Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सांसद प्रदीप यादवसहित पर्सामा ६४ जनामा कोरोना संक्रमण पुष्टि

१७ साउन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै […]

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

१७ साउन, तनहुँ । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने […]

नयाँ वैचारिक आधारमा सोच र संस्कृतिको विकास गर्नुपर्छ : प्रचण्ड

१७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् । मुस्लिम समुदायको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र […]

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापन टोली र स्थानीयबीच झडप, ७ प्रहरी घाइते

१७ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकैबीच संक्रमितको शव व्यवस्थापन गरिएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको थियो । शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल […]

बकर ईदमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना, नेपालीबीच भाइचारा बढ्ने विश्वास

१७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताएकी छन् । आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन् । बकर ईदको […]

मुस्लिम समुदायले बकर ईद मनाउँदै, घरमै बसेर नमाज पढ्न आग्रह

१७ साउन, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् अनुसार […]

चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ

१७ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् । सो […]

२४ घण्टामा विश्वभर २ लाख ९२ हजारभन्दा धेरैमा कोरोना संक्रमण

१७ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संगठनका अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो […]

कांग्रेसका ९ भ्रातृ संघको म्याद छ महिना थप

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद छ महिनाका लागि थप गरेको छ । कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको म्याद शुक्रबार थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले नेपाल तरुण […]

वामदेवको विरासत : चम्किलो विगत, धमिलो वर्तमान

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ । तर, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा वामदेव गौतमको नाम अहिलेजस्तो धमिलो थिएन, […]

कोरोनाको नयाँ हटस्पट बन्न सक्छ काठमाडौं

१६ साउन, काठमाडौं । सरकारको दाबी छ, कोभिड–१९ रोकथाम र नियन्त्रणमा दक्षिण एसियामै राम्रो काम गरेका छौं । तैपनि सरकारको आलोचना भएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार सार्वजनिक मञ्चबाटै भने, ‘सरकारको काम नदेख्नेलाई मोतिबिन्दु लागेको हुनसक्छ ।’ मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतम निरन्तर भनिरहन्थे, नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण […]

वीरगञ्जमा कोरोना : ९ दिनमा ९ जनाको मृत्यु

१६ साउन, वीरगञ्ज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चार जनाको मृत्यु भयो । चारमध्ये तीन जनाको मृत्यु वीरगञ्जमै भयो भने पाटन अस्पताल, ललितपुरमा मृत्यु भएका संक्रमित पनि वीरगञ्जसँगै जोडिएका छन् । – वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमन उपचारका क्रममा बिहीबार मृत्यु भयो । ज्वरो […]

२ खर्बको तरलताले बैङ्किङ क्षेत्रमा चिन्ता, निजी क्षेत्रमा उत्साह

१५ साउन, काठमाडौं । यतिबेला बैङ्कहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै पैसा थुप्रिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेको असरका कारण बैङ्कहरुमा तरलता अधिक देखिएको हो । यसका कारणा बैङ्किङ क्षेत्र समस्या आउने त्रासमा छ भने उद्योगी व्यवसायीहरु तरलता अझै सहज भएर बैङ्कको कर्जाको ब्याजदर ओर्लिनुपर्ने पक्षमा […]

सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ । सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ । मध्यम लगानीका सडक, भवन, पुल लगायतका […]

ओलीलाई प्रचण्डको प्रस्ताव : निकास दिने तत्परतासहित छलफल गरौं

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको […]

चितवनका ठूला होटल अन्योलमै, फेरि लकडाउन हुने हो कि !

१६ साउन, चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए । तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् । मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । […]

सार्वजनिक सवारीमा यात्रा : चिउँडोमा मास्क, सामाजिक दुरी कागजमै सीमित

१६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को २३ असारको बैठकले उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गर्‍यो । त्यसका लागि शर्त छ, सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र राख्ने, सबै यात्रुले मास्क लगाउने, स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने । सार्वजनिक […]

नखिपोटमा बरामद गाडी सुन ओसारपसारमै प्रयोग भएको पुष्टि

१६ साउन, काठमाडौं । ललितपुरको नखिपोटमा बरामद भएको गाडी पन्ध्र किलो पहेँलो धातु बरामद प्रकरणमै प्रयोग गरिएको गाडी भएको पुष्टि भएको छ । गाडीको इञ्जिन र च्याचिस नम्बर घटनामा प्रयोग भएको गाडीको कागजपत्रसँग मेल खाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले गाडीको कागजपत्रसँग इञ्जिन र च्याचिस नम्बर मिलेको अनलाइनखबरलाई बताए । प्रहरीले बिहीबार […]

सेनाले जोखिममा रहेको ८० करोड उठायो

१६ साउन, काठमाडौं । नेपाली सेनाले विभिन्न वित्तिय संस्थामा जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी छ । अघिल्लो वर्षसम्म सेनाको करिब २३ करोड रुपैयाँ नोक्सान हुने जोखिम थियो । तर, प्रभावकारी व्यवस्थापन एवं निक्षेप नीति अवलम्बन गरिएकाले हाल उल्लेख्य रुपमा घटेको सैनिक […]

उच्च अदालतको आदेश : प्रदेश २ मा भारतबाट प्रवेशमा कडाइ गर्नू

१६ साउन, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाली नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रवेश गर्नु दिनुबाहेक अरु कसैलाई […]

काठमाडौंबाट नक्कली नोटसहित एकजना पक्राउ

१६ साउन, काठमाडौं । काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित शुक्रबार एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका-५ घर भई  काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेल रहेका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको […]



from समाचार – Online Khabar https://ift.tt/3firgED
via IFTTT
Powered by Blogger.