समाचार
२० वैशाख, जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुकत नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँपालिकाको मुकाममा सडक पुगे पनि लकडाउनका कारण गाडी चलेकोले खच्चडले ढुवानी गरेर लुकिछिपी […]
२० वैशाख कैलाली । धनगढीमा एक जना डोजर चालकको शव फेला परेको छ । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नम्वर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख […]
२० वैशाख, काठमाडौं । नेकपा सचिवालयको बैठक शनिबार बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् । अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ । […]
२० वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १८ पुगेको छ । भारतको स्वास्थ्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै भारतमा […]
२० वैशाख, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ । पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ । २०७६ […]
२० वैशाख कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै […]
२० वैशाख, बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो । रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ […]
२० वैशाख, भक्तपुर । शुक्रबार दिउँसो करिब साढे एक बजे साइरन बजाउँदै ६ वटा एम्बुलेन्स भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा आए । पीपीई लगाएका स्वास्थ्यकर्मीहरुको दौडादौड चल्यो । पीपीई र मास्क लगाएका स्वास्थ्यकर्मीहरुले एम्बुलेन्सबाट बिरामीहरुलाई निकाल्दै स्ट्रेचर र ह्वील चेयरमा राख्न थाले । डाक्टरहरुले सोधपुछ गर्न थाले । कोही एम्बुलेन्स, स्ट्रेचर, ह्वीलचेयर र वरिपरि […]
२० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ । मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका-४ निवासी २५ […]
२० वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । समाचार […]
२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् । ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् । […]
२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार राति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । शुक्रबार राति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो […]
१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको निष्कर्ष निकालेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका […]
१९ वैशाख, काठमाडौं । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ भनेर । आफूसहितको भैंसेपाटी गठबन्धनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाउने प्रस्ताव ल्याउँदा […]
१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक दर्जन स्थायी कमिटी सदस्यहरु शुक्रबार दिउँसो माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । नेता नेपालले त्यहीँबाट फोन गरेर कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि बोलाए । बालुवाटारमा बुधबार सम्पन्न सचिवालय बैठकको वास्तविकता बुझ्न भन्दै नेपाल निवासमा स्थायी कमिटी सदस्यहरु भेला भएका थिए । उनीहरुले त्यहाँ कार्यकारी अध्यक्ष प्रचण्ड […]
१९ वैशाख, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यदलको प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् । ज्ञवालीले अस्पष्ट भएका केही विषयलाई स्पष्ट पार्दै, प्रतिनिधिसभामार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने मत राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता […]
१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]
१९ वैशाख, काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् । संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा […]
१९ वैशाख, काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रूपन्देहीकाे कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका […]
१९ वैशाख, डोटी । अछाम जिल्ला अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पाइएको छ । अछाम जिल्ला, मंगलसेन नगरपालिका—५ घर भएकी ५१ बर्षीया महिलाको बिहीबार मृत्यु भएको थियो । उनको सुर्खेतको प्रयोगशालामा गरिएको कोरोना संक्रमणको परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले बताए । उनले भने […]
१९ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक अधिकारका विषयमा आवाज उठाउँदै यो दिवस मनाइन्छ । अमेरिकामा सन् १८८६ मा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणा ल्याए । त्यसको तीन वर्ष पछि सन् १८८९ मा फ्रान्समा विश्वका मजदुर नेताहरू र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तराष्ट्रिय […]
from समाचार – Online Khabar https://ift.tt/2yY75MS
via IFTTT





















