Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

२० वैशाख कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो  । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै […]

कोरोनाका नक्कली बिरामी अस्पतालमा आउँदा…

२० वैशाख, भक्तपुर । शुक्रबार दिउँसो करिब साढे एक बजे साइरन बजाउँदै ६ वटा एम्बुलेन्स भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा आए । पीपीई लगाएका स्वास्थ्यकर्मीहरुको दौडादौड चल्यो । पीपीई र मास्क लगाएका स्वास्थ्यकर्मीहरुले एम्बुलेन्सबाट बिरामीहरुलाई निकाल्दै स्ट्रेचर र ह्वील चेयरमा राख्न थाले । डाक्टरहरुले सोधपुछ गर्न थाले । कोही एम्बुलेन्स, स्ट्रेचर, ह्वीलचेयर र वरिपरि […]

कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने

२० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ । मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका-४ निवासी २५ […]

सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

२० वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । समाचार […]

ट्रम्पले भने- चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ

२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् । ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् । […]

ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, […]

नेकपा कार्यदलको निष्कर्ष : एमसीसी इन्डो-प्यासिफिककै अंग हो

१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको निष्कर्ष निकालेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका […]

फ्ल्यासब्याकमा बामदेव : जब प्रचण्डले सचिवालयमा ‘भकुण्डो’ छिराए

१९ वैशाख, काठमाडौं । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ भनेर । आफूसहितको भैंसेपाटी गठबन्धनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाउने प्रस्ताव ल्याउँदा […]

प्रचण्ड–माधवलाई साक्षी राखेर दोस्रो तहका नेताले भने– कोही भाग्न पाइँदैन !

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक दर्जन स्थायी कमिटी सदस्यहरु शुक्रबार दिउँसो माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । नेता नेपालले त्यहीँबाट फोन गरेर कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि बोलाए । बालुवाटारमा बुधबार सम्पन्न सचिवालय बैठकको वास्तविकता बुझ्न भन्दै नेपाल निवासमा स्थायी कमिटी सदस्यहरु भेला भएका थिए । उनीहरुले त्यहाँ कार्यकारी अध्यक्ष प्रचण्ड […]

एमसीसीबारे अतिरञ्जित प्रचार भयो : प्रदीप ज्ञवाली

१९ वैशाख, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यदलको प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् । ज्ञवालीले अस्पष्ट भएका केही विषयलाई स्पष्ट पार्दै, प्रतिनिधिसभामार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने मत राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता […]

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]

‘प्रधानमन्त्रीलाई छैन संसद विघटन र मध्यावधि घोषणाको अधिकार’

१९ वैशाख, काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् । संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा […]

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

१९ वैशाख, काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रूपन्देहीकाे कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका […]

अछाममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

१९ वैशाख, डोटी । अछाम जिल्ला अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पाइएको छ । अछाम जिल्ला, मंगलसेन नगरपालिका—५ घर भएकी ५१ बर्षीया महिलाको बिहीबार मृत्यु भएको थियो । उनको सुर्खेतको प्रयोगशालामा गरिएको कोरोना संक्रमणको परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले बताए । उनले भने […]

मजदुर दिवसको शुभकामना !

१९ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक अधिकारका विषयमा आवाज उठाउँदै यो दिवस मनाइन्छ । अमेरिकामा सन् १८८६ मा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणा ल्याए । त्यसको तीन वर्ष पछि सन् १८८९ मा फ्रान्समा विश्वका मजदुर नेताहरू र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तराष्ट्रिय […]

अब तरकारी किन्दा पनि डिजिटल कारोबार हुनुपर्छ: अनिल शाह

 देशमा लकडाउन भएको एक महिना नाघिसकेको छ । लकडाउनका बेला पनि बैङ्कहरू सुचारु छन् । नागरिकहरूले बैङ्क पुगेर सेवा लिन भने पाएका छैनन् । यस्तो बेला डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गर्दै आएको छ ।प्रविधिमा धेरै पछाडि रहेको नेपालका लागि कोभिड-१९ एउटा अवसरको रुपमा आएको नबिल बैङ्कका सीईओ अनिल केसरी शाह बताउँछन् । केन्यामा […]

सूर्यराज आचार्यलाई प्रश्न – तपाईं नागरिक अगुवा कि नेता ?

१९ वैशाख, काठमाडौं । तीन दिनअघि देशका १० जना नागरिक अगुवाले जारी गरेको अपिललाई लिएर सामाजिक सञ्जालमा निकै बहस भयो । संकटको समयमा सरकार परिवर्तनको खेल खेलिनु खेदजनक रहेको अपिलमा उल्लेख गरिएको थियो । उक्त अपिललाई लिएर सामाजिक सञ्जालमा विविध प्रतिक्रिया आइरहेकै छन् । कतिपयले चाहिँ हस्ताक्षरकर्ताहरुको पृष्ठभूमि र राजनीतिक आवद्धता पनि खोतलेका छन् । […]

उदयपुरका बिरामी अस्पतालबाट फेरि निकालिए

१९ वैशाख, विराटनगर । उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले शुक्रबार पनि बिरामीलाई उपचार नगरी फर्काइदिएको छ । हातको अप्रेशनका लागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षका भीमबहादुर खत्रीलाई शुक्रबार अप्रेशन थिएटरबाटै निकालेको हो । बारीमा घाँस काट्ने क्रममा लडेका खत्रीको देब्रे हात भाँच्चिएको छ । उपचारका लागि बिहीबार नोबलमा […]

ड्राइभरको गुनासो : हामी पनि जोखिममा छौं तर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मात्रै चिन्ता गरिन्छ

१९ वैशाख, काठमाडौं । कोरोनाको महामारी सुरु भएसँगै अत्यावश्यक सेवालाई फ्रन्टलाइन र ब्याकलाइनको रुपमा वर्गीकरण गरियो । कुनै पनि दस्तावेजविना नै गरिएको यो वर्गीकरणले बिस्तारै वैधानिकता पाउँदै गयो । जसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई कोरोनाविरुद्ध फ्रन्ट लाइनका सिपाही मानियो । तर, ज्यानको जोखिम मोलेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी चालकहरूलाई कुन लाइनमा राख्ने ? लकडाउन सुरु […]

पोखरा महानगरले राहत वितरण बन्द गर्ने, मजदुरलाई काम दिने

१९ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले मजदुर र विपन्नलाई राहत वितरण बन्द गरेर काम दिने बताएको छ । मजदुरलाई राहत नभई काम गरेर खाने वातावरण बनाउने मेयर मानबहादुर जीसीले बताए । ‘जति राहत दिए पनि मजदुरको जीवन सहज हुने देखिएन । अब उहाँहरुलाई काममै फर्काउने योजना बनाउँदैछौं । कमाएरै खाने स्थिति बनाइदिँदै छौं’ उनले भने […]

प्रदेश २ मा कोरोना आशंकित १६ जना आइसोलेसनमा

१९ वैशाख, जनकपुरधाम। प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि […]



from समाचार – Online Khabar https://ift.tt/3c0KVrO
via IFTTT
Powered by Blogger.