुगेर सेवा लिन भने पाएका छैनन् । यस्तो बेला डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गर्दै आएको छ ।प्रविधिमा धेरै पछाडि रहेको नेपालका लागि कोभिड-१९ एउटा अवसरको रुपमा आएको नबिल बैङ्कका सीईओ अनिल केसरी शाह बताउँछन् । केन्यामा […]

सूर्यराज आचार्यलाई प्रश्न – तपाईं नागरिक अगुवा कि नेता ?

१९ वैशाख, काठमाडौं । तीन दिनअघि देशका १० जना नागरिक अगुवाले जारी गरेको अपिललाई लिएर सामाजिक सञ्जालमा निकै बहस भयो । संकटको समयमा सरकार परिवर्तनको खेल खेलिनु खेदजनक रहेको अपिलमा उल्लेख गरिएको थियो । उक्त अपिललाई लिएर सामाजिक सञ्जालमा विविध प्रतिक्रिया आइरहेकै छन् । कतिपयले चाहिँ हस्ताक्षरकर्ताहरुको पृष्ठभूमि र राजनीतिक आवद्धता पनि खोतलेका छन् । […]

उदयपुरका बिरामी अस्पतालबाट फेरि निकालिए

१९ वैशाख, विराटनगर । उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले शुक्रबार पनि बिरामीलाई उपचार नगरी फर्काइदिएको छ । हातको अप्रेशनका लागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षका भीमबहादुर खत्रीलाई शुक्रबार अप्रेशन थिएटरबाटै निकालेको हो । बारीमा घाँस काट्ने क्रममा लडेका खत्रीको देब्रे हात भाँच्चिएको छ । उपचारका लागि बिहीबार नोबलमा […]

ड्राइभरको गुनासो : न भत्ता आउछ, न बिमा नै

१८ वैशाख, काठमाडौं । कोरोनाको महामारी सुरु भएसँगै अत्यावश्यक सेवालाई फ्रन्टलाइन र ब्याकलाइनको रुपमा वर्गीकरण गरियो । कुनैपनि दस्तावेजविना नै गरिएको यो वर्गीकरणले बिस्तारै वैधानिकता पाउँदै गयो । जसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई कोरोनाविरुद्ध फ्रन्ट लाइनका सिपाही मानियो । तर, ज्यानको जोखिम मोलेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी चालकहरूलाई कुन लाइनमा राख्ने ? लकडाउन सुरु भएदेखि […]

पोखरा महानगरले राहत वितरण बन्द गर्ने, मजदुरलाई काम दिने

१९ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले मजदुर र विपन्नलाई राहत वितरण बन्द गरेर काम दिने बताएको छ । मजदुरलाई राहत नभई काम गरेर खाने वातावरण बनाउने मेयर मानबहादुर जीसीले बताए । ‘जति राहत दिए पनि मजदुरको जीवन सहज हुने देखिएन । अब उहाँहरुलाई काममै फर्काउने योजना बनाउँदैछौं । कमाएरै खाने स्थिति बनाइदिँदै छौं’ उनले भने […]

प्रदेश २ मा कोरोना आशंकित १६ जना आइसोलेसनमा

१९ वैशाख, जनकपुरधाम। प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि […]

प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले सुरु गर्‍यो कोरोना परीक्षण

१९ वैशाख, विराटनगर । कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना परीक्षणको काम सुरु गरेको छ । विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याब स्थापना गरी शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद व्यक्तिको स्वाब परीक्षण सुरु गरिएको हो । योसँगै अब प्रदेशमा दैनिक ३ सय जनाको स्वाब परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको […]

गण्डकीमा खुकुलो भयो लकडाउन, निर्माण र उद्योग क्षेत्र सञ्चालन

१८ वैशाख, पोखरा । संघीय सरकारलाई १३ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्ताव गरे, ‘आवागमनलाई ठप्प पारौं । नाकाहरुमा कडाईं गरौं तर आन्तरिक लडडाउन खुकुलो बनाऔं । उत्पादन र निर्माण आयोजनाको काम थालौं ।’ तर संघीय सरकारले २५ वैशाखसम्म लकडाउन गर्ने निर्णय गर्‍यो । संघीय सरकारले खुकुलो नपारे पनि मुख्यमन्त्री गुरुङले प्रदेशले मापदण्ड तयार पारेर लकडाउन […]

कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा

१९ वैशाख, कैलाली । कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई उच्च ज्वरो र खोकी लागेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । उनी चैत्र ६ गते भारतको मुम्बईबाट कैलाली आएका हुन् । […]

चीनको गान्सु प्रान्तले वागमती र प्रदेश-५ लाई दियो स्वास्थ्य सामग्री

१९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले पर्यटनमन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारबाबु अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेको हो । […]

गोल्यान एग्रोले दुबई निर्यात गर्‍यो खरबुजा र मेवा

१९ वैशाख, काठमाडौं । नेपालबाट गोल्यान एग्रोले दुबईमा खरबुजा र मेवा निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा गोल्यान एग्रोले बुधबार नेपालबाट फलफूल आयात गरेको हो । नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपालमा […]

असारपछि उपभोक्तादेखि उद्योगीसम्मका लागि आर्थिक प्याकेज ल्याउँछौं

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउनको घोषणासँगै अर्थतन्त्रमा ठूलो समस्या सुरु भएको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ । बैङ्किङ क्षेत्र पनि लकडाउनबाट प्रभावित छ । समग्र व्यवसायिक क्षेत्र उकास्न बैङ्क तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा नियामक निकाय नेपाल राष्ट्र […]

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ । बुधबार साँझ बसेको सचिवालय […]

एक महिनाअघि भारतबाट आएका थिए नेपालगञ्जका कोरोना संक्रमित

१९ वैशाख, बुटवल । बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ । उनी मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति हुन् । उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णाली अञ्चलका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसंगै क्वारेन्टाइनबाट बसेका थिए । क्वारेन्टाइनमै रहेका बेला भागाभाग […]



from समाचार – Online Khabar https://ift.tt/3b2caRH
via IFTTT
Powered by Blogger.